सैनामैना रुपन्देहीमा पहिलोपटक नीति बहस कार्यक्रम आयोजना हुदैं


सैनामैना

रुपन्देहीको सैनामैनामा पहिलोपटक सैनामैना नीति बहस हुने भएको छ । “स्थानीय शासनमा पारदर्शिता र जनसहभागिता,नीति तथा कार्यक्रम निर्माणमा दक्षता र विज्ञता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जेठ १० गते शनिबार बाबरी पार्टी प्यालेस सोरौली मा कार्यक्रम हुने भएको हो । निर्वाण कानूनी समाजको आयोजना र श्री सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैना, ८ को मुख्य प्रायोजकमा हुने कार्यक्रममा युवाहरूको धारणा प्रस्तुत हुने छ ।

जनताको अमूल्य मतदानले निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो गाउँ समाजको लागि उत्कृष्ट नीति एवं त्यसैअनुसारको बजेट ल्याउनुपर्छ भन्ने कुराको महसुुस गराउन कार्यक्रम आयोजना गरिएको निर्वाण कानूनी समाजले जनाएको छ । नीति बहस कार्यक्रम कुनै प्रतिस्पर्धा नभई नितान्त सैनामैनाको नीतिलाई राम्रो बनाउने उदेश्यले आयोजना गरिएको नीति प्रस्तुतिकरण गर्ने कार्यक्रम हो ।

नीति बहस कार्यक्रमको लागि कानूनी समाजले शिक्षा, स्वास्थ,कृषि, पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरुलाई विभाजन गरेको छ जसमा विभिन्न क्षेत्रका युवाहरुले १० मिनेट भित्रमा आफ्नो दक्षता अनुसारको प्रस्तुति दिनुपर्नेछ । सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम उत्कृष्ट बन्नुपर्छ भन्ने उदेश्यले सैनामैना मा पहिलोपटक नीति बहस कार्यक्रम आयोजना गरिएको कानूनी समाजका अध्यक्ष विजय सुनारले वताए । नेपालको संविधान,२०७२ ले नेपाल संघिय राज्य रुपमा रहने व्यवस्था गरेको छ । संविधानले व्यवस्था गरेको संघियताको मर्मलाई आत्मसात् गर्न समेत कार्यक्रमले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...