छत्रकोट गाउँपालिका गुल्मीमा तिज गित प्रतियोगिता सम्पन्न


कालिदास आत्रेय

भदौ २९

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसर पारेर गुल्मीको छत्रकोट गाउँपालिकामा तिज गित प्रतियोगिता सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको आयोजनामा श्रीङ्गा जनता मा बि को प्राङ्गणमा सम्पन्न प्रतियोगितामा छत्रकोट गाउँपालिका भित्रका विभिन्न महिला समुहहरु र विद्यालयहरु गरि १२ वटा समुहको सहभागिता रहेको थियो।जसमा आदर्श मा वि दिगाम प्रथम, सरस्वती मा वि चोएगा द्वितीय, हरियाली आमा समुह पल्लिकोट तृतीय र श्रीङ्गा जनता मा वि सान्त्वना भएका छन। छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे,प्रमुख प्रशाशकिय अधिकृत वीर बहदुर पुन, जिल्ला समन्वय समिति सदस्य महेश्वर भण्डारी , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको आतिथ्यता रहेको थियोे ।

कार्यपालिका सदस्य साबित्रा बि क को स्वागत मन्तव्य रहेको कार्यक्रमम गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको टिमले स्वागत गित प्रस्तुत गरेको थियोे । कार्यक्रममा विजयी टिमहरुलाई नगद पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो। साथै सहभागी सबै टिमलाई समेत प्रमाणपत्र र सहभागी पुरस्कर प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले सहभागी सबैलाई धन्यवाद दिदै गितहरुमा उजागर भएका भावनाहरु अत्यन्तै मार्मिक यथार्थपरक र प्रसम्सनिय भयको बताउनु भएको थियोे । कार्यक्रमको सन्चालन सीता थापाले गर्नुभएको थियोे ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...