पाल्पामा सुन्तला महोत्सव हुने


पाल्पा – पाल्पामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ पर्सि शनिवार र २३ गते आइतवार सुन्तला महोत्सव हुने भएको छ ।

महोत्सव सञ्चालनका लागि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाखका दरले १० लाख रुपैयाँ प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिनुभयो । महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उहाँले बताउनुभयो ।

सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिने छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । उनीहरूले गएको वर्ष  ४६ करोड रुपैयाँको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसैबीच रामेछापमा सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताउनुभयो ।

आफूले ५० रोपनी जग्गामा लगाएको सुन्तला गएको वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको उहाँको भनाइ छ । दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेका अर्का कृषक भरत वाइबा पनि आफूले  तर बजार नपाएकाले समस्या भएको बताउनुहुन्छ ।

अघिल्ला वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला  एक सय रुपैयाँमा बिक्री वितरण हुने गरेपनि यस वर्ष प्रतिकेजी  ७५/८० रुपैयाँमै दिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । 

छुटाउनुभयो कि ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...
आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...