बीआरआईमा हस्ताक्षर भयो, तर अन्तिम किनारा लगाउन बाँकी छ


प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा मङ्गलबार ग्रेट हल अफ पिपलमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा दुई देशका अधिकारीद्वारा हस्ताक्षर गरिँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशबीचको परम्परागत मैत्रीसम्बन्धलाई निरन्तरता दिएको छ । यस्ता भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनाउनुका साथै उच्च स्तरमा लैजान मद्दत पुग्छ । यस्तै भ्रमणले सद्भाव पनि बढाएको छ ।

चीनले उदारतापूर्वक नेपालको आर्थिक, सामाजिक विकासको लागि पाँच सय मिलियन आरएमबी अर्थात झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ । यो सुखद् पक्ष हो ।

प्रधानमन्त्री ओलीको भ्रमणमा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ । तर यसमा अझै अन्तिम किनारा दिन नसकेको देखिन्छ । यो विषयलाई छिटै दुई पक्ष बसेर टुङ्गयाउनु पर्ने हुन्छ । यसअघि तयार पारेको फ्रेमवर्कको मस्यौदामा ‘ग्रान्ट फाइनान्सिङ’ लेखिएको ठाउँमा ‘एड फाइनान्सिङ’ राखेर हस्ताक्षर गरिएको छ ।

ग्रान्टको अर्थ अनुदान भन्ने हुन्छ भने एडको अर्थ सहायता भन्ने हुन्छ । त्यो अनुदान या ऋण जे पनि हुन सक्छ । यसबाट नेपालले आगामी दिनमा राम्रो गृहकार्य गरेर सम्झौताका लागि तयार रहनुपर्ने देखाएको छ । जुन कारणले बीआरआईका परियोजनालाई कार्यान्वयनमा ल्याउनका लागि सहमतिमा ल्याउन गाह्रो भयो यसलाई आगामी दिनमा कार्यान्वयनमा जान तत्परता देखाउनुपर्छ ।

छुटाउनुभयो कि ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...
आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...