गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान


बुटवल
गर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको छ।

पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ की गिता पाण्डेको गर्भपतन गराउनका लागि बुटवलका नीजि स्वास्थ्य क्लिनीकहरुको चक्करमा ज्यान गएपछि बुटवल प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

मृतक गिता पाण्डे र उनका श्रीमान करिब १२ हप्ताको बच्चा अनिच्छित गर्भ रहेको भन्दै गत सुक्रवार गर्भपतनको लागि बुटवलको खत्री नर्सिङ होममा पुगेका थिए। खत्री नर्सिङ्गहोम पुगेकी गितालाई बच्चा अस्वस्थ भएको भन्दै जोनल फार्मेसीमा पठाएको उनका श्रीमान प्रकाश पाण्डेले बताए। त्यहाकी एक नसिनर्सिङ्ग स्टाफको सल्लाहमा उनीहरु अस्पताल लाईनमा रहेको जोनल फार्मेसी (क्लिनिक) मा गएका थिए।

त्यहाँ पनि गर्भपतन गराउनको लागि स्वास्थ्यकर्मीले औषधी चलाएको तर त्यसपछि त्यहाँ गर्भपत हुने सम्भावना नभएपछि उनलाई छेवैमा रहेको ईन्दुलेखा क्लिनिकमा लगिएको मृतकका आफन्तको भनाई छ। ईन्दुलेखा क्लिनिकमा डा. सतिश रुपाखेतीले उपचार गरेको मृतकका श्रीमान प्रकाश पाण्डेले बताए।

उहांहरु चैत्र २७ गते पहिलो पटक जांच गराउन आउनु भएको थियो त्यो बेला अल्ट्रासाउण्ड (भिडियोएक्सरे) मैले नै गरेको हो बच्चामा कुनै समस्या थिएन। पछि सनिवार पेट दुख्यो भनेर आउनु भयो हामीले सामान्य औषधी दिएर पठाएका हौं खत्री नरसिंङ होमका निर्देशक डा डिवि खत्रीले भने। हामीले गर्भपतन गराउने काम गर्दैनौं बैधानिक अवस्थाको कुनै गर्भपतन गर्ने बिरामी आएको खण्डमा हामीले मेरी स्टोभमा पठाउछौं हामीले त्यो प्रकृतीका कुनै औषधी पनि चलाउदैनौं डा खत्रीले भने।

सूरुमा खत्री नर्सिङ्गहोमले त्यसपछि जोनल फार्मेसीले र त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि ईन्दुलेखा क्लिनिकमा लगिएको थियो त्यहाँ पनि उनको औषधी चलाएर गर्भपतन गराउने प्रयास गर्दा उनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पतालमा लगिएको थियो मृतकका जेठाजु सन्तोष पाण्डेले भने।

पाण्डेका अनुसार गिताको लुम्विनी सिटी अस्पतालमा पुर्याउदा चिकित्सकले उनको मृत्यु भएको जानकारी दिएका थिए। उक्त घटनाबारे अनुसन्धान गरि रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले मृतकका आफन्तको जाहेरी पछि आफुले अनुसन्धान सुरु गरेको बताए।
बुटवल जस्तो ठाउमा पनि अनुभवी तथा वरिष्ठ सोही क्षेत्रका चिकित्सकको सल्लाहमा गर्भपतनका लागि तोकिएका र स्वीकृत स्वास्थ्य क्लिनिकमा उपचार गर्नुपर्नेमा नर्सिङ्ग होम, क्लिनिक र फार्मेसीले लापर्वाही पुर्ण ढंगले गर्भपतन गराउने गरेको पाईएको बताए।

हामीले मृतकका आफन्तको जाहेरी पछि तत्काल ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेका छौं उनले भने। श्रीवास्तवका अनुसार पक्राउ पर्नेमा जोनल क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसीका निलम घर्तीमगर, ईन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे छन्।
मंगलबार पिडित पक्षले न्यायको माग गर्दै आन्दोलन गरेको छ।

छुटाउनुभयो कि ?

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको स...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको...
नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...