उपनिर्वाचन मतगणना अपडेट : कहाँ काे विजयी ?


काठमाडौँ

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।

सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । 

उपनिर्वाचनको विषय अपडेट हेर्नुहोस्ः

उपनिर्वाचन अपडेट : कांग्रेसको अग्रता, एमाले पछिपछि

मतगणना अपडेट : आउन थाल्यो नतिजा

उपनिर्वाचन, मतगणनाको प्रतीक्षा

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : ३४

ग्रामथान गाउँपालिका अध्यक्षमा जित नजिक माओवादी, अबिर जात्रा सुरु

ग्रामथान गाउँपालिका अध्यक्षमा जित नजिक माओवादी, अबिर जात्रा सुरुfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । 

उनले ६ हजार २८० मत ल्याएका छन् । जितनजिक पुगेपछि माओवादी कार्यकर्ताहरूले अबिर जात्रा सुरु गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार ७११ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास ३ हजार २६६ मतसहित तेस्रो स्थानमा छन् ।

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : १७

बझाङको  सुर्मा गाउँपालिका–४ मा कांग्रेसको जित

बझाङको  सुर्मा गाउँपालिका–४ मा कांग्रेसको जितfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

बझाङ । सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । 

उनको निकटतम प्रतिष्पर्धि नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको  निर्वाचन कार्यालयले जनाएको छ  । 

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : १५

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)
Screenshot 2024-12-02 071611
Screenshot 2024-12-02 071653

थप समाचार 

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : ०७

ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस विजयी

ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी बनेका छन् । उनले १ हजार ४३ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहे ।

नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७० मत पाए भने राप्रपाका रत्नले ५२ मत प्राप्त गरे ।

 सोमबार, १७ मङ्सिर २०८१, ०७ : ०१

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जितfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

दैलेख । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे ।

 यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । ०७९ माघ २७ गते हृदयघातका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । 

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : ३३

डोटीको पूर्वीचौकी-६ मा कांग्रेसका थापा विजयी

डोटीको पूर्वीचौकी-६ मा कांग्रेसका थापा विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । थापाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । 

उनले ४६८ मत प्राप्त गरेका थिए, भने एमालेका थापा ३०१ मा सीमित बने । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी कुमारी खड्का ३१ मत, माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापा २६ मत पाएका थिए ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : ३१

गढीमाई नगरपालिका–८ मा एकीकृत समाजवादीको जित

गढीमाई नगरपालिका–८ मा एकीकृत समाजवादीको जितfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

रौतहट । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहे ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : २५

बाजुराको स्वामीकार्तिकमा कांग्रेसको स्थान खोस्दै उपाध्यक्षमा एमाले विजयी

बाजुराको स्वामीकार्तिकमा कांग्रेसको स्थान खोस्दै उपाध्यक्षमा एमाले विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी भएकी हुन् । 

विजयी भएकी बुढाले १७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले १४७४ मतमा सीमित बनेकी छिन् । माओवादीको समर्थन पाएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत प्राप्त गरेकी थिइन् । 

अघिल्लो निर्वाचनमा यहाँ काँग्रेसकी मैनादेवी जोशी निर्वाचित भएकी थिइन् । उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : २२

रास्वपाले विजय हासिल गरेको काठमाडौँ–१६ मा कसको कति मत ? (मत परिणामसहित)

रास्वपाले विजय हासिल गरेको काठमाडौँ–१६ मा कसको कति मत ? (मत परिणामसहित)facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट विजयको खाता खोलेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल गरेकी हुन् । 

नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा भएको उपनिर्वाचनमा रोजिनाले विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार भने तेस्रो भए । कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका हुन् । 

जवकि एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत पाए । उपनिर्वाचनमा रास्ववा विजयी हुँदा कांग्रेसले आफूले पहिले जितेको वडाध्यक्ष पद सुरक्षित गर्न असफल रह्यो । 

थप समाचार 

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : १९

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीको अग्रता कायमै

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीको अग्रता कायमैfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतमणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । उनले ५ हजार ६०७ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार १६७ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास २ हजार ७४१ मतसहित तेस्रो स्थानमा छन् ।

राप्रपाका दिनेशकुमार थन्दारले ४३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले २ सय ७३ मत ल्याएका छन् ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : ०६

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेस विजयी

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेस विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका हुन् । 

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर लिम्बुले ३६० मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले ४ मत मात्र प्राप्त गरेका छन् ।

 सोमबार, १७ मङ्सिर २०८१, ०६ : ०५

रास्वपाले खोल्यो खाता, काठमाडौँ–१६ मा रोजिना श्रेष्ठ विजयी

रास्वपाले खोल्यो खाता, काठमाडौँ–१६ मा रोजिना श्रेष्ठ विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

 सोमबार, १७ मङ्सिर २०८१, ०५ : ५९

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयी

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयीfacebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेकी उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् । 

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत पाए । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ७ मत मात्र प्राप्त गरेका छन् ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

दाङलुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा...
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

काठमाडौँश्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई प...
सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

काठमाडौंमुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेख...
हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौंसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति...