ताजा अपडेट

भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने

भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाण्डाै – भोलि र पर्सि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर भोलि बेलुकीदेखि पर्सि सोमवार रातिसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँ तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना...
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँः अर्थमन्त्री पौडेल

कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँः अर्थमन्त्री पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्दै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए। “हामी सरकारमा आउँदै गर्दा आर्थिक अवस्था, सामाजिक अवस्था लगायतमा समस्याको चाङ थियो, यो सरकार बनेपछि मानिसमा आशाको सञ्चार भएको छ”, उनले भने, “उद्योगी व्यापारीका समस्या हुन्छन्, मजदुरका समस्या हुन्छन, किशोरकिशोरीको समस्या अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।” उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउने बताए। निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर रहेको उनको भनाइ थियो ।  ...
यस्तो छ प्रधानमन्त्रीले जारी गरेको चीन भ्रमणबारे १४ बुँदे प्रेसनोट

यस्तो छ प्रधानमन्त्रीले जारी गरेको चीन भ्रमणबारे १४ बुँदे प्रेसनोट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी गरेका छन् । बिहीबार चीन भ्रमणबाट फर्किएपछि उनले १४ बुँदे प्रेस नोट जारी गरेका हुन् ।चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा मंसिर १७ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बिहीबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएपछि १४ बुँदे प्रेस नोट जारी गर्दै उनले भ्रमणको बारेमा जानकारी गराएका छन् । (२०८१ मङ्‌सिर २०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ) सञ्चारकर्मी  मित्रहरू, १. मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री (Premier of the State Council) महामहिम लि छियाङ (H.E. Li Qiang) को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी मैले २०८१ मङ्‌सिर १७ देखि २० (तदनुसार सन् २०२४ डिसेम्बर २-५) सम्म चीनको ४ दिने‍ औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएको छु। २. मेरो यस भ्रम...
सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेन साउदले लिए ५ विकेट

सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेन साउदले लिए ५ विकेट

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भयो । काठमाण्डौका लागि स्टेफिन स्किनाजीले सर्वाधिक ३७ रन बनाए । भीम सार्की र गेरहार्ड इरास्मसले १०/१० तथा सुमित महर्जनले १४ रन बनाए । सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । यस्तै अविनाश बोहराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिँह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए । काठमाण्डौका रशिद खानले दुई तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले एक–एक विकेट लिए । सुदूरपश्चिमले अहिलेसम्म खेलका दुवै खेल...
पाल्पामा सुन्तला महोत्सव हुने

पाल्पामा सुन्तला महोत्सव हुने

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
पाल्पा - पाल्पामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ पर्सि शनिवार र २३ गते आइतवार सुन्तला महोत्सव हुने भएको छ । महोत्सव सञ्चालनका लागि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाखका दरले १० लाख रुपैयाँ प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिनुभयो । महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उहाँले बताउनुभयो । सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिने छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । उनीहरूले गएको वर्ष  ४६ करोड रुपैयाँको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ । यसैबीच रामेछापमा सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । मन्थली नगरपालि...
बीआरआईमा हस्ताक्षर भयो, तर अन्तिम किनारा लगाउन बाँकी छ

बीआरआईमा हस्ताक्षर भयो, तर अन्तिम किनारा लगाउन बाँकी छ

Breaking news 1, ताजा अपडेट, विदेश, समाचार, स्थानीय
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा मङ्गलबार ग्रेट हल अफ पिपलमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा दुई देशका अधिकारीद्वारा हस्ताक्षर गरिँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशबीचको परम्परागत मैत्रीसम्बन्धलाई निरन्तरता दिएको छ । यस्ता भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनाउनुका साथै उच्च स्तरमा लैजान मद्दत पुग्छ । यस्तै भ्रमणले सद्भाव पनि बढाएको छ । चीनले उदारतापूर्वक नेपालको आर्थिक, सामाजिक विकासको लागि पाँच सय मिलियन आरएमबी अर्थात झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ । यो सुखद् पक्ष हो । प्रधानमन्त्री ओलीको भ्रमणमा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ । तर यसमा अझै अन्तिम किनारा दिन नसकेको देखिन्छ । यो विषयलाई छिटै दुई पक्ष बसेर टु...
अस्थायी शिक्षकलाई बिदा र स्थायी शिक्षकलाई पुनःपरीक्षा

अस्थायी शिक्षकलाई बिदा र स्थायी शिक्षकलाई पुनःपरीक्षा

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार
 प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो । समिति सभापति अम्मरबहादुर थापाका अनुसार विधेयकमाथि संशोधन राख्ने सांसदहरूसँगको छलफल सकिएको छ । सांसदहरूले यो विधेयकमा १५२ समूहमा एक हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । उनीहरूसँग समितिले छलफल सकाएको छ । साथै, शिक्षक महासंघ, गाउँपालिका महासंघ, नगरपालिका महासंघ, शिक्षाविद् र विभिन्न शैक्षिक संघ संस्थाका प्रतिनिधिहरू जस्ता सरोकारवाला पक्षहरूसँग पनि समितिले विधेयक केन्द्रित छलफल गरिसकेको छ । समिति सभापति थापाका अनुसार अब विधेयमाथि दफावार छलफल हुनेछ । संविधानसँग जोडिएको, सरोकारवालाले निरन्तर चासो राखेको र राजनीतिक दलबीचमा समेत छलफल हुन आवश्यक रहेकाले आगामी रणनीति तय गर्नका लागि बुधबार छलफल राखिएको हो । बैठकमा सांसदहरूले छलफलको मोडालिटीभन्दा धेरै व...
चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन्: प्रधानमन्त्री

चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन्: प्रधानमन्त्री

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताएका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले बुधबार बेइजिङमा आयोजना गरेको 'रिसेप्सन' समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताएका हुन्। उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीन जस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धि गरी समृद्धिको यात्रामा अगाडि बढिरहेको सन्दर्भमा सन् २०२५ मा ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल ल्याउने तयारी भएको जानकारी दिए। चीनका व्यवसायी तथा उद्यमीको छलफलबाट आफू उत्साहित भएको पनि उनले बताए। 'नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र सम...
द एस आर होटलको ७ औं स्थापना दिवस गौशालाका  ३०० गाई हरुलाई  दाना खुवाई मनाईयो

द एस आर होटलको ७ औं स्थापना दिवस गौशालाका ३०० गाई हरुलाई दाना खुवाई मनाईयो

जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
वुटवल, तितोत्तमा १ ड्राइभरटोल स्थित द एस आर होटल ले आफ्नो ७ औं स्थापना दिवसको दिन पारि तिलोत्तमा ८ शान्तिनगर स्थित तिलोत्तमा गौसाला का करिव ३०० गाई हरुलाइ दाना खुवाएको छ । होटल स्थापना दिवसको अवसर पारि गौसालाका गाई हरुलाई सेवा गर्न पाउँदा खुसि लागेको अध्यक्ष होमकान्त बस्यालले (शंकर)वताए । हिन्दु धर्मावलम्बीको पवित्र जनावर मानिने गाई धर्ममा मात्रै नभएर जैविकता को एक प्रतिक भएको गाइको मल, मुत्र ओखति , गाइको स्पर्श ले पनि मानव सरिरका नकारात्मक तत्तवहरुलाई सकारात्मकतामा परिवर्तन गर्न सक्ने क्षमता गाईमा हुने कुरा परापुर्व देखि सुन्दै पढ्दै आएको संचालकले वताए । होटलले आज को दिन देखि यो साता लाई होटलको सबै सेवाहरुमा १५ प्रतिशत छुटको ब्यवस्था मिलाएको छ । होटलमा ३२ विभिन्न भेराएटिका वातानुकुलित रुमहरु २ वटा ठुला पार्टी हल हरु तथा २ कन्फ्रेन्स हल ३ स्पेसल क्याविन , जम्वालय रेस्टुरेन्ट , वार...
राष्ट्रपति पौडेल अस्वस्थ भएपछि  अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन्। ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु,’ प्राध्यापक डा. गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ...