कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँः अर्थमन्त्री पौडेल


बुटवल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्दै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए।

“हामी सरकारमा आउँदै गर्दा आर्थिक अवस्था, सामाजिक अवस्था लगायतमा समस्याको चाङ थियो, यो सरकार बनेपछि मानिसमा आशाको सञ्चार भएको छ”, उनले भने, “उद्योगी व्यापारीका समस्या हुन्छन्, मजदुरका समस्या हुन्छन, किशोरकिशोरीको समस्या अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।”

उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउने बताए। निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर रहेको उनको भनाइ थियो । 

भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शङ्का नगर्न आग्रह गर्दै उनले विमानस्थलमा अर्को टर्मिनल भवन निर्माण आवश्यक भएको बताए। “पूर्ण क्षमताको विमानस्थल सञ्चालन गर्न थप पूर्वाधार निर्माण आवश्यक छ”, उनले भने, “एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढदैछौँ ।”

मन्त्री पौडेलले भैरहवालाई समुन्नत र आधुनिक सहरका रुपमा विकास गरिने धारणा राखे । उनले निर्माणधीन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गरे । बुटवल–नारायणगढ सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको उनले बताए । 

नवौंँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ ।

छुटाउनुभयो कि ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...
आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...