ताजा अपडेट

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले बन्द गर्ने निर्णय गरेको हो । एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । तर ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने छ । अमेरिकी सरकारको डज विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख रहेको सीएनएनले जनाएको छ । यसैगरी पोलिटिको डटकमले त डज विभागले एमसीसी बन्द गर्न लागिएको भनेर कर्मचारीहरुलाई पठाएको इमेलको व्यहोरा नै प्राप्त गरे...
सामुदायिक विद्यालयमा भर्ना अभियान अन्योल भइरहँदा निजीमा पढाइ शुरू

सामुदायिक विद्यालयमा भर्ना अभियान अन्योल भइरहँदा निजीमा पढाइ शुरू

Breaking news 2, ताजा अपडेट, समाचार
बुटबल– २२ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान नै शुरू हुन सकेको छैन । वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरू गरेर पहिलो हप्तादेखि पढाइ सञ्चालन हुनुपर्ने भए पनि अझै भर्नाकै टुङ्गो नभएको हो । तर निजी विद्यालयमा भने धमाधम पढाइ हुन थालेको छ । निजी विद्यालय नभएका ग्रामीण भेगमा तत्काल असर नदेखिए पनि शहरी क्षेत्रका सामुदायिक विद्यालयमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । अब कतिञ्जेल पर्खने भनेर अभिभावकहरूले ऋण गरेरै भए पनि निजीमा भर्ना गर्न लागेको बताउन थालेका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार ७८ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा र २२ प्रतिशत निजी विद्यालयमा अध्ययन गर्छन् । तथ्याङ्कानुसार माध्यमिक तहका मात्रै झन्डै साढे ७१ लाख जना विद्यार्थी शिक्षक आन्दोलनबाट प्रभावित भएका छन् । तर भर्नाकै बेला सामुदायिक विद्य...
पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल / नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा मिडिया मन्थन हुने भएको छ। विहिबारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए। मिडिया मन्थनमा पत्रकारहरुको पेशागत सुरक्षा विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना प्यानलिस्ट तथा पत्रकार भवानी पाण्डे सहजकर्ताको रुपमा रहने छन्।  यसैगरी कसका समाचार कस्ता समाचार विषयमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी र लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पा...
देशभर गर्मी बढ्दो : तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

देशभर गर्मी बढ्दो : तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – देशभर गर्मी बढ्न थालेको छ । केही दिनयता गर्मी बढ्दै गएको हो । विशेषगरी तराई–मधेशमा गर्मी धेरै छ । पश्चिम तराईका मुख्यगरी लुम्बिनी र सुदूरपश्चिममा सुक्खा हुँदा तापक्रम उच्च भएको मौमसविद्ले बताएका छन् । बढ्दो गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । तुलनात्मकरुपमा भैरहवा, नेपालगञ्ज र धनगढीमा गर्मी धेरै छ । भैरहवामा पछिल्लोमापन अनुसार अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस, धनगढीमा ४० दशमलव ८ र नेपालगञ्जमा ४० डिग्री सेल्सियस पुगेको छ । अबका तीन दिन पानी पर्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम अझै बढ्न सक्ने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यी क्षेत्रसहित तराई–मधेश र अरु ठाउँमा गर्मी बढ्दो छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्को सुझाव छ । आज पनि देशभरका...

न्यायाधीसले सफाइ पाएपछि श्रीमती अंगप्रदर्शनसहित अनशनमा

अपराध, ताजा अपडेट, समाचार
रुपन्देही । वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावलले उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि अझर्धनग्न अनशनमा बसेकी छन् । बैशाख १ गते वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार मुक्त भएका थिए । बिहानै कार्यालय समय अगावै गेट बाहिर बसेकी गिरीलाई केही समयमा नै प्रहरीले उठाएर लगेको प्रत्यक्षदर्शी भक्त बस्नेतले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाले अदालतअघि अशोभनीय तरिकाले बसेकाले प्रहरीले ल्याएर आफन्तलाई बुझाएको बताए । ‘न्यायलयअघि त्यो ड्रेसमा बस्नु शोभनीय भएन कसैलाई पनि, शान्तिपूर्ण तरिकाले बसेको भए हामीले ल्याउनुपर्ने थिएन, उहाँको विरोध थियो, हामीले उहाँको आफन्तलाई बोलाएर बुझाएका छौं’ उनले भने । ...
जम्मु-कश्मीरमा आतंकवादी अक्रमण, १ नेपाली सहित २७ जनाकाे मृत्यु

जम्मु-कश्मीरमा आतंकवादी अक्रमण, १ नेपाली सहित २७ जनाकाे मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एकजना नेपाली पनि परेका छन्। भारतिय संचार माध्यम दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा  जनाइए अनुसार उनको ठेगाना नेपाल मात्र उल्लेख छ। हाल सम्म उनकाे नेपालकाे ठेगाना थाह भएकाे छैन । जम्मु-कश्मीरमा  २०१९ को पुलवामा आक्रमणपछि मंगलबार सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो। हमलामा एक नेपालीसहित २७ जना मारिएका हुन्।  हाल सम्म् १ नेपाली सहित १६ जनाकाे नाम पुष्टि भएकाे छ । तिनमा नेपालका एक पर्यटक, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको भारतिय संचार माध्यमहरूले जनाएका छन। हमला मंगलबार दिउँसो २:४५ बजे जम्मु-कश्मिरकाे पहलगामको बैसरन उपत्यकामा भएको हो।  मिडिया रिपोर्टअनुसार आतंककारीहर...
आज अर्थसहित पाँच संसदीय समितिको बैठक

आज अर्थसहित पाँच संसदीय समितिको बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं संघीय संसदका तीन समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सिंहदरवारस्थित समितिका कार्यालयमा ती बैठक बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भने बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । उता, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुने भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिने जनाइएको छ, जसका लागि अपरान्ह १२ः०...
नेकपा एमालेको परिपत्र- ४० बर्ष मुनीका सबै युवा काठमाण्डौ पठाउनु

नेकपा एमालेको परिपत्र- ४० बर्ष मुनीका सबै युवा काठमाण्डौ पठाउनु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा (एमाले) ले वैशाख ११ गते युवाहरूलाई काठमाडौं उतारेर ‘सेलिब्रेसन’ गर्ने भएको छ। वैशाख ११ गते निरंकुश राजतन्त्र अन्त्य भएको र लोकतन्त्र स्थापना भएको दिनको अवसर पारेर एमालेले युवा उत्सव आयोजना गर्न लागेको हो। उक्त दिन ठूलो संख्यामा युवा सहभागिता देखाउन एमालेले क्लस्टर नै छुट्टयाएर मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेले वडा, पालिका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य गरेको छ। वैशाख ११ गते कमिटीमा भएका ती युवालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएको हो। त्यस्तै जिल्ला कमिटीमा १५ र प्रदेश कमिटीमा १० प्रतिशत युवा निर्वाचित भएका छन्। जिल्ला र प्रदेश कमिटीमा रहेका सबै युवालाई अनिवार्य आउन पार्टी महासचिव शंकर पोखरेलले निर्देशन पठाएका छन्। स्थानीय जनप्रतिनिधिहरू मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सबैलाई वैशाख ११ गते काठमाडौं आउन भनिएको छ। बागम...
राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । ...
रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैमाथि गोली हाने

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैमाथि गोली हाने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल दाङको तुलसीपुरमा एकजना पुरुषले आफैंलाई गोली हानेका छन्। तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुर निवासी अन्दाजी ८३ वर्षका नारायण आचार्यले आफैलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार गोली प्रहारबाट उनको मृत्यु भएको छ। आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए। घटनाबारे प्रहरीले दिउसो २ बजे तिर खबर पाएको थियो। घटनास्थलमा पुग्दा प्रहरीले हतियार कोठाभित्रै फेला पारेको जनाएको छ। ...