अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य


बुटवल 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणका प्रक्रियामा रहेको जानकारी दिँदै उनले राज्यको निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न कानुनी आधार तयार पार्ने काम भइरहेको जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्दै प्रदेशमा अपाङ्गता समन्वय समिति गठन, अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

“नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने  र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । लुम्बिनी प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै एकीकृत सेवा प्रवाहको सहजताका लागि प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी गराउँदछु”, शुभकामना सन्देशमा भनिएको छ । 

यस्तै मुख्यमन्त्री आचार्यले अपाङ्गतामैत्री संरचना निर्माणको काममा प्रदेश सरकारले प्राथमिकतामा राखेको समेत जानकारी गराएका छन् । पुराना संरचनामा सुधार र नयाँ संरचना पूर्ण अपाङ्गतामैत्री बनाउने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ । यस वर्ष समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...