मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता बुटवलमा आजपनि कडा प्रतिस्पर्धा


बुटवल

बुटवलमा राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटीद्वारा सञ्चालित १८औं मनमाेहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा सोमबार पनि खेलाडीहरूको अत्यन्त प्रतिस्पर्धात्मक प्रदर्शन रह्यो।

वैशाख १८ देखि शुरुआत भई २८ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा सोमबारको खेलमा बुटवल उपमहानगर वडा नम्बर १० र ८ बीच कडा प्रतिस्पर्धा रहेको थियो। कडा प्रतिस्पर्धासँगै पेनाल्टीकाे टाइब्रेकमा वडा नम्बर १० ले ४ का विरुद्ध ५ गोल गरी विजय हासिल गरेको हो।

राष्ट्रिय युवा संघ नेपाल बुटवल उपनगर कमिटी अध्यक्ष गणेश बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद बोर्ड सदस्य हिमाल श्रेष्ठले निकै प्रतिस्पर्धात्मक खेल खेलेकोमा खेलाडीहरूलाई बधाई तथा शुभकामना दिँदै युवाहरू खेलकुद, व्यवसाय, शिक्षा ,स्वास्थ्य ,सामाजिक कार्य ,राजनीति हरेक विधामा सक्षम रहेको भन्दै प्रोत्साहन गरेका थिए ।

श्रेष्ठले हरेक क्षेत्रमा योग्य हुनुनै नेकपा एमालेका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको सच्चा सम्मान हुने धारणा राखेका थिए।

पूर्व प्रदेश कमिटी सदस्य युवराज घतानेले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर विभिन्न संघ, प्रदेश ,पालिका र वडा स्तरसम्म प्रतियोगिताहरू आयोजना गरेर प्रोत्साहन गरिरहेकोले रुचि राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए।

बुटवल उपमहानगर वडा नम्बर ७ सिद्धेश्वरी खेलमैदान दीपनगरमा जारी प्रतियोगिता २८ गतेसम्म चल्नेछ । मङ्गलबार दिउँसो ३:३० बजे सुरु हुने खेलमा वडा नम्बर ६ र १७ बीच प्रतिस्पर्धा हुने नगर कमिटी सचिव राजेन्द्र थापाले जानकारी गराए।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...