लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन शुरु, आयोगले एआईजी र डीआईजीसँग जानकारी लियो


काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले मानवअधिकारकै हनन हुनेगरी दमन र ज्यादती गरेको भन्दै उजुरी दिएको थियो । उजुरीमाथि अनुसन्धान र छानविन गर्न आयोगले आज प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाएको थियो । तर कुँवरले आफू काठमाण्डौ बाहिर रहेको भन्दै अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् नायव महानिरीक्षक दानबहादुर कार्कीलाई पठाउनुभएको छ ।

आयोगको कार्यालयमा पुगेर तामाङ र कार्कीले जानकारी दिनुभएको छ । दुवै प्रहरी अधिकारीले लामिछानेको सुरक्षाको लागि रातारात चितवनबाट पोखरा लैजानुपरेको जानकारी दिएका छन् ।

मानव अधिकार आयोगले आज प्रहरी अधिकारीसँग सामान्य बयान लिएर अनुसन्धान थालेको र आवश्यक परेमा फेरि महानिरीक्षकलाई नै बोलाउने बताएको छ । जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...