चाडपर्वका बेला पनि घट्यो आयात–निर्यात


व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैंतिहारमा मात्रै हुन्छ । खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री यही बेला हुन्छ ।

साना पसलदेखि ठूला पसल/आउटलेटमा खरिदबिक्रीको भीड लाग्छ । चाडबाडलाई लक्ष्य गरी व्यवसायीले आयात पनि गर्छन् । तर भन्सार विभागको तथ्यांक हेर्दा यही बेला आयात ४.१७ प्रतिशतले घटेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँका वस्तु आयात भएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ३ महिनामा आयात ४.१७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यसले पनि अर्थतन्त्र अझै संकुचनमा रहेको जानकार बताउँछन् । आयातसँगै निर्यात व्यापार पनि घटेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ६.११ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ३८ अर्ब ३७ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ । जब कि गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । कुल व्यापारमा आयातको हिस्सा ९१.०६ प्रतिशत छ भने निर्यातको हिस्सा ८.९४ प्रतिशत मात्रै रहेको विभागले जनाएको छ । आयात र निर्यात दुवै घट्दा व्यापार घाटा पनि ३.९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ व्यापार घाटा रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

व्यापार हुने मुलुकमध्ये १०४ मुलुकसँग व्यापार घाटा रहेको विभागको भनाइ छ । घाटा भएका मुलुक भारत, चीन, युक्रेन, अस्ट्रेलिया, अर्जेन्टिना, कतार, इन्डानेसिया, मलेसिया, थाइल्यान्ड, बहराइन, ओमान, यूएई, भियतनाम, साउदी अरेयिबा, कोरिया, फ्रान्स, टर्कीलगायत हुन् । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । भारतबाट २ खर्ब ४० अर्ब ९२ करोड ५९ लाख आयात भएको छ । निर्यात भने २४ अर्ब ८५ करोड ९० लाखको मात्रै छ । चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाखको वस्तु आयात भएको छ । निर्यात ५५ करोड ५ लाख ७६ हजार रुपैयाँको मात्रै छ । युक्रेनबाट ६ अर्ब ५१ करोड ५८ लाखको आयात भएको छ । निर्यात ३५ लाख २० हजारको भएको छ ।

आयात भएका वस्तुमध्ये सबैभन्दा पेट्रोलियम पदार्थको आयात भएको विभागले जनाएको छ । ३ महिनाको अवधिमा २२ अर्ब १५ करोड ७० लाखको डिजेल, १६ अर्ब ६२ करोड ८२ लाखको पेट्रोल र १४ अर्ब ६ करोड ४४ लाखको खाना पकाउने एलपी ग्यास आयात भएको छ । १२ अर्ब १० करोड ७७ लाखको फलाम, १० अर्ब ७३ करोड ७० लाखको फलाम तथा स्टिलका उत्पादन र ९ अर्ब ८३ करोड २८ लाखको स्मार्टफोन आयात भएको छ ।

निर्यातमा सबैभन्दा अगाडि गलैंचा छ । ३ महिनाको अवधिमा २ अर्ब ८५ करोड ३९ लाखको गलैंचा, १ अर्ब ७२ करोड ८७ लाखको कालो चिया, १ अर्ब ५७ करोड ८४ लाखको फेल्ट आयात भएको छ । १ अर्ब २८ करोड ५३ लाखको धागो, १ अर्ब २६ करोड २१ लाख अलैंची र १ अर्ब २५ करोड ५९ लाखको जुस निर्यात भएको विभागले बताएको छ ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

दाङलुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा...
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

काठमाडौँश्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई प...
सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

काठमाडौंमुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेख...
हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौंसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति...