सैनामैना रुपन्देहीमा पहिलोपटक नीति बहस कार्यक्रम आयोजना हुदैं
सैनामैना
रुपन्देहीको सैनामैनामा पहिलोपटक सैनामैना नीति बहस हुने भएको छ । “स्थानीय शासनमा पारदर्शिता र जनसहभागिता,नीति तथा कार्यक्रम निर्माणमा दक्षता र विज्ञता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जेठ १० गते शनिबार बाबरी पार्टी प्यालेस सोरौली मा कार्यक्रम हुने भएको हो । निर्वाण कानूनी समाजको आयोजना र श्री सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैना, ८ को मुख्य प्रायोजकमा हुने कार्यक्रममा युवाहरूको धारणा प्रस्तुत हुने छ ।
जनताको अमूल्य मतदानले निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो गाउँ समाजको लागि उत्कृष्ट नीति एवं त्यसैअनुसारको बजेट ल्याउनुपर्छ भन्ने कुराको महसुुस गराउन कार्यक्रम आयोजना गरिएको निर्वाण कानूनी समाजले जनाएको छ । नीति बहस कार्यक्रम कुनै प्रतिस्पर्धा नभई नितान्त सैनामैनाको नीतिलाई राम्रो बनाउने उदेश्यले आयोजना गरिएको नीति प्रस्तुतिकरण गर्ने कार्यक्रम हो ।
नीति बहस कार्यक्रमको ...







