प्रसिद्ध कृषि सहकारीको साधारण सभा सम्पन्न


बुटवल

बुटवल उपमहानगरपालिका वार्ड नम्बर ६ सुन्दरनगरमा रहेको श्री प्रसिद्ध कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

वार्षिक साधारण सभामा बोल्दै बुटवल उपमहानगर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले हिजो आज समग्र मुलुक नै सहकारीको लगानी अपचलन भएका तथ्यपरक घटनाहरू सतहमा आएको र सरकारले क्रमिक रुपमा कारबाही गरिरहेको स्मरण गराउँदै उक्त प्रसिद्ध कृषि सहकारी स्थानीय तहमा दर्ता भई विधि अनुरुप सञ्चालन भएकोले बचतकर्ताहरू निश्चिन्त रहेर बचत गर्न आग्रह गरे । कृषि क्षेत्रमा उक्त सहकारीको प्रमुख उद्देश्य रहेकोले विभिन्न आधुनिक प्रविधिबाट कृषिमा लगानी गर्न आग्रह गर्दै वडाले सक्दो पहल गर्ने बताए ।

१सय ८३ सदस्य संख्या रहेको भएतापनि बचत र मुनाफाका हिसाबले उत्कृष्ट रहेकोमा सम्पूर्ण शेयर सदस्यलाई थप अग्रसर हुन आह्वान गरे । उनले उक्त सहकारी आर्थिक रूपमा अगाडि बढ्दै गरेका नागरिकहरू सेयर सदस्य रहेको सहकारी भएकाले पनि वडाले प्राथमिकतामा राखेको बताए ।उनले आफ्नो नेतृत्वमा वडामा धेरै भन्दा धेरैलाई रोजगार दिलाउने ,आत्मनिर्भर बनाउन विभिन्न सिपमूलक तालिमहरुको व्यवस्था गर्ने जस्ता कुराहरु गम्भीर रुपमा लागेको बताए। चाडपर्वहरूको अवसरमा आयोजना गरिएको साधारण सभा कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै उनले समग्र सेयर सदस्य लगायत वडावासीलाई समृद्धिमुखी हुन आह्वान गर्दै शुभकामना दिए।

संस्थाका अध्यक्ष रिमकुमारी श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै २०७२ सालमा संस्थापक अध्यक्ष वीरमान लामाको पहलमा आफूहरुले १ सय रुपैयाँ बचतबाट सुरु गरी विभिन्न आरोह- अवरोह पार गर्दै अहिले संस्थाको आफ्नै भवनमा कार्यालय ,डिजिटल माध्यमबाट लेखा संयोजन जस्ता कुराहरु गर्न सफल भएको बताइन्। उनले हाल १सय ८३ सेयर सदस्य रहेको र संस्थालाई मुनाफामुखी बनाएर ३ सय ५० पुर्‍याउने लक्ष्य राखेको बताइन्। संस्थाको कुल पूँजी १ करोड ४५ लाख ९८ हजार ९सय रहेको र कृषि क्षेत्र आफ्नो सहकारीको प्रमुख उद्देश्य भएकाले सेयर सदस्यहरूले विश्लेषण गरी योजनाहरू मार्फत सहकारीमा आउन आग्रह गरिन्।

संस्थामा सेयर सदस्यहरू कुनै कारणबस दुर्घटना भई मृत्यु भएमा दुर्घटना बिमा मार्फत रु १ लाख साथै क्रियाकर्मका लागि १०हजार दिने व्यवस्था रहेको छ ।

कार्यक्रममा बुटवल उपमहानगर वार्ड नं ६ का वडा सदस्यहरू चिनकाजी श्रेष्ठ ,शान्ता रणपाल ,सुन्दर शान्ति टोल विकास संस्थाका अध्यक्ष पुरन बिक लगायतले बोल्दै सहकारीका सूचकाङ्क राम्रा देखिएकाले बढीभन्दा बढी सेयर सदस्य बन्न र बचत र लगानी गर्न आग्रह गरे ।

संस्थाका सचिव राजकुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहकारीका शेयर सदस्य शंकर परियारले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...