अमेरिका-इरानको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्बियो


काठमाडौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्बाएका छन्। युद्ध अन्त्यका लागि प्रस्ताव ल्याउन तेहरानलाई थप समय उपलब्ध गराउन अमेरिकी सेनाले योजनाबद्ध आक्रमण रोक्ने समेत उनले बताएका छन्।

पाकिस्तानको आग्रहपछि यस्तो घोषणा गरिएको ट्रम्प आफैंले उल्लेख गरेका छन्। यसअघि इरानसँग भएको दुई साता लामो युद्धविराम बुधबार (आज) सकिँदै थियो। त्यसअघि नै ट्रम्पले मंगलबार राति एकपक्षीय रूपमा युद्धविरामको समय लम्ब्याएका हुन्।
उनले थपिएको युद्धविरामको समयसीमा भने उल्लेख गरेका छैनन्। यद्यपि, वार्ता टुंगोमा नपुग्दासम्म जारी रहने उनले बताएका छन्। ‘त्यसैले मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न निर्देशन दिएको छु र अन्य सबै पक्षमा तयारी अवस्थामा रहन तथा सक्षम रहन भनेको छु,’ उनले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘त्यसकारण, उनीहरूको प्रस्ताव पेश हुने र छलफल कुनै न कुनै निष्कर्षमा पुग्ने समयसम्म युद्धविरामलाई निरन्तरता दिनेछु।’
इरानले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। इरानको अर्धसरकारी समाचार संस्था तासनिमले युद्धविरामबारे तेहरानको धारणा औपचारिक रूपमा पछि सार्वजनिक गरिने उल्लेख गरेको छ।

ट्रम्प युद्धविरामबारे आफ्नै पूर्व भनाइबाट एकाएक पछि हटेका हुन्। युद्धविराम लम्ब्याउने घोषणा गर्नुभन्दा एक घण्टाअघि उनले सामाजिक सञ्जालमा युद्धविराम नलम्ब्याउने बताउँदै इरानका संरचनाहरूमा ठूलो आक्रमण गर्ने समय नजिकिएको बताएका थिए।

इरानले भने आफ्ना बन्दरगाहमा अमेरिकाले गरेको नाकाबन्दीको विरोध गर्दै पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको छ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...