ताजा अपडेट

नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाज
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन्। मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताएका हुन्। भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए। उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताएका थिए। 'प्रधानमन्त्रीज्यूले नेपाल र चीनको सम्बन्ध सार्वभौमकिता,राजनीतिक स्वतन्त्रता,आपसी समझदारी र विश्वासमा आधारित रहेको बताउनुभयो,' ढकालले भने। भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो पनि दिएका थिए। ...
अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणका प्रक्रियामा रहेको जानकारी दिँदै उनले राज्यको निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न कानुनी आधार तयार पार्ने काम भइरहेको जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्दै प्रदेशमा अपाङ्गता समन्वय समिति गठन, अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । “नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने  र सार्वजनिक सेवा तथा सुव...
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो। कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे। यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गरे। दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पा...
३७ स्थानको मतपरिणाममा कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

३७ स्थानको मतपरिणाममा कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं  स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ। नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ। जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्। कांग्रेसले जितेका ठाउँ नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुमतेतर साहु, गढी गाउँपालिका-६ सुनसरीशेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहटसमसे आलम, राजपुर नगरपालिका-६ रौतहटइ...
प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम ओली नआउन्जेल सिंहले गर्ने छन्। ४ दिने औपचारिक भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज चीन उडेका हुन्। ...
रूपन्देहीको तिलोत्तमामा जारी महोत्सवमा ७ करोडको कारोबार

रूपन्देहीको तिलोत्तमामा जारी महोत्सवमा ७ करोडको कारोबार

Breaking news 3, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटबल तिलोत्तमा व्यापार संघको आयोजनामा रुपन्देहीको मणिग्राममा सञ्चालित तिलोत्तमा जारी महोत्सव २०८१ मा सोमबारसम्म ७ करोडको कारोबार भएको छ। यही मंसिर ६ गतेदेखि २० गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा १० करोड भन्दा बढी कारोबार हुने आयोजकको आंकलन रहेको छ। करिब ३०० स्टल रहेको महेात्सवमा व्यवसायीहरुलाई सहुलियत गरेर आयोजकलाई मुनाफा नभए पनि सुविधा दिने तिलाेत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले बताए । उनले कृषि प्रवर्द्धनका लागि निःशुल्क तथा सहुलियत रहेको बताए । मेलामा आवश्यक सामग्री देखि नाचगान ,खेलकुद ,खानपान ,सेल्फी जोनहरू रहेको व्यापार संघका संस्थापक अध्यक्ष जेपी कडेलले जानकारी दिए। "व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार "भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा पर्यवेक्षकहरूको उल्लेखनीय सहभागिताले आयोजकहरू थप उत्स...
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्दैछन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले आज मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी, प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना ...
उपनिर्वाचन मतगणना अपडेट : कहाँ काे विजयी ?

उपनिर्वाचन मतगणना अपडेट : कहाँ काे विजयी ?

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।  उपनिर्वाचनको विषय अपडेट हेर्नुहोस्ः उपनिर्वाचन अपडेट : कांग्रेसको अग्रता, एमाले पछिपछि मतगणना अपडेट : आउन थाल्यो नतिजा उपनिर्वाचन, मतगणनाको प्रतीक्षा  सोमबार, १७ मङ्सिर २०८१, ०७ : ३४ ग्रामथान गाउँपालिका अध्यक्षमा जित नजिक माओवादी, अबिर जात्रा सुरु काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता...
स्थानीयतहको उपचुनाव शान्तिपुर्ण रुपमा सम्पन्न : मतगणनाको तयारी सुरु ,पर्सि सम्म सबै ठाउँको परिणाम आइसक्ने

स्थानीयतहको उपचुनाव शान्तिपुर्ण रुपमा सम्पन्न : मतगणनाको तयारी सुरु ,पर्सि सम्म सबै ठाउँको परिणाम आइसक्ने

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल – पालिका उपचुनावको मतगणना आजै रातिदेखि शुरू हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् उपसचिव दुर्गाप्रसाद चालिसेले मतदान सम्पन्न भएसँगै सर्वदलीय छलफल गरे आजै बेलुकादेखि वडाहरूको मतगणना शुरू गर्ने तयारी रहेको जानकारी दिनुभयो । पालिकास्तरको मतगणनाका लागि सबै मतदान केन्द्रबाट मतपत्र सङ्कलन गर्न केही समय लाग्ने भएकाले त्यहाँ भाेलि बिहानदेखि मतगणना शुरू हुने आयाेगका सहायक प्रवक्ता चालिसेले बताउनुभयाे । दोलखा, बाजुरा, हुम्लाजस्ता दुर्गम ठाउँहरूमा रातिसम्म मतपेटिका सङ्कलन हुने भएकाले त्यहाँ तत्काल मतगणना शुरू गर्न कठिनाइ हुने देखिएको छ । यद्यपि आजैदेखि शुरू भएका वडाहरूको मतगणनाको प्रारम्भिक नतिजा भोलि बिहानसम्म आउन सक्ने र भोलि बेलुकासम्म धेरैजसाे ठाउँको मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरेकाे सहायक प्रवक्ता चालिसेले बताउनुभयाे । बढी मतदाता भएका पालिका जस्तै– काठमाण्डा...
मत्स्यपालक कृषकलाई विद्युत महसुलमा ५० प्रतिशत  छुट

मत्स्यपालक कृषकलाई विद्युत महसुलमा ५० प्रतिशत छुट

Breaking news 1, Breaking news 3, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल पशुपंन्छि तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशकाे माछापालक कृषकहरुलाई विद्युत महसुलमा ५० प्रतिशत छुट गर्ने व्यवस्था रहेको छ। प्रदेश अन्तर्गतका जिल्लाहरूमा रहेका भेटेनरी तथा पशुसेवा कार्यालय मार्फत मापदण्ड पुरागरी सिफारिस भएर आएका मत्स्य पालक कृषकहरूका लागि उक्त छुट दिने व्यवस्था रहेको छ। संचार पत्र संगकाे कुराकानीमा लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर प्रवेश सिंह कुँवरले कृषि व्यवसाय सञ्चालन गर्नुभएका कृषि व्यवसायीलाई मापदण्ड पूरा गरी आ-आफ्नो जिल्लाका भेटेनरी तथा पशुसेवा कार्यालयमा आवश्यक कागजातहरू प्रक्रिया पूरा गरी अवसरको सदुपयोग गर्न आग्रह गरे । साथै सरकारले पशुपालक कृषकहरुका लागि निःशुल्क कृतिम गर्भाधानका लागि खोप उपचार सेवा,समय समयमा स्वास्थ्य शिविर गरी निःशुल्क औषधि वितरण ,कृषकलाई तालिम प्रशिक्षण जस्ता कार्यक्रमहरू...