प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त


काठमाडाेैं
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार एवं लेखक दिपा दाहाल नियुक्त भएकी छिन्।
प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उनलाई उक्त पदमा शुक्रबार नियुक्त गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालेकी छिन्। उनले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया समन्वय तथा अनुसन्धानसम्बन्धी कार्यमा भूमिका निर्वाह गर्नेछिन्।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका विषयमा लामो अनुभव भएकी दाहाललाई सरकारको मुख्य धारमा जोड्ने उद्देश्यले नियुक्ति गरिएको बताइएको छ। उनीसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन मिडियामा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ।

पछिल्लो समय उनी उकालो डट कममा वरिष्ठ संवाददाताका रूपमा खोज पत्रकारितामा सक्रिय थिइन्। साथै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी छिन् ।

हाल पत्रकारिता, सञ्चार सीप तथा ‘अथेन्टिक लिडरसिप’ विषयमा प्रशिक्षकसमेत हुन्। उनले ‘कोभिड: नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तक पनि लेखेकी छिन्।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...