ताजा अपडेट

बुटवलमा जलश्रोत ऐनबारे छलफल

बुटवलमा जलश्रोत ऐनबारे छलफल

ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवल, २५ साउन । बुटवल उपमहानगरपालिकाले जलश्रोत उपयोग ऐनबारे बुटवलभित्रका खानेपानी समितिहरुसँग छलफल गरिएको छ । बुटवल भित्रका ४४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीसँग जलश्रोत ऐनबारे छलफल गर्दै नयाँ व्यवस्था अनुसार समिति सञ्चालन गर्न आग्रह गरिएको हो ।बिहीबार आयोजित कार्यक्रममा जलश्रोत ऐनका बारेमा अधिवक्ता घनश्याम पन्त र खानेपानी समितिको अधिकारका बारेमा ध्रुव धितालले प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै खानेपानी समितिहरुलाई नीति र विधिमा रहदै विधानसम्मत तरिकाले सञ्चालन गर्न आग्रह गर्नुभयो ।उहाँले उपभोक्ता र समिति दुवैलाई लाभ हुने गरी र नियममा रहन मदत पुग्ने गरी जलश्रोत ऐन बनाएको बताउनु भयो । उहाँले केही समितिहरुले मनपरी रुपमा शुल्क निर्धारण गर्ने, तोकिएको अवधिभित्र अधिवेशन र साधारण सभा नगर्ने र व्यक्ति केन्द्रि...
संघीय निजामती ऐनको माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले थाल्यो बृहत हस्ताक्षर अभियान

संघीय निजामती ऐनको माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले थाल्यो बृहत हस्ताक्षर अभियान

ताजा अपडेट, विविध, समाचार, स्थानीय
साउन २५ बुटबल कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले शुक्रबार देखि बृहत हस्ताक्षर अभियान शुरु गरेको छ । लामो समयसम्म ऐन ल्याउन नसक्दा निजामती सेवा अस्तव्यस्त भएको भन्दै जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग रुपन्देही संगठनले गरेको हो। संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले हस्ताक्षर अभियान शुरु गरेको अवसरमा सरकारले सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने धारणा राख्दै कर्मचारीको सेवासुविधा कटौती गर्न नहुने र संघीय निजामती सेवा ऐन कर्मचारी मैत्री हुनुपर्ने भन्दै रुपन्देहीबाट संघीय निजामती सेवा ऐन जारी गराउन पहल स्वरुप हस्ताक्षर अभियान शुरु गरिएको भन्दै सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हस्ताक्षर अभियानमा सहयोग गर्न आव्हान समेत गरेका थिए । संगठनका लुम्विनी प्रदेश ईन्चार्ज दधिराम मरासिनीले विगत १० वर्षदेख...
पश्चिम नेपालको तराईमा ‘गुडिया’ पर्व मनाइँदै

पश्चिम नेपालको तराईमा ‘गुडिया’ पर्व मनाइँदै

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बाँके – आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपञ्चमी पर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । आजको दिन यो समुदायले घरपरिवार, आफन्त, टोल–छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउने गर्दछन् । गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिह्नाे तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । यो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने धार्मिक विश्वास रहिआएको छ । त्यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ । यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अ...
त्रिभुवन विमानस्थलबाट उड्नै लाग्दा पार्किङमै फर्काइयो श्री एयरलाइन्सको विमान

त्रिभुवन विमानस्थलबाट उड्नै लाग्दा पार्किङमै फर्काइयो श्री एयरलाइन्सको विमान

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (शुक्रबार) बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमै ल्याइएको हो। आज बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन्।  ‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासि विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए’, उनले भनिन्। सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरबाही भएको बताइन्। श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भ...
आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२५ साउन, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । ...
को को थिए हेलिकप्टर दुर्घटनाका मृतक  (नामावली )

को को थिए हेलिकप्टर दुर्घटनाका मृतक (नामावली )

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको छ। हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको निधन भएको प्रहरीले जनाएको छ। प्रहरीका अुनसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ। एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटनामा परेर ४ विदेशीसहित एक नेपालीको निधन भएको हो।  हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए ।सवार चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सीको पनि निधन भएको छ।  ...
नुवाकोट हेलिकप्टर दुर्घटनामा मृतकको सख्या ५ पुग्यो ।।

नुवाकोट हेलिकप्टर दुर्घटनामा मृतकको सख्या ५ पुग्यो ।।

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। शिवपुरी गाउँपालिका–७ का वडाअध्यक्ष बीर बहादुर तामाङले ५ जनाको शव भेटिएको पुष्टि गरे। वडाअध्यक्ष तामाङ अहिले घटनास्थलमै छन्। दुर्घटनाबारे थप विवरण आउने क्रम जारी छ।  ...
गुल्मीमा पहिरो पुरिएर ४ जनाको मृत्यु, २ घाइते

गुल्मीमा पहिरो पुरिएर ४ जनाको मृत्यु, २ घाइते

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय
२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ । भोलि सम्म बर्षा भैरहने हुदां सचेत रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ...
देशका विभिन्न नदीको जलसतहले सतर्कता तह पार गर्‍याे

देशका विभिन्न नदीको जलसतहले सतर्कता तह पार गर्‍याे

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – निरन्तरको वर्षाले विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहावसँगै जोखिम बढेको छ । काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले नदी तटीय क्षेत्र आसपास बस्ने र नदी किनार भई यात्रा गर्नेहरूलाई दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिकामा रहेको खोड्कु खोला झरुवाराशी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । त्यस क्षेत्रमा  नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकोले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ  । यसैबीच, आज सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी ( पूर्व), नवलपरासी ( पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केह...
झरीले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित

झरीले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२२ साउन, काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ ।काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा पर्ने मिलिजुली टोल डुबानमान परेको छ । स्वयम्भुको सानो भर्‍याङ र ठूलो भर्‍याङ क्षेत्र पनि प्रभावित भएको छ ।रामशाहपथस्थित सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै पानी जमेको छ । बबरमहलको वन कार्यालय परिसर पनि जलमग्न छ । वन कार्यालयका केही कर्मचारीहरु हातमा जुत्ता बोकेर कार्यालय पुगेका छन् ।काठमाडौंमा ढल निकासको उचित प्रबन्ध नहुँदा सडकहरु जलमग्न हुने ...