
रूपन्देही
ब्यापार व्यवसायमा ईमान्दारिता र निरन्तरता आवश्यकता पर्ने कार्यक्रमका बक्ताहरूले वताएका छन् । नेपाल ईलेक्टि्क्स द्वारा ३० ओै बर्ष प्रवेशका अवसरमा रूपन्देहीको हाेटल दि क्राउन ईनमा आयाेजित डिलर्स मिट कार्यक्रममा बक्ताहरूले यस्ताे बिचार व्यक्त गरेका हुन ।
कार्यक्रमकाे उदघाटन गर्दै जानभि ग्रुपका अध्यक्ष एव प्रमुख अतिथ दिलिप कुमार अग्रवाल ले विगत २५ बर्षदेखि जानभि ग्रुपले नेपाल ईलेक्टिक्स संग उत्पादित र आयातित बस्तु बिक्री बितरणमा सहकार्झगर्दै आशएकाे जानकारी दिए । उनले सानादेखि ठुला घरमा लाग्ने बिद्दुतिय सामान उपलब्ध गराउदै आएकाे बताए ।
नेपाल ईलेक्टि्क्सका अध्यक्ष अनन्त थैवले व्यापार व्यवसायमा ईमान्दारिता र निरन्तरता आवश्यक रहेकाे गुणस्तरीय सेवा दिदै आएकाे वताए। सानाे २ वटा सटरवाट सुरू भएकाे व्यापारले ३० बर्षकाे आफ्नाे मेहनत र ईमानदारीता ले व्यापार व्यवसाय राम्राे हुदै गएकाे वताए । देशकाे परिस्थिति जटिल भएकाेले व्यवसायीहरू धैर्यताका साथ अगाडि बढ्न आवश्यक रहनुका साथै ब्यापारलाई अपडेट गरिरहन पर्ने व्यवसायिले वताएका छन् ।
कार्यक्रममा सहभागि बिभिन्न जिल्लाका डिलर्स ब्यवसायिहरूले समस्या आदानप्रदान गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न बजारका १ सय ५० व्यवसायीक बिक्रताकाे सहभागिता रहेकाे थियाे । उक्त अवसरमा गुणस्तरीय वस्तु ग्राहककाे राेजाईमा रहने ९ सय ६ आईटमकाे प्राईस रेट फिक्स नै रहेकाे जानकारी गराईएकाे थियाे ।
यस अवसरमा १२ वटा डिलरलाई पुरस्कृत गरिएकाे थियाे । कार्यक्रममा रूपन्देही बिद्धुत व्यवसायी संघका अध्यक्ष सागर खरेल, संचारकर्मि दामाेदर खनाल, सुमन श्रेष्ठ लगायतले शुभकामना मनतब्य राखेका थिए ।