२ किलोबाट सुरु गरेको , दैनिक करिब २ सय किलोको व्यापार गर्दै हैदराबादी मट्का दम बिरयानी
असार ०५ , बुटबल
हैदराबादी मट्का बिरयानी भने पछी धेरैको मुख रसाउने गर्छ । बुटबलको पुरानो बसर्पाकमा संचालनमा आएको हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ रेस्टुरेन्टको स्वादले धेरैको मन जितेको छ । करिब ४ बर्ष अगाडी देखि सुरु भएको मट्का बिरयानीले छोटो समयमा मिठो स्वाद दिएर ग्राहकको मन जित्न सफल भएको हो ।बुटवलका बासिन्दालाई हैदराबादी मट्का बिरयानी पस्किने व्यवसायी हुन्हुन्छ रोल्पाका जनक खड्का । ७७ हजार लगानीबाट २ किलो मासुको विरयानीबाट सुरु गर्नु भएको व्यावसायबाट खड्काले राम्रो सफलता प्राप्त गर्नु भएको छ । अहिले दैनिक सरदर झण्डै २ सय किलो मासुको बिरयानी पाक्छ ।परिबारको साथ र सहयोग सगै १९ जना श्रमिकलाई रोजगार दिनुभएका खड्का व्यावसायबाट सन्तुष्ट देखिनु हुन्छ । बुटवलमा हैदराबादी मट्का बिरयानीको सफलता संगै अन्य ठाउँमा पनी व्यावसाय विस्तार गर्ने उदेश्य राख्नु भएका उहाँले काठमाडौमा दुई ...






