प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त


काठमाडाेैं
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार एवं लेखक दिपा दाहाल नियुक्त भएकी छिन्।
प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उनलाई उक्त पदमा शुक्रबार नियुक्त गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालेकी छिन्। उनले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया समन्वय तथा अनुसन्धानसम्बन्धी कार्यमा भूमिका निर्वाह गर्नेछिन्।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका विषयमा लामो अनुभव भएकी दाहाललाई सरकारको मुख्य धारमा जोड्ने उद्देश्यले नियुक्ति गरिएको बताइएको छ। उनीसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन मिडियामा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ।

पछिल्लो समय उनी उकालो डट कममा वरिष्ठ संवाददाताका रूपमा खोज पत्रकारितामा सक्रिय थिइन्। साथै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी छिन् ।

हाल पत्रकारिता, सञ्चार सीप तथा ‘अथेन्टिक लिडरसिप’ विषयमा प्रशिक्षकसमेत हुन्। उनले ‘कोभिड: नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तक पनि लेखेकी छिन्।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...