छत्रकोट गाउँपालिका गुल्मीमा तिज गित प्रतियोगिता सम्पन्न


कालिदास आत्रेय

भदौ २९

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसर पारेर गुल्मीको छत्रकोट गाउँपालिकामा तिज गित प्रतियोगिता सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको आयोजनामा श्रीङ्गा जनता मा बि को प्राङ्गणमा सम्पन्न प्रतियोगितामा छत्रकोट गाउँपालिका भित्रका विभिन्न महिला समुहहरु र विद्यालयहरु गरि १२ वटा समुहको सहभागिता रहेको थियो।जसमा आदर्श मा वि दिगाम प्रथम, सरस्वती मा वि चोएगा द्वितीय, हरियाली आमा समुह पल्लिकोट तृतीय र श्रीङ्गा जनता मा वि सान्त्वना भएका छन। छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे,प्रमुख प्रशाशकिय अधिकृत वीर बहदुर पुन, जिल्ला समन्वय समिति सदस्य महेश्वर भण्डारी , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको आतिथ्यता रहेको थियोे ।

कार्यपालिका सदस्य साबित्रा बि क को स्वागत मन्तव्य रहेको कार्यक्रमम गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको टिमले स्वागत गित प्रस्तुत गरेको थियोे । कार्यक्रममा विजयी टिमहरुलाई नगद पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो। साथै सहभागी सबै टिमलाई समेत प्रमाणपत्र र सहभागी पुरस्कर प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले सहभागी सबैलाई धन्यवाद दिदै गितहरुमा उजागर भएका भावनाहरु अत्यन्तै मार्मिक यथार्थपरक र प्रसम्सनिय भयको बताउनु भएको थियोे । कार्यक्रमको सन्चालन सीता थापाले गर्नुभएको थियोे ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...