१८ औँ मनमोहन स्मृति फुटबलको उपाधिका लागि बुटवल वडा नम्बर ११ र १२ भिड्ने


बुटवल

बुटवलमा जारी १८ औँ मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं. ११ र वडा नं. १२ बीच फाईनल खेल हुने भएको छ । फाईनल खेल आईतबार हुनेछ ।

शुक्रबार भएको दोस्रो सेमीफाईनलमा वडा नं। ११ ले वडा नं। १० लाई सडेन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो । यसैगरि बिहिबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं। १२ लाई ट्राईबेकरमा पराजित गर्दै वडा नं। १७ विजयी भएको थियो । टिममा बाहिर खेलाडी राखेको उजुरीको आधारमा वडा नं।१७ अयोग्य घोषित भई बाहिरिएसंगै वडा नं। १२ फाईनलमा पुगेको संघका अध्यक्ष गणेश बोहराले बताए । ‘दुई दिनसम्म छानबिन गरि यो निर्णय लिएको हौ ।’– उनले भने । 

शुक्रबार सिद्धेश्वर खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको १२ र ४७ औ मिनेटमा वडा नं। १० का अनुप गुरुङले गोल गरेका थिए । वडा नं। ११ का दर्शन बिकले खेलको ४० औ र अनिल क्षेत्रीले ६२ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलियो । खेलमा वडा नंं ११ का अनिल क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । 

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए । यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन । 

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...