एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै


१४ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हुनेछ ।

साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो ।धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ ।

आशिष चौधरी मार्की रहेको धनगढीको कप्तानी देवेन्द्र तामाङ गर्नेछन् । यस्तै मार्की एरिक विष्टले नै बुटवलको कप्तानी गरिरहेका छन् ।

दुवै टोलीमा नेपाली घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन् । जसमा धनगढीमा ए डिभिजन खेलिसकेका आफिज ओलावाले, फोडो फोफाना, अहमद हिजाजी र मोहम्मद ताहा छन् । यस्तै युरोपियन लिगहरु खेलेका फालो डियाग्ने पनि छन् ।

उता बुटवल लुम्बिनीमा नेपाली घरेलु फुटबल खेल्दै आएका स्टेफन विनोङ, सर्ज सोङ, आन्द्रे थिएरी बिक र अर्नेस्ट तम्पी सहित गोलकिपर मोहमोदोउ छन् ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...