प्रेस चौतारी र युनियनले गरे पत्रकार महासंघको चुनावका लागि संयुक्त उमेद्वारी घोषणा (नामावलीसहित)


काठमाडौ

सत्तागठबन्धनमा संगै रहेका नेकपा एमाले र नेपाली काङ्ग्रेस निकट प्रेस संगठनहरूले आगामी मंसिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनमा संयुक्त प्यानल बनाएर अगाडी बढ्ने निर्णय गरेका छन् ।

आइतबार काठमाडौमा आयोजित एक कार्यक्रमका माझ एमाले निकटको प्रेस चौतारी नेपाल र काङ्ग्रेस निकट प्रेस युनियनले साझा उम्मेद्वार घोषणा एबं परिचय कार्यक्रम सम्पन्न गरेका छन् । योसंगै अब महासंघको चुनावका लागि दुई संगठनको संयुक्त प्यानल आधिकारिकरूपमा मैदानमा उत्रिएको छ ।

कार्यक्रममा महासंघका पूर्व सभापतिहरू सुरेश आचार्य, महेन्द्र विष्ट, विपुल पोखरेले लगायत भने कार्यक्रममा सहभागी  भएका थिए।
कार्यक्रममा पूर्व सभापति एबं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाको समर्थन रहे पनि उनी पदीय हिसाबले सहभागी नभएको बताइएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्याशी निर्मला शर्माले पूर्व सभापतिहरू विष्णु निस्ठुरी र शिव गाउँलेको पनि समर्थन र सहयोग आफ्नो समूहलाई भएको जानकारी दिएकी थिइन्।

परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आफू तीस वर्ष देखि लगातार पत्रकारितामा क्रियाशील रहेको र यस पटक समावेशी नेतृत्व(महिला) अध्यक्ष हुने अवसर आएकोमा खुसी प्रकट गरेकी छन्।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत,  प्रेस युनियनका अध्यक्ष शिव लम्सालले यस पटक इमानदारीताका साथ संयुक्त समूहलाई जिताउन अपिल गरेका छन्।

उम्मेदवारहरुको नामावली
अध्यक्ष- निर्मला शर्मा
बरिष्ठ उपाध्यक्ष- दीपक आचार्य
महिला उपाध्यक्ष- नितु पण्डित
समावेशी उपाध्यक्ष- उमिद प्रसाद बागचन्द
महासचिव -रामप्रसाद दाहाल
सचिव खुल्ला- रमेश खतिवडा
सचिव महिला- सोनी शर्मा
सचिव आदीवासी- जनजाती सविन प्रियासन
सचिव मधेशी- अशोक कुमार तिवारी
सचिव दलित- प्रकाश थौलाकोटी
सचिव एसोसिएट- बैकुण्ठराज पराजुली
कोषाध्यक्ष- रामकृष्ण ज्ञवाली
खुल्ला सदस्य
छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्द प्रसाद भण्डारी, रामेश्वर कार्की, लवदेव ढुंगाना
कोशी प्रदेश सदस्य- कमलमणि रिजाल, शंकर खरेल
मधेस प्रदेश सदस्य- राजेश कर्ण, अच्युतम् कुमार सापकोटा
वागमती प्रदेश सदस्य-  नवराज पथिक, नारायण अधिकारी
गण्डकी प्रदेश सदस्य- केवि राना,कृष्ण केसी
लुम्बिनि प्रदेश सदस्य- रामराज पोखरेल, विकास बन्जाडे
कर्णाली प्रदेश सदस्य-  तुलाराम पाण्डे, नगेन्द्र प्रसाद उपाध्याय,
सूदूरपश्चिम प्रदेश सदस्य- योगेन्द्र वहादुर रावल, सुरेश पन्त
उपत्यका प्रदेश सदस्य- विनोद प्रसाद चौलागाई, पुस्करराज बुढाथोकी
प्रतिष्ठान प्रदेश सदस्य- नरेन्द्र मानन्धर, सविता शर्मा
संस्थागत सदस्य (एशोसिएट सदस्य)- पवित्रा मुडभरी, मुक्तिवावु रेग्मी
महिला सदस्य मधेसी- रुवि कुमारी रौनियार
आदिवासी सदस्य – माला मालुङ्वा
खस आर्य – लिला शाह योगी
दलित सदस्य- सिकेन्द्र पासवन निर्बिरोध
दलित सदस्य महिला- निर्विरोध
आदिवासी जनजाति सदस्य- भरत जर्घामगर
आदिवासी जनजाति महिला- निर्विरोध
मधेसी सदस्य- राज करण महातो
मधेसी महिला सदस्य- ललिता साह
अपाङ्गता भएका सदस्य- भूपराज बस्याल
अल्पसंख्यक सदस्य- लक्ष्मण थामी
लेखा समिति सदस्य- केशव प्रसाद वोहरा
लेखा समिति सदस्य (महिला) – रुक्मिणी पोखरेल

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...