भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने


काठमाण्डाै – भोलि र पर्सि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात हुने सम्भावना देखिएको छ ।

महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर भोलि बेलुकीदेखि पर्सि सोमवार रातिसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँ तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

वर्षा र हिमपातका कारण तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ । यस अवधिमा वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले भोलि र पर्सि पहिलो हिउँदे वर्षा हुने अनुमान गरिरहँदा हिजोदेखि नै मौसम आंशिक बदली भएको छ । तराईका धेरै ठाउँमा हुस्सु लागेको छ 

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...