सैनामैना रुपन्देहीमा पहिलोपटक नीति बहस कार्यक्रम आयोजना हुदैं


सैनामैना

रुपन्देहीको सैनामैनामा पहिलोपटक सैनामैना नीति बहस हुने भएको छ । “स्थानीय शासनमा पारदर्शिता र जनसहभागिता,नीति तथा कार्यक्रम निर्माणमा दक्षता र विज्ञता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जेठ १० गते शनिबार बाबरी पार्टी प्यालेस सोरौली मा कार्यक्रम हुने भएको हो । निर्वाण कानूनी समाजको आयोजना र श्री सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैना, ८ को मुख्य प्रायोजकमा हुने कार्यक्रममा युवाहरूको धारणा प्रस्तुत हुने छ ।

जनताको अमूल्य मतदानले निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो गाउँ समाजको लागि उत्कृष्ट नीति एवं त्यसैअनुसारको बजेट ल्याउनुपर्छ भन्ने कुराको महसुुस गराउन कार्यक्रम आयोजना गरिएको निर्वाण कानूनी समाजले जनाएको छ । नीति बहस कार्यक्रम कुनै प्रतिस्पर्धा नभई नितान्त सैनामैनाको नीतिलाई राम्रो बनाउने उदेश्यले आयोजना गरिएको नीति प्रस्तुतिकरण गर्ने कार्यक्रम हो ।

नीति बहस कार्यक्रमको लागि कानूनी समाजले शिक्षा, स्वास्थ,कृषि, पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरुलाई विभाजन गरेको छ जसमा विभिन्न क्षेत्रका युवाहरुले १० मिनेट भित्रमा आफ्नो दक्षता अनुसारको प्रस्तुति दिनुपर्नेछ । सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम उत्कृष्ट बन्नुपर्छ भन्ने उदेश्यले सैनामैना मा पहिलोपटक नीति बहस कार्यक्रम आयोजना गरिएको कानूनी समाजका अध्यक्ष विजय सुनारले वताए । नेपालको संविधान,२०७२ ले नेपाल संघिय राज्य रुपमा रहने व्यवस्था गरेको छ । संविधानले व्यवस्था गरेको संघियताको मर्मलाई आत्मसात् गर्न समेत कार्यक्रमले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...