देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, दिनभरजसो पानी पर्ने सम्भावना


काठमाण्डौ – काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।यस्तै, राति कोशी,बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो । यो प्रणालीको प्रभाव पश्चिमी क्षेत्रको तुलनामा पूर्व र मध्य क्षेत्रमा धेरै पर्ने मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज मध्य र  पूर्वी क्षेत्रमा धेरै पानी  पर्ने अनुमान छ  ।भोलि पनि काठाण्डौसहितका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...