ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई पार्टीको तर्फबाट दिएको सुझावमा श्रम संकृति पार्टीले जनताद्वारा प्रत्यक्ष चुनिने कार्यक्रारी प्रमुख राष्ट्रपति हुनुपर्ने सुझाव दिएको हो ।श्रम संस्कृतिले सरकार गठन गर्दा कार्यकारी प्रमुखले आफ्नो कार्यसम्पादन सहज हुने व्यक्तिहरूलाई समेटेर मन्त्रिपरिषद् बनाउने व्यवस्था हुनुपर्ने पनि सुझाएको छ । पार्टीले मन्त्रिपरिषद् गठन गर्दा सबै जातजाति, समुदाय र लिङ्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ । साथै, व्यवस्थापिकाको मुख्य भूमिका कानुन निर्माण, सरकारको कामको निगरानी, मूल्याङ्कन र आवश्यक सुझाव दिने हुनुपर्ने बताइएको छ । त्यसैगरी कार्यकारी प्रमुखको अधिकार र सीमालाई स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने, निरंकुश बनेमा महाअभियोग लगाउने व्यवस्था राख्नुप...
सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ ।वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका हुन् । जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्...
हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाश तथा प्रशारण भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो ।यस्ता कपोकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको छ । सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आधारहीन, मिथ्या र भ्रामक सूचना प्रकाश तथा प्रशारण गरिएको पाइएमा त्यसता समाचार वा सूचना प्रकाश गर्ने व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने व्यहोरासमेत अवगत गराइन्छ ।’ ...
अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने तयारी तीव्र पारेका छन् । प्रधानमन्त्रीले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने अभियान सुरु गर्न निर्देशन दिएका हुन् । आजदेखि मात्रै गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहले साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा यस्तो निर्देशन दिएका स्रोतले जानकारी दिएको छ । बैठकमा काठमाडौं उपत्यकाबाटै अभियान सुरु गरी क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीतिबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्तीहरू हटाउने निर्णय कार्यान्वयन गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ । यसका लागि आवश्यक समन्वय, जनशक्ति परिचालन र सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा...
नेपाल कम्यूनिष्ट पार्टीको ७७औं स्थापना दिवस: एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नरहेको ठहर

नेपाल कम्यूनिष्ट पार्टीको ७७औं स्थापना दिवस: एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नरहेको ठहर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल कम्यूनिष्ट पार्टी एकिकृत मार्क्सवाद लेनिनवाद( नेकपा एमाले) रुपन्देहीले ७७औं स्थापना दिवस सम्पन्न गरेको छ।वैशाख ९ गते बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माले एमालेले देश र जनताको स्वभिमान,शुसासन,सम्बृद्धि, अग्रगमनका लागि महत्त्वपूर्ण योगदान गरेको र एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नभएको वताएका हुन्।उनले हिजो देश र जनताका विषयमा पार्टी र नेताले गरेका त्याग ,संघर्ष र अहिले के कस्ता कारण जनताले स्विकार गरेका छैनन् भन्ने कुराहरूको समिक्षा गर्दै भएका कमिकमजोरी हटाएर नेतृत्वमा पुगी देखेका शुशासन, विकास, सम्बृद्धि र अग्रगमनका योजना पुरा गर्न जनतलाई अपिल गर्नुपर्ने वताएका छन्।विश्वकर्माले विश्वमा भएका परिघटनाबाट शिक्षा लिनुपर्ने वताउदै सोभियत सङ्घले पनी एमालेले जस्तै विजय र पराजय भोगेको र आफ्नै कारणले भएको भन्दै एमाले पनी समिक्षा ...
अमेरिका-इरानको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्बियो

अमेरिका-इरानको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्बियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्बाएका छन्। युद्ध अन्त्यका लागि प्रस्ताव ल्याउन तेहरानलाई थप समय उपलब्ध गराउन अमेरिकी सेनाले योजनाबद्ध आक्रमण रोक्ने समेत उनले बताएका छन्। पाकिस्तानको आग्रहपछि यस्तो घोषणा गरिएको ट्रम्प आफैंले उल्लेख गरेका छन्। यसअघि इरानसँग भएको दुई साता लामो युद्धविराम बुधबार (आज) सकिँदै थियो। त्यसअघि नै ट्रम्पले मंगलबार राति एकपक्षीय रूपमा युद्धविरामको समय लम्ब्याएका हुन्।उनले थपिएको युद्धविरामको समयसीमा भने उल्लेख गरेका छैनन्। यद्यपि, वार्ता टुंगोमा नपुग्दासम्म जारी रहने उनले बताएका छन्। ‘त्यसैले मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न निर्देशन दिएको छु र अन्य सबै पक्षमा तयारी अवस्थामा रहन तथा सक्षम रहन भनेको छु,’ उनले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘त्यसकारण, उनीहरूको प्रस्ताव पेश हुने र छलफल कुनै न कुनै निष्कर्षमा पुग्न...
नेपालको द्वन्द्व र समाधान

नेपालको द्वन्द्व र समाधान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विदेश, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीअहिले विश्व भूराजनीति नै द्वन्दग्रस्त छ। अधिकांश देशहरुले पुँजीवादको सिद्धान्त अवलम्बन गरेका छन् भने केही समाजवादको नीति अवलम्बन गरेका देशहरु छन् ।पुंजीवाद सिद्धान्त अवलम्बन गरेका मुलुकहरुमा किन द्वन्द वढी निम्तिएको छ ! यो विषयमा गम्भिर हुनु अति आवश्यक छ। पुँजीवादी व्यवस्थामा उत्पादनका साधनहरू जस्तै जमिन, कलकारखाना ,श्रमशक्ति सरकारको नभएर निजी स्वामित्व र नियन्त्रणमा रहन्छ, आर्थिक क्रियाकलापहरु नाफा कमाउने उद्देश्यले सञ्चालन हुन्छन्, बजार प्रतिस्पर्धाका आधारमा चल्छ। पुँजीवाद लाभको लागि चलाइन्छ जसमा लगानी ,वितरण ,आय, उत्पादन, मूल्य बजार, मूल्य इत्यादिको निर्धारण स्वतन्त्र बजार प्रतिस्पर्धामा निर्धारण हुन्छ।विश्वका पुँजीवादी देशहरू संयुक्त राज्य अमेरिका( USA )संयुक्त अधिराज्य (UK) जापान, जर्मनी,क्यानडा ,अस्ट्रेलिया, स्विजरल्यान्ड ,दक्षिण कोरिया सिङ्गापुर हुन्।यी देशहरू...
बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएका छन् । बुटवललाई महानगर गराउन प्रस्ताव गरिएको छ ।तीमध्ये कतिपय प्रस्तावहरू वडाको सीमा हेरफेर र व्यवस्थापनसँग सम्बन्धित छन् भने केहीमा गाँउपालिकाहरू गाभेर नगरपालिका बनाउन प्रस्ताव भएको छ । केही गाँउपालिकाहरूलाई नगरपालिकामा गाभ्नुपर्ने सैद्धान्तिक प्रस्ताव छ ।मन्त्रालयमा पेश भएको प्रस्तावहरू समेत अध्ययन गरेर नेपाल नगरपालिका संघले दुई महिनाअघि अर्को छुट्टै प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको छ । अरु ९७ वटा प्रस्तावहरू विभिन्न समयमा स्थानीय तहबाट प्रदेश सरकार हुँदै मन्त्रालयमा पुगेका हुन् । दुई दिन अघिमात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या र सीमा हेरफेर सम्बन्धी मापदण्डको मस्यौदा सार्व...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १४औँ बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तिमगरले उक्त विधेयक छलफलसहित सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए । कृषि, वन तथा वातावरण समितिका सभापति विश्व प्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन पेस गरे । यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरे । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले विभिन्न समसामयिक विषय उठ...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको छ। पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ की गिता पाण्डेको गर्भपतन गराउनका लागि बुटवलका नीजि स्वास्थ्य क्लिनीकहरुको चक्करमा ज्यान गएपछि बुटवल प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। मृतक गिता पाण्डे र उनका श्रीमान करिब १२ हप्ताको बच्चा अनिच्छित गर्भ रहेको भन्दै गत सुक्रवार गर्भपतनको लागि बुटवलको खत्री नर्सिङ होममा पुगेका थिए। खत्री नर्सिङ्गहोम पुगेकी गितालाई बच्चा अस्वस्थ भएको भन्दै जोनल फार्मेसीमा पठाएको उनका श्रीमान प्रकाश पाण्डेले बताए। त्यहाकी एक नसिनर्सिङ्ग स्टाफको सल्लाहमा उनीहरु अस्पताल लाईनमा रहेको जोनल फार्मेसी (क्लिनिक) मा गएका थिए। त्यहाँ पनि गर्भपतन गराउनको लागि स्वास्थ्यकर्मीले औषधी चलाएको तर त्यसपछि त्यहाँ गर्भपत हुने सम...