नेपाल कम्यूनिष्ट पार्टीको ७७औं स्थापना दिवस: एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नरहेको ठहर


बुटवल
नेपाल कम्यूनिष्ट पार्टी एकिकृत मार्क्सवाद लेनिनवाद( नेकपा एमाले) रुपन्देहीले ७७औं स्थापना दिवस सम्पन्न गरेको छ।
वैशाख ९ गते बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माले एमालेले देश र जनताको स्वभिमान,शुसासन,सम्बृद्धि, अग्रगमनका लागि महत्त्वपूर्ण योगदान गरेको र एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नभएको वताएका हुन्।
उनले हिजो देश र जनताका विषयमा पार्टी र नेताले गरेका त्याग ,संघर्ष र अहिले के कस्ता कारण जनताले स्विकार गरेका छैनन् भन्ने कुराहरूको समिक्षा गर्दै भएका कमिकमजोरी हटाएर नेतृत्वमा पुगी देखेका शुशासन, विकास, सम्बृद्धि र अग्रगमनका योजना पुरा गर्न जनतलाई अपिल गर्नुपर्ने वताएका छन्।
विश्वकर्माले विश्वमा भएका परिघटनाबाट शिक्षा लिनुपर्ने वताउदै सोभियत सङ्घले पनी एमालेले जस्तै विजय र पराजय भोगेको र आफ्नै कारणले भएको भन्दै एमाले पनी समिक्षा गरि अंगाडी बढ्नु आवश्यक रहेको वताएका छन्।
विश्व कम्युनिस्टका मार्गदर्शक कार्लमार्क्स , लेलिनको समाजवाद हुँदै साम्यवादमा पुग्ने अभिभारामा नेपालका संस्थापक पुष्पलाल र परिस्कृत गर्दै जनताको बहुदलीय जनवाद का मार्गदर्शक मदन भण्डारीलाई स्मरण गर्दै एमालेले मात्र देश र जनताको अग्रगमनमा योगदान गर्ने जिकिर गरे।
स्थापना दिवस नेपालमा मात्र नभएर विदेशमा पनि मनाउने वताउदै सिद्धान्त अनुसरण गर्दै अगाडि बढ्नु पर्ने धारणा राखेका थिए।
नेपालको राजनीतिमा एमाले प्रमुख शक्ति रहेको र एमालेको प्रमुख सहभागितामा प्रजातन्त्र , लोकतान्त्रिक गणतन्त्र स्थापित भएको र संविधान वनेको जिकिर गरे।
अहिले एमालेको पराजयलाई देखाउँदै सफलता र असफलताका कारण खोजिरहेको र भेट्टाउन आवश्यक रहेको वताएका हुन्।
एमालेका मुद्दा, निति कार्यक्रम प्रति विश्वास रहेरनै हिंजो सफलता हासिल गरेको तथापि अहिले निति, सिद्धान्त रहंदा रहंदै असफल रहनु पार्टीको कमजोरी नभई व्यक्तिहरू सच्चिन र समिक्षा गर्न आवश्यक रहेको धारणा राखेका छन्।
उनले अहिलेको सरकारलाई रचनात्मक र खवरदारी संगै संगठन सुदृढीकरणमा लाग्न आवश्यक रहेको वताएका हुन्।
एमालेका प्रदेश र स्थानीय जनप्रतिनिधिले संयमित रहेर काम गर्न आवस्यक रहेको औल्याए।
उनले कहिले देवत्वकरण र कहिले दानविकरण गर्नु गलत रहेको र परिस्थितिलाई संहालेर, श्रृजनशील भएर अंगाडी बढ्नु पर्ने सुल्झाए।
महाधिवेशनमा कमजोरी भएका कारण पनी अहिले असफल भएको वताउदै पार्टीको सफलताका लागि त्याग गर्ने परिस्थिति आए सवैले आत्मसात गर्नु पर्ने औंल्याए।


कार्यक्रममा वोल्दै केन्द्रीय सदस्य खिमलाल भट्टराईले अहिले मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा मुक्तिको आन्दोलन र नेपालमा राणा शासन रहेको र जनताले मुक्ति खोजेको अवस्थामा पार्टीले अहम भुमिका खेलेको वताएका छन्।
एमालेले सत्तामा जान नभई असमानता,अन्याय र मुक्तीको आन्दोलनलाई महत्व दिने वताए।
भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनको मुलधारको पार्टी एमाले भएको र विच विचमा कम्युनिस्ट पार्टीको नाममा अन्य पार्टीहरू देखिएतापनि सधैं प्रमुख रहने धारणा राखेका हुन्।
उनले संसार भरिका कम्युनिस्ट कमजोर वन्दा नेपालमा एमालेले महत्वपूर्ण भुमिका खेलेको स्मरण समेत गराएका छन्। एमालेले जनस्तरको पार्टी भएको र समिक्षा गर्दै जनतामाझ जानुपर्ने बताएका हुन्।
अहिले नेपालमा अन्य पुराना पार्टीसंगै एमालेले देश र जनताका स्वभिमान शुसासन सम्बृद्धि र अग्रगमनका काम गर्दा गर्दै पनि पराजय भोगेको र जनताले साथ दिएर सफल हुने विश्वास व्यक्त गरेका छन्।
समिक्षा,रचनात्मक र श्रृजनशीलताबाट पुनः सफलता हासिल हुने विश्वास लिइएको वताएका छन्।
उनले एमाले बांच्ने जनताको मायाले हो र जनता कसरी टाढिए गम्भीर समीक्षा गर्नुपर्ने औंल्याए।
कार्यकर्ता लाई प्रशिक्षण दिंदै उनले काङग्रेसवाट विचलित नहुने पाठ सिक्न र नयाँ लाई जनताले किन समर्थन गरे भन्ने विषयमा महत्व दिन आवस्यक रहेको धारणा राखेका छन्।
केन्द्रीय सदस्य गोमादेवि आचार्यले अहिले देश संगै पार्टी संकटमा रहेको बताउंदै मुलुकको राजनीतिक अवस्थाले सुस्ताएको एमाले र देशलाई पुरानो अवस्थामा उठाउन नेता तथा कार्यकर्ता लाग्नु पर्ने वताएकी छन्।
उनले निर्वाचनमा पराजय हुनु एमाले महाधिवेशनमा आम कार्यकर्ताको मनोभावना अनुसार नभयको होकी भन्ने समिक्षा गर्न आवश्यक रहेको औंल्याउँदै अनुभवी र युवाको सहभागिताबाट संगठन बलियो वनाउन लाग्नुपर्ने बताएकी थिइन्।
नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य ज्ञानु केसी र जलिल मिया, पुर्व केन्द्रिय सदस्य लिला गिरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, भरत पोखरेल लगायतका नेताको आतिथ्यता रहेको थियो भने उपाध्यक्ष हितराज पन्थीको स्वागत मन्तव्य र बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो।

छुटाउनुभयो कि ?

नेपाल कम्यूनिष्ट पार्टीको ७७औं स्थापना दिवस: एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नरहेको ठहर

नेपाल कम्यूनिष्ट पार्टीको ७७औं स्थापना दिवस: एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नरहेको ठहर

बुटवलनेपाल कम्यूनिष्ट पार्टी एकिकृत मार्क्सवाद लेनिनवाद( नेकपा एमाले) रुपन्देहीले ७७औं स्थापना दिवस सम्पन्न गरेको छ।वैशाख ९ ग...
अमेरिका-इरानको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्बियो

अमेरिका-इरानको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्बियो

काठमाडौँअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्बाएका छन्। युद्ध अन्त्यका लागि प्रस्ताव ल्याउन तेहरानल...
नेपालको द्वन्द्व र समाधान

नेपालको द्वन्द्व र समाधान

श्रीराम ज्ञवालीअहिले विश्व भूराजनीति नै द्वन्दग्रस्त छ। अधिकांश देशहरुले पुँजीवादको सिद्धान्त अवलम्बन गरेका छन् भने केही समाज...
बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...