चाडपर्वका बेला पनि घट्यो आयात–निर्यात


व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैंतिहारमा मात्रै हुन्छ । खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री यही बेला हुन्छ ।

साना पसलदेखि ठूला पसल/आउटलेटमा खरिदबिक्रीको भीड लाग्छ । चाडबाडलाई लक्ष्य गरी व्यवसायीले आयात पनि गर्छन् । तर भन्सार विभागको तथ्यांक हेर्दा यही बेला आयात ४.१७ प्रतिशतले घटेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँका वस्तु आयात भएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ३ महिनामा आयात ४.१७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यसले पनि अर्थतन्त्र अझै संकुचनमा रहेको जानकार बताउँछन् । आयातसँगै निर्यात व्यापार पनि घटेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ६.११ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ३८ अर्ब ३७ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ । जब कि गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । कुल व्यापारमा आयातको हिस्सा ९१.०६ प्रतिशत छ भने निर्यातको हिस्सा ८.९४ प्रतिशत मात्रै रहेको विभागले जनाएको छ । आयात र निर्यात दुवै घट्दा व्यापार घाटा पनि ३.९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ व्यापार घाटा रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

व्यापार हुने मुलुकमध्ये १०४ मुलुकसँग व्यापार घाटा रहेको विभागको भनाइ छ । घाटा भएका मुलुक भारत, चीन, युक्रेन, अस्ट्रेलिया, अर्जेन्टिना, कतार, इन्डानेसिया, मलेसिया, थाइल्यान्ड, बहराइन, ओमान, यूएई, भियतनाम, साउदी अरेयिबा, कोरिया, फ्रान्स, टर्कीलगायत हुन् । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । भारतबाट २ खर्ब ४० अर्ब ९२ करोड ५९ लाख आयात भएको छ । निर्यात भने २४ अर्ब ८५ करोड ९० लाखको मात्रै छ । चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाखको वस्तु आयात भएको छ । निर्यात ५५ करोड ५ लाख ७६ हजार रुपैयाँको मात्रै छ । युक्रेनबाट ६ अर्ब ५१ करोड ५८ लाखको आयात भएको छ । निर्यात ३५ लाख २० हजारको भएको छ ।

आयात भएका वस्तुमध्ये सबैभन्दा पेट्रोलियम पदार्थको आयात भएको विभागले जनाएको छ । ३ महिनाको अवधिमा २२ अर्ब १५ करोड ७० लाखको डिजेल, १६ अर्ब ६२ करोड ८२ लाखको पेट्रोल र १४ अर्ब ६ करोड ४४ लाखको खाना पकाउने एलपी ग्यास आयात भएको छ । १२ अर्ब १० करोड ७७ लाखको फलाम, १० अर्ब ७३ करोड ७० लाखको फलाम तथा स्टिलका उत्पादन र ९ अर्ब ८३ करोड २८ लाखको स्मार्टफोन आयात भएको छ ।

निर्यातमा सबैभन्दा अगाडि गलैंचा छ । ३ महिनाको अवधिमा २ अर्ब ८५ करोड ३९ लाखको गलैंचा, १ अर्ब ७२ करोड ८७ लाखको कालो चिया, १ अर्ब ५७ करोड ८४ लाखको फेल्ट आयात भएको छ । १ अर्ब २८ करोड ५३ लाखको धागो, १ अर्ब २६ करोड २१ लाख अलैंची र १ अर्ब २५ करोड ५९ लाखको जुस निर्यात भएको विभागले बताएको छ ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...