काठमाडौंकलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि बलात्कारको आरोप लागेको छ ।
अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
...
२१ चैत्र २०८२, शनिबार२१ चैत्र २०८२, शनिबार२१ चैत्र २०८२, शनिबार by संचार पत्रNo Comments
काठमाडाेैंप्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार एवं लेखक दिपा दाहाल नियुक्त भएकी छिन्।प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उनलाई उक्त पदमा शुक्रबार नियुक्त गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालेकी छिन्। उनले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया समन्वय तथा अनुसन्धानसम्बन्धी कार्यमा भूमिका निर्वाह गर्नेछिन्।भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका विषयमा लामो अनुभव भएकी दाहाललाई सरकारको मुख्य धारमा जोड्ने उद्देश्यले नियुक्ति गरिएको बताइएको छ। उनीसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन मिडियामा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ।
पछिल्लो समय उनी उकालो डट कममा वरिष्ठ संवाददाताका रूपमा खोज पत्रकारितामा सक्रिय थ...
२१ चैत्र २०८२, शनिबार२१ चैत्र २०८२, शनिबार२१ चैत्र २०८२, शनिबार by संचार पत्रNo Comments
काठमाडौँअमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण होर्मुज जलडमरु क्षेत्र प्रभावित हुँदा अब विश्वभर इन्टरनेट सेवामा समेत असर पर्ने जोखिम देखिएको छ ।यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र २५ प्रतिशत तरल ग्यास आपूर्ति हुने गर्छ । साथै यही मार्गमुनि समुद्रभित्र इन्टरनेटका मुख्य केबलहरू समेत बिछ्याइएका छन् । विशेषज्ञहरूका अनुसार यहाँ तनाव बढेमा वा केबलमा क्षति पुगेमा भारतसहित विश्वका धेरै देशमा इन्टरनेटको गति सुस्त हुन सक्छ । उनीहरूले यो क्षेत्र ऊर्जा मात्र नभई डिजिटल दृष्टिले पनि अत्यन्त संवेदनशील ‘चोकपोइन्ट’ भएको बताएका छन् ।विश्वको करिब ९५ देखि ९७ प्रतिशत डेटा समुद्रभित्र बिछ्याइएका फाइबर केबलमार्फत प्रवाह हुने गर्छ । भारतलाई युरोप, अफ्रिका र पश्चिम एसियासँग जोड्ने ठूला केबल प्रणालीहरू यही मार्ग आसपासबाट गुज्रिन्छन् ।
केबलमा समस्या आएमा डेटा लामो वैकल्पिक मार्गबाट पठाउनु...
२१ चैत्र २०८२, शनिबार२१ चैत्र २०८२, शनिबार२१ चैत्र २०८२, शनिबार by संचार पत्रNo Comments
बुटवल रूपन्देहीको कञ्चन गाउँपालिकाबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । कञ्चन गाँउपालिका–१ बस्ने ४२ वर्षीय मन बहादुर थारूलाई प्रहरीले पक्राउ गरेको हो ।मन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।यसैगरी प्युठानमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । तिलकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उदयपुरमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–७ हाडेबास बस्ने २० वर्षीय बिप...
२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार by संचार पत्रNo Comments
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका छन् । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका हुन् ।उनले नियत खराब राखेर सहकारी संस्था सञ्चालन गरेका केही सहकारीका कारण सहकारी क्षेत्र बदनाम भइरहेकोतर्फ संकेत गर्दै त्यस्ता सहकारी संस्थाहरूलाई नियमन गर्ने काम भइरहेको बताए । ‘गलत उद्देश्य बोकेर आएका सहकारीहरूले गर्दा सहकारी क्षेत्र अहिले कताकता शंकाको घेराभित्र पर्न गइरहेको छ । बाहिरबाट आएर पैसा कुम्ल्याएर गएका उदाहरणहरू पनि छन्,’ उनले भने, ‘बुटवलमा सुप्रिम सहकारी संस्थामा आवद्ध भएकाहरू अहिले अलपत्र परिरहेको अवस्था छ । त्यहाँक...
२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार by संचार पत्रNo Comments
काठमाडौप्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन्। शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। प्रवक्ता गिरीका अनुसार, अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारीबारे प्रस्ताव पेश गरिनेछ।त्यसलाई प्रतिनिधि सभाको बैठकले पारित गरेपछि अर्याल सभामुख निर्वाचित भएको घोषणा गरिनेछ।शुक्रबार दिउँसो अर्यालले उम्मेदवारी गरेका थिए। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
...
२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार by संचार पत्रNo Comments
बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्।महासंघको यही चैत २८ र २९ गते काठमाडौंमा हुने ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनलाई संघले आधिकारिक रूपमा महासंघको कार्यकारिणी सदस्य पदका लागि अगाडि सार्दै साधारण सभा तथा निर्वाचनमा मुख्य प्रतिनिधिका रूपमा समेत चयन गरिसकेको छ।उम्मेदवारी घोषणा गर्दै अध्यक्ष अर्यालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरूको हकहित संरक्षण, साना तथा मझौला उद्योगीलाई प्रोत्साहन र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसका लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी, महासंघ र तीनै तहका सरकार...
२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार by संचार पत्रNo Comments
काठमाडौंसरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आवासीय विद्यालय स्थापना गर्नका लागि सातै प्रदेशमा अटिजम विद्यालय कार्यान्वयन समिति गठन गरिएको जानकारी दिएका छन् ।कार्यक्रम प्रभावकारी बनाउन अन्तर मन्त्रालय समन्वय र प्राविधिक समिति गठन गरी कार्यान्वयन तीव्र बनाएको उनले बताएका छन् ।
...
२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार by संचार पत्रNo Comments
काठमाडौंसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।मन्त्रालयको अतिरिक्त समूहमा रहेका तथा विभिन्न मन्त्रालय र निकायमा कार्यरत ७८ जना शाखा अधिकृतलाई देशभरका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको जानकारी दिएको हो । स्थानीय तहहरूमा लामो समयदेखि निमित्तकै भरमा प्रशासन सञ्चालन हुँदै आएको थियो ।मन्त्रालयले यसअघि नगरपालिकाहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई उपसचिव खटाएको थियो ।मन्त्रालयका अनुसार अझै केही नगरपालिका र गाउँपालिकामा निमित्तकै भरमा काम भइरहेको छ । त्यसैले सबै स्थानीय तहमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था सिर्जना गर्ने सरकारको तयारी रहेको जनाएको छ ।मन्त्रालयका अनुसार सरुवाका आधारहरूमा एउटै निकायमा दुई वर्षभन्दा बढी समय कार्यरत कर्मचारी, मन्त्रालयको अभिलेखमा स्थानीय ...
२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार२० चैत्र २०८२, शुक्रबार by संचार पत्रNo Comments
बुटवल सरकारी निकायको सूचना-विज्ञापन सरकार मातहतका सञ्चार माध्यमबाट मात्रै दिनुपर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार मातहतका निकायलाई निर्देशन पठाएपछि सञ्चार तथा विज्ञापन क्षेत्र तरङ्गित बनेको छ ।
सरोकारवालहरूले सङ्घीय प्रणाली र सञ्चार क्षेत्रप्रति सरकारको दृष्टिकोणलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिव स्तरीय निर्णयको हवाला दिएर बुधबार सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मुख्यमन्त्री कार्यालय तथा सबै स्थानीय तहलाई एकैपटक पत्र पठाएको हो । यसलाई निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरिएको छ ।
सरकारको यो कदमसँगै सार्वजनिक सूचना प्रकाशनबाट प्राप्त हुने आम्दानीमा निर्भर रहेका सयौँ निजी पत्रपत्रिका तथा छापा माध्यमहरू प्रभावित हुने भएका छन् । विशेष गरी जिल्ला स्तरमा सञ्चालनमा रहेका साना...