
गुल्मी । आत्माहत्याका संख्या बढि हुने तीन प्रदेश मध्ये एक लुम्विनी प्रदेश पनि परेको सरकारी तथ्याङकले देखाएको छ । सबै भन्दा बढि आत्माहत्या हुने कोशी प्रदेश पहिलो , गण्डकी प्रदेश दोस्रो र लुम्विनी प्रदेश तेस्रो रहेको तथ्याङकले देखाएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वाजानिक गरेको तथ्याङक अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढि आत्माहत्या हुने जिल्ला पाल्पा रहेको छ । जनसंख्याको आधारमा अर्घाखाँची दोस्रो र गुल्मी तेस्रो जिल्ला देखिएको छ । यस प्रदेशमा सबै भन्दा कम आत्माहत्या हुने जिल्ला नवलपरासी परेको छ ।
विश्व आत्माहत्या दिवसको अवसरमा जिल्ला समन्व्य समिति गुल्मीको समन्व्यमा जिल्ला प्रहरी कार्यालय र गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासले आयोजना गरेको आत्माहत्या न्युनिकरण कार्ययोजना कार्यन्वयन २०८०/०८१ पेश गर्दै जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले बताएका हुन् । प्रहरी प्रधान कार्यालयको अभिलेखलाई उद्धृत गर्दै उनले पेश गरेको प्रतिवेदन अनुसार नेपालमा दैनिक १२ देखि १६ जना अर्थात हरेक दुई घण्टामा एक जनाले आत्माहत्या गर्छन ।
बार्षिक १३ प्रतिशतका दरले आत्माहत्यामा बृद्धि हुँदै आएको छ । हरेक वर्ष देशभर ५ हजार बढिले आत्माहत्या गर्छन । सबै भन्दा बढि कोशी प्रदेशमा आत्माहत्याको संख्या हुने गर्दछ । गत वर्ष त्यस प्रदेशमा १ हजार ५४१ जनाले आत्माहत्या गरे । प्रदेशको कुल संख्याको जुन ०.०३१ प्रतिशत हुन आउँछ । सबै भन्दा बढि आत्माहत्या हुने जिल्ला तेह्रथुम पर्दछ । जहाँ गत वर्ष ३७ जनाले आत्माहत्या गरे । दोस्रो बढि आत्माहत्या हुने प्रदेश गण्डकी बनेको छ । जहाँ गत वर्ष ७१८ जनाले आत्माहत्या गरे । जुन प्रदेशको कुल जनसंख्याको ०.०२९ प्रतिशत हुन आउँछ ।
तेस्रो ठुलो आत्माहत्याको सख्या रहेको प्रदेशमा पर्दछ लुम्बिनी । जहाँ गत वर्ष १ हजार २७२ जना अर्थात कुल जनसंख्याको ०.०२५ प्रतिशतले आत्माहत्या गरे । यस प्रदेशको सबै भन्दा बढि आत्माहत्याको संख्या हुने गरेको जिल्ला बनेको छ, पाल्पा । जहाँ गत वर्ष ८५ जना अर्थात अर्थात ०.०३४ प्रतिशतले आत्माहत्या गरे । दोस्रो ठुलो संख्या भएको जिल्ला हो अर्घाखाँची जहाँ ५९ जना अर्थात ०.०३३ प्रतिशतले आत्माहत्या गरे । तेस्रो बढि संख्या हुने जिल्ला पर्दछ गुल्मी जहाँ ८० जनाले आत्माहत्या गरे । सबै यस प्रदेशमा सबै भन्दा कम नवलपरासीमा ३४ प्रतिशतले आत्माहत्या गरे। सबै भन्दा कम कर्णाली प्रदेशमा हुने गर्छ । गत वर्ष त्यस प्रदेशमा ७१ जना अर्थात ०.०१८ प्रतिशतले आत्माहत्या गरे । देशभर सबै भन्दा कम गत वर्ष जुम्लामा छ जनाले आत्माहत्या गरे भने डोल्पामा यो संख्या शुन्य रह्यो ।
देशभर कोरोना महामारीका २०७६ देखि ०७८ का दुई आर्थिक वर्षहरुमा बढि आत्माहत्याको संख्या बढेको तथ्याङकले देखाएको छ । पछिल्लो पाँच बर्षमा गुल्मीमा पनि आत्माहत्याको ग्राफ सबै भन्दा बढि कोरोना महामारी ताकाकै बढि देखिएको छ । गत वर्ष ८० जनाले आत्माहत्या गरेका थिए । पछिल्लो दुई बर्षमा गुल्मीको इस्मामा सबै भन्दा बढी २० जनाले आत्माहत्या गरेका छ्न । जबकी आर्थिक वर्ष ०७५/०७६ मा ४९ जना र त्यसको दोश्रो वर्ष ७० जनाले आत्मा हत्या गरेका थिए । आर्थिक वर्ष २०७९/०७९ मा ६१ जनाले र ०७९/८० को असार मसान्तसम्म ६९ जनाले आत्माहत्या गरेका थिए ।
पछिल्ला वर्षको तथ्याङक हेर्दा आत्माहत्या गर्नेहरुमा ३६ देखि ४६ वर्ष उमेर समुहका सबै भन्दा बढि २९ जना छन । ६० वर्ष भन्दा बढि उमेर समुहका २२ जना छन । १६ देखि २५ वर्ष उमेर समुहका १९ जना छन । ४६ देखि ६० वर्ष उमेर समुहका पनि १९ जना छन । १५ वर्ष मुनीका १५ जना छन् । गुल्मीको हकमा पछिल्लो दुई वर्षमा सबै भन्दा बढी २० जनाले आत्माहत्या गरेका छन। कालिगण्डकिमा सबै भन्दा कम ४ जनाले आत्माहत्या गरेका छन।