ताजा अपडेट

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।  बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।  “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भए...
देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी

देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी

ताजा अपडेट, विविध, समाचार, स्थानीय
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् ।सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग  निवासी  दीपक केसीको  घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।  बिरामीहरूमा झाडापखाला, बान्ता , ज्वरो,  शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए । उनीहरु सबैको अवस्था सामान्य रहेको  छ । गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची  अस्पताल गएका थिए ।  ‘फुड पोइजन’ का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ । बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भना...
सूचना र प्रविधि सेवा निर्यातमार्फत नेपालमा राम्रो आम्दानी 

सूचना र प्रविधि सेवा निर्यातमार्फत नेपालमा राम्रो आम्दानी 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
 सूचना प्रविधि सेवा निर्यात गरेर दुई महिनामा नेपालले ३ अर्ब रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको गत भदौको मासिक प्रतिवेदनले गत साउन र भदौमा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा निर्यात भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा यो शीर्षकमा नेपाल भित्रिएको रकम गत वर्षको सोही अवधिको भन्दा ५६ करोड ८४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा निर्यातमार्फत २ अर्ब ५० करोड ४३ लाख रुपैयाँ नेपाल भित्रिएको थियो । पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रले नेपाललाई राम्रो लाभ दिइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरूको काम (प्रडक्ट) अन्य देशहरूमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरूले औंल्याएका छन...
जापान निर्वाचन : सत्तारुढ दलले गुमायो बहुमत

जापान निर्वाचन : सत्तारुढ दलले गुमायो बहुमत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ । निर्वाचन परिणामले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको छ । प्रधानमन्त्री इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको जापानको सरकारी समाचार माध्यम एनएचकेले जनाएको छ । जापानको दुई सदनात्मक व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ । जापानको तल्लो सदनमा ४६५ सिट छ । बहुमतका लागि २३३ सिट आवश्यक थियो । तर, प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमितोले २०९ सिट मात्र जिते । यसअघि एलडीपी गठबन्धनसँग २७९ सिट थियो । एलडीपीका लागि यो नतिजा सन् २००९ पछिकै खराब हो । प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै निकै कठिन परिस्थितिको सामना गर्नु परेको अभिव्यक्ति दिए...
भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ - भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४-२ गोलले हरायो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् । खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिएको थियो । त्यसपछि रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि खेल शुरू भएको हो । यसअघि खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केही बेर रोकिएको थियो । अब नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशस...
बिग्रियौं, सच्चिन चाहन्छौं : पुष्पकमल दाहाल

बिग्रियौं, सच्चिन चाहन्छौं : पुष्पकमल दाहाल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन सरकार ढाल्ने खेलमा आफूहरू नलागेको बताएका छन् । काठमाडौंमा भएको खबरदारी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेसँग सहकार्य नगर्ने दाबीसमेत गरेका छन् । सरकार ढाल्ने खेलमा माओवादी लागेको भन्ने आरोपको खण्डन गर्दै अध्यक्ष दाहालले सत्तामा जान आफूहरूलाई हतार नभएको बताए । ‘माओवादीले सडकबाट सरकार ढाल्ने हतारो गरेको छ भनेर बुझ्नुभएको छ भने तपाईंहरू भ्रममा हुनुहुन्छ । अब हामीलाई मन्त्री, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं । ढुक्कसँग सरकार चलाए हुन्छ,’ उनले भने । कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गर्नु गल्ती भएको माओवादी अध्यक्ष दाहालको भनाइ छ । ‘केही समय सहकार्य गरेर गल्ती गर्‍यौं । तपाईं (कांग्रेस–एमाले) को रोग अलि–अलि हामीलाई सर्‍यो भन्ने गम्भीर आत्म समीक्षामा छौं,’ उनले भने, ‘हामीलाई बेलैमा निकालिदिएर जनतातिर फर्काइदिनुभ...
साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो । दुई वर्षअघि दशरथ रङ्गशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो । अनि साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको पहिलो पटक थियो । यसपटक नेपाल र भारत तथा साविकको उपाधि विजेता बङ्गलादेश र भुटानले सेमिफाइनलमा खेल्न लागेका हुन् । बङ्गलादेश र भुटानले फाइनलमा पुग्न दिउँसो साढे एक बजे दशरथ रङ्गशालामा खेल्नेछन् । अघिल्लो संस्करणमा बङ्गलादेशले घरेलु टोली नेपाललाई ३–१ गोलले हराएर उपाधि जितेको थियो ।  ...
प्रसिद्ध कृषि सहकारीको साधारण सभा सम्पन्न

प्रसिद्ध कृषि सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिका वार्ड नम्बर ६ सुन्दरनगरमा रहेको श्री प्रसिद्ध कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। वार्षिक साधारण सभामा बोल्दै बुटवल उपमहानगर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले हिजो आज समग्र मुलुक नै सहकारीको लगानी अपचलन भएका तथ्यपरक घटनाहरू सतहमा आएको र सरकारले क्रमिक रुपमा कारबाही गरिरहेको स्मरण गराउँदै उक्त प्रसिद्ध कृषि सहकारी स्थानीय तहमा दर्ता भई विधि अनुरुप सञ्चालन भएकोले बचतकर्ताहरू निश्चिन्त रहेर बचत गर्न आग्रह गरे । कृषि क्षेत्रमा उक्त सहकारीको प्रमुख उद्देश्य रहेकोले विभिन्न आधुनिक प्रविधिबाट कृषिमा लगानी गर्न आग्रह गर्दै वडाले सक्दो पहल गर्ने बताए । १सय ८३ सदस्य संख्या रहेको भएतापनि बचत र मुनाफाका हिसाबले उत्कृष्ट रहेकोमा सम्पूर्ण शेयर सदस्यलाई थप अग्रसर हुन आह्वान गरे । उनले उक्त सहकारी आर्थिक रूपमा अगाडि बढ्द...
चाडपर्वका बेला पनि घट्यो आयात–निर्यात

चाडपर्वका बेला पनि घट्यो आयात–निर्यात

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैंतिहारमा मात्रै हुन्छ । खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री यही बेला हुन्छ । साना पसलदेखि ठूला पसल/आउटलेटमा खरिदबिक्रीको भीड लाग्छ । चाडबाडलाई लक्ष्य गरी व्यवसायीले आयात पनि गर्छन् । तर भन्सार विभागको तथ्यांक हेर्दा यही बेला आयात ४.१७ प्रतिशतले घटेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँका वस्तु आयात भएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ३ महिनामा आयात ४.१७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यसले पनि अर्थतन्त्र अझै संकुचनमा रहेको जानकार बताउँछन् । आयातसँगै निर्यात व्यापार पनि घटेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्...
सातबुँदे वक्तव्य : एकताबद्ध सत्तारुढदलको सन्देश

सातबुँदे वक्तव्य : एकताबद्ध सत्तारुढदलको सन्देश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसेर सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरिएको हो । ‘मुलुकमा विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्य सहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउन … ’, सातबुँदेको भूमिकामा भनिएको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिने प्रगति विवरणमा समेटेकै अधिकांश विषय संयुक्त बक्तव्यमा उल्लेख गरिएको छ । बक्तव्यको पहिलो बुँदामै सरकारको सय दिने कार्य प्रगतिको समर्थन गर्दै आगामी दिनमा पनि समर्थनको प्रतिबद्धता गरिएको छ । नेताहरुका अनुसार प्रधानमन्त्रीले प्रस्तुत गरेको विवरणलाई सात दलका तर्फबाट समर...