उपनिर्वाचन मतगणना अपडेट : कहाँ काे विजयी ?


काठमाडौँ

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।

सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । 

उपनिर्वाचनको विषय अपडेट हेर्नुहोस्ः

उपनिर्वाचन अपडेट : कांग्रेसको अग्रता, एमाले पछिपछि

मतगणना अपडेट : आउन थाल्यो नतिजा

उपनिर्वाचन, मतगणनाको प्रतीक्षा

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : ३४

ग्रामथान गाउँपालिका अध्यक्षमा जित नजिक माओवादी, अबिर जात्रा सुरु

ग्रामथान गाउँपालिका अध्यक्षमा जित नजिक माओवादी, अबिर जात्रा सुरुfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । 

उनले ६ हजार २८० मत ल्याएका छन् । जितनजिक पुगेपछि माओवादी कार्यकर्ताहरूले अबिर जात्रा सुरु गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार ७११ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास ३ हजार २६६ मतसहित तेस्रो स्थानमा छन् ।

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : १७

बझाङको  सुर्मा गाउँपालिका–४ मा कांग्रेसको जित

बझाङको  सुर्मा गाउँपालिका–४ मा कांग्रेसको जितfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

बझाङ । सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । 

उनको निकटतम प्रतिष्पर्धि नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको  निर्वाचन कार्यालयले जनाएको छ  । 

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : १५

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)
Screenshot 2024-12-02 071611
Screenshot 2024-12-02 071653

थप समाचार 

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : ०७

ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस विजयी

ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी बनेका छन् । उनले १ हजार ४३ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहे ।

नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७० मत पाए भने राप्रपाका रत्नले ५२ मत प्राप्त गरे ।

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : ०१

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जितfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

दैलेख । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे ।

 यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । ०७९ माघ २७ गते हृदयघातका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । 

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : ३३

डोटीको पूर्वीचौकी-६ मा कांग्रेसका थापा विजयी

डोटीको पूर्वीचौकी-६ मा कांग्रेसका थापा विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । थापाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । 

उनले ४६८ मत प्राप्त गरेका थिए, भने एमालेका थापा ३०१ मा सीमित बने । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी कुमारी खड्का ३१ मत, माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापा २६ मत पाएका थिए ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : ३१

गढीमाई नगरपालिका–८ मा एकीकृत समाजवादीको जित

गढीमाई नगरपालिका–८ मा एकीकृत समाजवादीको जितfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

रौतहट । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहे ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : २५

बाजुराको स्वामीकार्तिकमा कांग्रेसको स्थान खोस्दै उपाध्यक्षमा एमाले विजयी

बाजुराको स्वामीकार्तिकमा कांग्रेसको स्थान खोस्दै उपाध्यक्षमा एमाले विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी भएकी हुन् । 

विजयी भएकी बुढाले १७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले १४७४ मतमा सीमित बनेकी छिन् । माओवादीको समर्थन पाएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत प्राप्त गरेकी थिइन् । 

अघिल्लो निर्वाचनमा यहाँ काँग्रेसकी मैनादेवी जोशी निर्वाचित भएकी थिइन् । उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : २२

रास्वपाले विजय हासिल गरेको काठमाडौँ–१६ मा कसको कति मत ? (मत परिणामसहित)

रास्वपाले विजय हासिल गरेको काठमाडौँ–१६ मा कसको कति मत ? (मत परिणामसहित)facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट विजयको खाता खोलेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल गरेकी हुन् । 

नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा भएको उपनिर्वाचनमा रोजिनाले विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार भने तेस्रो भए । कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका हुन् । 

जवकि एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत पाए । उपनिर्वाचनमा रास्ववा विजयी हुँदा कांग्रेसले आफूले पहिले जितेको वडाध्यक्ष पद सुरक्षित गर्न असफल रह्यो । 

थप समाचार 

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : १९

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीको अग्रता कायमै

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीको अग्रता कायमैfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतमणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । उनले ५ हजार ६०७ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार १६७ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास २ हजार ७४१ मतसहित तेस्रो स्थानमा छन् ।

राप्रपाका दिनेशकुमार थन्दारले ४३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले २ सय ७३ मत ल्याएका छन् ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : ०६

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेस विजयी

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेस विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका हुन् । 

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर लिम्बुले ३६० मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले ४ मत मात्र प्राप्त गरेका छन् ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : ०५

रास्वपाले खोल्यो खाता, काठमाडौँ–१६ मा रोजिना श्रेष्ठ विजयी

रास्वपाले खोल्यो खाता, काठमाडौँ–१६ मा रोजिना श्रेष्ठ विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

 सोमबार, १७ मङ्सिर २०८१, ०५ : ५९

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयी

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेकी उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् । 

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत पाए । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ७ मत मात्र प्राप्त गरेका छन् ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...