लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन शुरु, आयोगले एआईजी र डीआईजीसँग जानकारी लियो


काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले मानवअधिकारकै हनन हुनेगरी दमन र ज्यादती गरेको भन्दै उजुरी दिएको थियो । उजुरीमाथि अनुसन्धान र छानविन गर्न आयोगले आज प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाएको थियो । तर कुँवरले आफू काठमाण्डौ बाहिर रहेको भन्दै अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् नायव महानिरीक्षक दानबहादुर कार्कीलाई पठाउनुभएको छ ।

आयोगको कार्यालयमा पुगेर तामाङ र कार्कीले जानकारी दिनुभएको छ । दुवै प्रहरी अधिकारीले लामिछानेको सुरक्षाको लागि रातारात चितवनबाट पोखरा लैजानुपरेको जानकारी दिएका छन् ।

मानव अधिकार आयोगले आज प्रहरी अधिकारीसँग सामान्य बयान लिएर अनुसन्धान थालेको र आवश्यक परेमा फेरि महानिरीक्षकलाई नै बोलाउने बताएको छ । जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो

छुटाउनुभयो कि ?

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...