रूपन्देहीको तिलोत्तमामा जारी महोत्सवमा ७ करोडको कारोबार


बुटबल

तिलोत्तमा व्यापार संघको आयोजनामा रुपन्देहीको मणिग्राममा सञ्चालित तिलोत्तमा जारी महोत्सव २०८१ मा सोमबारसम्म ७ करोडको कारोबार भएको छ। यही मंसिर ६ गतेदेखि २० गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा १० करोड भन्दा बढी कारोबार हुने आयोजकको आंकलन रहेको छ।

करिब ३०० स्टल रहेको महेात्सवमा व्यवसायीहरुलाई सहुलियत गरेर आयोजकलाई मुनाफा नभए पनि सुविधा दिने तिलाेत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले बताए । उनले कृषि प्रवर्द्धनका लागि निःशुल्क तथा सहुलियत रहेको बताए ।

मेलामा आवश्यक सामग्री देखि नाचगान ,खेलकुद ,खानपान ,सेल्फी जोनहरू रहेको व्यापार संघका संस्थापक अध्यक्ष जेपी कडेलले जानकारी दिए।

“व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार “भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा पर्यवेक्षकहरूको उल्लेखनीय सहभागिताले आयोजकहरू थप उत्साहित रहेको संघका सचिव तथा मेलाका प्रचारप्रसार संयोजक कृष्णप्रसाद भट्टराईले बताए ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने महोत्सवमा सोमबार गायिका एलिना चौहान ,शिलु भट्टराई ,गायक भरत क्षेत्री लगायतको प्रस्तुति रहेको थियो भने मङ्गलबार गायक बद्री पंगेनी ,गायिका सुनितामी परियार , गायक दुर्गा सापकोटा, गायिका रेनु रानामगर लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम सञ्चालन कुशल उद्घाेषक दिपु मगरको रहने छ। रातको १० बजेसम्म प्रवेशद्वार खुला रहने मेलाका सुरक्षा संयोजक शितल ज्ञवालीले जानकारी दिए।

मङ्गलबार बिहान ८ बजेदेखि महोत्सव परिसरमा बृहत रक्तदान कार्यक्रम रहेको छ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...