आज अप्रिल १-फूल अर्थात मुर्ख बनाउने दिन, कसरी शुरु भयो मूर्ख बनाउन ?


रुपन्देही
आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ तारीक। संसारभर आज मूर्ख दिवस मनाइन्छ । प्रत्येक वर्ष अप्रिल १ मा मनाइने यो दिन विशेष गरी ठट्टा, मजाक र रमाइला झुटा समाचारमार्फत मनाउने परम्परा रहेको छ।
अप्रिल फूल’ को उत्पत्तिबारे विभिन्न धारणा प्रचलित छन्। यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रूपमा लिएको पाइन्छ ।
अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन। मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो ।

इतिहासकारहरूका अनुसार अप्रिल फूलको सुरुवात १६औँ शताब्दीमा फ्रान्सबाट भएको मानिन्छ। सन् १५८२ मा Pope Gregory XIII ले Gregorian पात्रो लागू गरेपछि नयाँ वर्ष जनवरी १ मा सारियो। यसअघि युरोपका केही भागमा नयाँ वर्ष मार्चको अन्त्यतिर, विशेष गरी अप्रिल १ आसपास मनाउने चलन थियो। तर, नयाँ पात्रो लागू भए पनि केही मानिसहरूले पुरानै मितिमा नयाँ वर्ष मनाउन छोडेनन्। ती मानिसहरूलाई अरूले ‘अप्रिल फूल’ भन्दै मजाक गर्न थालेको बताइन्छ।

यसका अतिरिक्त प्राचीन रोमन उत्सव हिलारिया फेष्टिवलसँग पनि यस दिनको सम्बन्ध रहेको मानिन्छ। उक्त उत्सवमा मानिसहरूले भेष बदल्ने, रमाइलो गर्ने र एक अर्कालाई झुक्क्याउने चलन थियो।

समयसँगै यो परम्परा युरोपबाट विश्वभर फैलिएको हो। आजका दिन सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा व्यक्तिगत स्तरमा पनि विभिन्न किसिमका ठट्टा र ‘प्र्याङ्क’ गर्ने गरिन्छ । यद्यपि, कतिपय अवस्थामा झुटा समाचारले भ्रम सिर्जना गर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने विज्ञहरू बताउँछन्।

यसरी, निश्चित ऐतिहासिक प्रमाण नभए पनि विभिन्न सांस्कृतिक अभ्यास र पात्रो परिवर्तनको प्रभावबाट विकसित भएको ‘अप्रिल फूल’ आज मनोरञ्जनको प्रतीकका रूपमा स्थापित भएको छ।

त्यस्तै अप्रिल १ मा मूर्ख दिवस मनाउनुको अर्को कारण अंग्रेज साहित्यकार चान्सलरको ‘क्यान्टरबरी टेल्स’ सन् १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एन्ड टु’ उल्लेख गरे, जसको अर्थ मार्च महिनाको ३२ औं दिन अर्थात् अप्रिल २ पछि इंग्ल्यान्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो, तर पाठकले ३२ मार्च भन्ने बुझे । खासमा मार्च महिना ३१ दिनको हुन्छ । त्यही मार्च महिनाको ३२औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने एक थरीको विश्वास छ ।

अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवसलाई नेपालमा पनि मनाइँदै आएको छ। सामाजिक सञ्जालको प्रभाव विस्तारपछि त्यसमा झूटा तर रमाइला कुरा पोस्ट हुने क्रम हरेक बर्ष बढ्दै गएको पाइन्छ । खास गरी पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै गएकाले धेरैले आजको दिन झुक्काउने खालका पोस्ट गरेको पाइन्छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...