ताजा अपडेट

लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन शुरु, आयोगले एआईजी र डीआईजीसँग जानकारी लियो

लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन शुरु, आयोगले एआईजी र डीआईजीसँग जानकारी लियो

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान शुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले मानवअधिकारकै हनन हुनेगरी दमन र ज्यादती गरेको भन्दै उजुरी दिएको थियो । उजुरीमाथि अनुसन्धान र छानविन गर्न आयोगले आज प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाएको थियो । तर कुँवरले आफू काठमाण्डौ बाहिर रहेको भन्दै अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् नायव महानिरीक्षक दानबहादुर कार्कीलाई पठाउनुभएको छ । आयोगको कार्यालयमा पुगेर तामाङ र कार्कीले जानकारी दिनुभएको छ । दुवै प्रहरी अधिकारीले लामिछानेको सुरक्षाको लागि रातारात चितवनबाट पोखरा लैजानुपरेको जानकारी दिएका छन् । मानव अधिकार आयोगले आज प्रहरी अधिकारीसँग सामान्य बयान लिएर अनुसन्धान थाल...
रविलाई वीरगञ्ज लगियो

रविलाई वीरगञ्ज लगियो

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
२४ मंसिर, पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ । लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्‍याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याइएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । ...
महासंघमा पत्रकारितालाई थप उचाइमा पुर्‍याउने पत्रकारलाई विजयी बनाऔँ

महासंघमा पत्रकारितालाई थप उचाइमा पुर्‍याउने पत्रकारलाई विजयी बनाऔँ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली राज्य सञ्चालनका अङ्गहरू कार्यपालिका ,न्यायपालिका ,वव्यवस्थापिका पछिको चौथो अङ्ग संचार जगत हो। समाजलाई सही दिशा निर्देश गर्नको लागि पत्रकारिताको अहम भूमिका हुन्छ। समाजलाई निष्पक्ष समाचार र सही दिशा निर्देश गर्ने खालका समाचार विचारहरू सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो। समाजका स-साना देखि लिएर राष्ट्र एवं विश्वका ऐतिहासिक चरणहरूमा मिडियाको महत्त्वपूर्ण भूमिका हुन्छ। यसको महत्वलाई कम हुन नदिन पत्रकारिताका नीति नियम पालना गर्नु अति आवश्यक हुन्छ। पत्रकारिताको महत्व दर्शाउने पत्रकार जिम्मेवार हुनु आवश्यक हुन्छ। पत्रकारिताको छाता संस्था पत्रकार महासंघको हुन गइरहेको निर्वाचनमा सही अनुरूप पत्रकारिता जगतलाई थप उचाइमा पुर्‍याउने पत्रकारलाई विजयी बनाउनुपर्छ। समाजको महत्वपूर्ण अङ्ग पत्रकारितामा आबद्ध पत्रकारहरुले समाजलाई सही समाचार सम्प्रेषण गर्नुपर्छ। पत्रकारमा कुनै आग्र...
सिरियाका पूर्व राष्ट्रपति बसर अल-असद भागेर मस्को पुगे

सिरियाका पूर्व राष्ट्रपति बसर अल-असद भागेर मस्को पुगे

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
सिरियाका पूर्व राष्ट्रपति बसर अल-असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। रुस असदको सत्ताको प्रमुख साझेदार रहेको थियो। सिरियाका पूर्व राष्ट्रपति र उनको परिवारले त्यहाँ शरण लिएका विवरण आएका छन्। विद्रोही समूह एचटीएसले यसै सप्ताहान्तमा देशको राजधानीमा कब्जा जमाएको थियो। यसअघि उक्त समूहका नेता अबु मोहम्मद अल-जुलानीले दमास्कसको मस्जिदमा खुसीयाली मनाइरहेको एउटा भीडलाई समर्थन गरेका थिए। त्यसअघि सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया "मुक्त" भएको घोषणा गरेका थिए। विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको थियो र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका थिए। रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका थिए। असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ ग...
दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूनाः प्रधानमन्त्री

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूनाः प्रधानमन्त्री

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
 प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताएका छन्।  भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।  विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे । उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गरे। ...
प्रेस चौतारी र युनियनले गरे पत्रकार महासंघको चुनावका लागि संयुक्त उमेद्वारी घोषणा (नामावलीसहित)

प्रेस चौतारी र युनियनले गरे पत्रकार महासंघको चुनावका लागि संयुक्त उमेद्वारी घोषणा (नामावलीसहित)

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौ सत्तागठबन्धनमा संगै रहेका नेकपा एमाले र नेपाली काङ्ग्रेस निकट प्रेस संगठनहरूले आगामी मंसिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनमा संयुक्त प्यानल बनाएर अगाडी बढ्ने निर्णय गरेका छन् । आइतबार काठमाडौमा आयोजित एक कार्यक्रमका माझ एमाले निकटको प्रेस चौतारी नेपाल र काङ्ग्रेस निकट प्रेस युनियनले साझा उम्मेद्वार घोषणा एबं परिचय कार्यक्रम सम्पन्न गरेका छन् । योसंगै अब महासंघको चुनावका लागि दुई संगठनको संयुक्त प्यानल आधिकारिकरूपमा मैदानमा उत्रिएको छ । कार्यक्रममा महासंघका पूर्व सभापतिहरू सुरेश आचार्य, महेन्द्र विष्ट, विपुल पोखरेले लगायत भने कार्यक्रममा सहभागी  भएका थिए।कार्यक्रममा पूर्व सभापति एबं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाको समर्थन रहे पनि उनी पदीय हिसाबले सहभागी नभएको बताइएको थियो। कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्याशी निर्मला शर्माले पूर्...
सूर्यग्रहण ‘बनाउने’ ऐतिहासिक मिसनमा किन निस्किए दुइटा उपग्रह?

सूर्यग्रहण ‘बनाउने’ ऐतिहासिक मिसनमा किन निस्किए दुइटा उपग्रह?

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, समाचार, समाज
अहिले दुइटा उपग्रह एक ऐेतिहासिक 'मिसन' मा अन्तरिक्षको यात्रामा निस्केका छन्। उनीहरूको लक्ष्य कृत्रिम सूर्यग्रहण सिर्जना गरेर सौर्य वायुमण्डलको बाहिरी सतहको थप अध्ययन गर्ने हो। युरोपियन स्पेस एजेन्सी (इएसए) को प्रोबा-३ मिसन अन्तर्गत दुई उपग्रहको प्रक्षेपण बुधबार दिउँसो गर्ने कार्यक्रम तय भएको थियो। तर केही प्राविधिक समस्याका कारण निर्धारित कार्यक्रम एक दिन पर धकेलियो। अन्तत: नेपाली समय अनुसार बिहीबार दिउँसो करिब ४:२० बजे आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को सतिश धवन अन्तरिक्ष केन्द्रबाट यी दुई उपग्रह प्रक्षेपण गरियो। प्रक्षेपणको लगभग १८ मिनेटपछि यी दुई उपग्रह इसरोको पिएसएलभी प्रक्षेपण यानबाट छुट्टिएका थिए। यीमध्ये ओकल्टर स्पेसक्राफ्ट (ओएससी) नाम दिइएको एक उपग्रहको आयतन २ घनमिटर र वजन करिब २४० किलोग्राम छ। यसमा १.४ मिटर व्यास भएको एउट...
जनताले देखिने गरी काम भएको छ : महासचिव पोखरेल

जनताले देखिने गरी काम भएको छ : महासचिव पोखरेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको दाबी गरेका छन् । महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको पनि बताए । तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको उद्घाटन गर्ने क्रममा उनले विगतभन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको जिकिर गरे । सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य र अत्यावश्यक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको भन्दै नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह समेत गरे । तुलसीपुर उपपमहानगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गर्दै महासचिव पोखरेलले १९ वटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको धारणा राखे । ...
एनपीएल : आज जनकपुर बोल्ट् र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै

एनपीएल : आज जनकपुर बोल्ट् र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । बिहान नौ बजे जनकपुर बोल्ट् र लुम्बिनी लायन्स खेल्दैछन् । जनकपुर तीन खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । लुम्बिनी तीन खेलमा सबै खेल गुमाएर तालिकाको पुछारमा छ । यस्तै दिउँसो सवा एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम शीर्ष स्थानमा र तीन खेलमध्ये दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ । एनपीएलमा हिजो भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्यो भने सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ...
एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – पहिलाे संस्करणकाे नेपाल प्रिमियर  लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ । आजै दिउँसो १ बजे हुने दाेस्राे खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् । यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ । कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ । समान २/२ अङ्क भएका कर्णाली छैटाैं र विराटनगर सातौं स्थानमा छन् । तीन वटै खेल जितेको जनकपुर बाेल्ट्स ६ अङ्कसहित एनपीएलकाे शीर्ष स्थानमा छ । ...