माण्डव्य महर्षीले जस्तै शिर उचो राख्ने प्रण गर्दै मनाए ,माण्डव्य गोत्रीय ज्ञवालीले रुपन्देहीमा कुलपितृ पूजाआराधना


बुटवल

देशका विभिन्न स्थानबाट रूपन्देहीमा बसाइसरी आएका माण्डव्य महर्षीका सन्तति ज्ञवाली बन्धुले सोमबार बुटवल मा कुलपितृ स्मरणसँगै पूजाआराधना सम्पन्न गरेका छन्।

बुटवल जितगढी स्थित माण्डव्य सेवाश्रम परिसरमा विगतका वर्षमा जस्तै यस वर्ष पनि आफ्ना पुर्खा ,पूर्वज ,कुलपितृको योगदानको स्मरण सँगै असल बाटोमा लाग्ने प्रतिबद्धता गर्दै पूजा आराधना सम्पन्न गरिएको छ। पूजा आराधनासँगै साधारण सभा समेत गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष माधव ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै ९० वर्षीय बुवा रोमनाथ ज्ञवालीले असल कर्मले आफू, आफ्नो परिवार ,आफ्नो वंश र समग्र समाजको हित हुने हुँदा सबैले असल कर्म गर्न आवश्यक रहेको भन्दै पूर्वजहरूको स्मरण गर्नुभयो।

माण्डव्य सेवाश्रमका पूर्व अध्यक्ष मोतिराज ज्ञवालीले माण्डव्य महर्षिका सन्ततिले उहाँले जस्तै सत्कर्म गर्ने प्रेरणा सबैलाई प्राप्त होस् भनी सम्पूर्ण पुर्खाहरूको स्मरण गर्नुभयो। ज्ञवालीले पूर्वजले देखाएको सत्कर्ममा सदैव लाग्ने र अझै सशक्त भएर लाग्न आग्रह गर्नुभयो । सबै सन्ततिलाई एकै स्थानमा जमघट गर्न र बुटवल आसपासका माण्डव्य वंशावलीलाई एकाकार गर्न उपयुक्त स्थान आवश्यक भएकोले बुटवल जितगढीमा रहेको माण्डव्य सेवाश्रम स्थापना गर्न र हालसम्म योगदान पुर्याउनु हुने पूर्वजहरूलाई स्मरण गर्दै आगामी समयमा पनि यसलाई थप सशक्त बनाउन सबै लाग्न आह्वान गर्नुभयो।

कार्यक्रममा पूर्व अध्यक्ष नेत्रप्रसाद ज्ञवाली ,अर्जुन ज्ञवाली ,उपाध्यक्ष नित्यानन्द ज्ञवाली ,शंकर ज्ञवाली ,शारदा ज्ञवाली ,अर्जुन ज्ञवाली-अर्जुन दृष्टि ,नारायण ज्ञवाली , हरि ज्ञवाली लगायत ले बोल्दै पूर्वजहरूको असल कर्मको स्मरणसँगै सत्कर्म गर्दै सन्ततिलाई प्रेरणा मिल्ने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा जग्गा उपलब्ध गराउन योगदान गर्ने देखि संस्थाको भवन र निरन्तर कार्यक्रम गर्न योगदान पुर्याउने सहयोगीहरुलाई सम्मान गरिएको थियो साथै भजन किर्तन नाचगान समेत गरिएको थियो ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...