२ किलोबाट सुरु गरेको , दैनिक करिब २ सय किलोको व्यापार गर्दै हैदराबादी मट्का दम बिरयानी


असार ०५ , बुटबल

हैदराबादी मट्का बिरयानी भने पछी धेरैको मुख रसाउने गर्छ । बुटबलको पुरानो बसर्पाकमा संचालनमा आएको हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ रेस्टुरेन्टको स्वादले धेरैको मन जितेको छ । करिब ४ बर्ष अगाडी देखि सुरु भएको मट्का बिरयानीले छोटो समयमा मिठो स्वाद दिएर ग्राहकको मन जित्न सफल भएको हो ।
बुटवलका बासिन्दालाई हैदराबादी मट्का बिरयानी पस्किने व्यवसायी हुन्हुन्छ रोल्पाका जनक खड्का । ७७ हजार लगानीबाट २ किलो मासुको विरयानीबाट सुरु गर्नु भएको व्यावसायबाट खड्काले राम्रो सफलता प्राप्त गर्नु भएको छ । अहिले दैनिक सरदर झण्डै २ सय किलो मासुको बिरयानी पाक्छ ।परिबारको साथ र सहयोग सगै १९ जना श्रमिकलाई रोजगार दिनुभएका खड्का व्यावसायबाट सन्तुष्ट देखिनु हुन्छ । बुटवलमा हैदराबादी मट्का बिरयानीको सफलता संगै अन्य ठाउँमा पनी व्यावसाय विस्तार गर्ने उदेश्य राख्नु भएका उहाँले काठमाडौमा दुई स्थानमा र चितवनमा एक ठाउंमा शाखा विस्तार गरि सक्नु भएको छ भने अब छिट्ै पोखरामा पनी शाखा खोल्ने तयारी रहेको बताउनु भयो ।

उहाँका अनुसार यहाँ एकै थालीमा स्वादको विविधता हुन्छ । चामल, मासु र अन्डासहित घिउ, प्याज, जाइफल, दालचिनी, तेजपत्ता, धनियाँ, ल्वाङ, केशर आदिको मिश्रणबाट बिरयानी तयार गरिन्छ । ग्राहकको मागअनुसार मासु वा अन्डा रोज्न वा थपघट गर्न सकिन्छ ।
’बिरयानीको लागि सबभन्दा महत्वपूर्ण चाहिँ त्यसमा राखिने मसला नै हो,’ उहाँले भन्नुभयो ’स्वादिलो बिरयानी बन्न मासु, चामल, घिउ र मसलाको मात्रा मिल्नुपर्छ। यीमध्ये कुन कति बेला राख्ने र कति समय पकाउने भन्ने कुरामा स्वाद भर हुन्छ।’
बियानी बनाउन अधकल्चो हुने गरी भात पकाएझैं चामल पकाइन्छ। यो अधकल्चो भात मसला र मासुसहित माटोको भाँडामा राखेर माथिबाट बन्द गरी आगोको रापमा पकाइन्छ। यसरी पकाएपछि ’दम बिरयानी’ बन्छ। आगोको राप र घिउतेलको वाफबाट पाक्ने भएकोले यसलाई दम बिरयानी भनिएको जनकले बताउनु भयो ।
जनकको घर रोल्पाको सुनिलस्मृति गाउँपालिका हो। भारतीय सेनाका जागिरे बुबा सँग दुई वर्षकै उमेरमा उहाँ हैदराबाद पुग्नु भयो । जनक हैदराबादमै १० कक्षासम्म पढ्नु भयो । जिवन सर्घषका कुरा सुनाउदै उहाँले भन्नु भयो आफ्नो होटलमा काम गर्दै गर्दा एक दिन भने भागेर अर्काको होटलमा गए र त्यहीँ काम गर्न थालें अरूकै होटलमा ६ वर्ष काम गर्दा आफु बिरयानीको पारखी बनेको र अनेक स्वादमा बिरयानी बनाउन जान्ने भएपछी आफ्नै होटल चलाएको बताउनु हुन्छ ।

बुबाका मृत्यु पछी २०७६ साल फागुनमा सपरिवार रोल्पा फकिएका खड्का मधुमेहका रोगको उपचारका लागि बुटवल आउनु भएको थियो बुटबलमा उहाँलाई बिरयानी खाने इच्छा भयो। बुटवलमा केही होटलहरूले बनाउँथे। बिरयानीका पारखी जनकले ११ दिन बुटवल बस्दा ९ दिन बिरयानी मात्रै खानुभयो तर कहीँ चित्त बुझेन। आफूले बनाउने जस्तो स्वादको विरयानी कतै भेटिएन ।

यसपछि उहाले बुटवलमा बिरयानी पाइने होटल खोल्ने विचार गरेर व्यावसाय सुरु गर्नु भयो । अहिले यहाँबाट बिरयानी होम डेलिभरी पनि हुन्छ। सालझण्डी, भैरहवा, देवदहसम्म डेलिभरी हुने गरेको उहाले बतानु भयो ।’दिनमा करिब २ लाख रूपैयाँसम्मको व्यापार हुन्छ। नाफा पनि निकै राम्रो छ,’ जनक भन्नुहुन्छ ’घरकै पाँच जना बिहान ५ बजेदेखि राति १० बजेसम्म खट्छौं। हाम्रो मेहनतको पारिश्रमिक पनि जोड्दा कारोबारको २० प्रतिशत जति मुनाफा निस्किन्छ होला।’ग्राहकको रूचिअनुसार यहाँ चिकन बिरयानी, मटन बिरयानी, एग बिरयानी, मट्का चिकन–मटन बिरयानी, चिकन÷मटन जम्बो प्याक इत्यादि तयार हुन्छ ।
यहाँ जाडोमा मट्का चिया र कफी पाइन्छ भने गर्मीमा मट्का लस्सी। दिनमा सरदर सय किलो दहीको लस्सी बिक्छ। लस्सी मात्र खाने ग्राहकका लागि बस्ने ठाउँ अलग्गै छ।
बिरयानी, चिया र लस्सीका लागि महिनामा दुई ट्रक हण्डी खपत हुन्छ। तुलनात्मक रूपमा धेरै सस्तो पर्ने भएकाले हण्डी भारतको गोरखपुरबाट मगाउँछन्।
यहाँ ग्राहकको मनोरञ्जनका लागि हरेक शुक्रबार ’च्यालेन्ज अफर’ पनि हुन्छ। यसमा एक हजार चार सय रूपैयाँ मूल्यको एक मट्का बिरयानी दस मिनेटमा खाइसक्नेले पाँच हजार रूपैयाँ पुरस्कार पाउँछ। जित्नेले बिरयानीको पैसा पनि तिर्नु पर्दैन। हार्नेले भने तिर्नुपर्छ।
महिला मात्र सहभागी हुने गरी अलग्गै च्यालेन्ज अफर पनि छ। यसमा ७५० रूपैयाँको बिरयानी दस मिनेटमा खाइसक्नु पर्छ। जित्नेले तीन हजार रूपैयाँ पुरस्कार पाउँछ।यसरी छोटो समयमै बुटवलमा जनकले बिरयानीको व्यापार स्थापित गर्नु भएको छ ।

छुटाउनुभयो कि ?

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभ...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान क...
पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्...