रूपन्देहीको तिलोत्तमामा प्रथम अन्तर्राष्ट्रिय लुम्बिनी करांतेकप प्रतियोगिता हुँदै


रूपन्देही

रूपन्देहीको तिलोत्तमा वार्ड नं २स्थित विग चियर रिसोर्टमा यही जेष्ठ २, ३ र ४ गते ३ दिने प्रथम अन्तर्राष्ट्रिय करांते कप प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाल सितोरियो करांते डो तिलोत्तमा संघद्वारा आयोजना गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला तथा पुरुष दुवै सहभागी हुन सक्नेछन् भने नेपाल लगायत भारत ,भुटान ,श्रीलंका र बङ्गालादेश का खेलाडीहरूले सहभागिता जनाउने छन्।

उक्त अन्तर्राष्ट्रिय करांते कप प्रतियोगितामा ६२ क्याटागोरीमा वर्गीकरण गरी खेल खेलिने छ। जसमा ६ वर्षदेखि ७ वर्ष ,७ देखि ८ हुँदै सिनियर क्याटागोरीमा १८ वर्षभन्दा माथि उमेरका खेलाडीहरू सहभागी हुनेछन्।

बिहीबार पत्रकार सम्मेलन मार्फत नेपाल सीतोरियो करांते तिलोत्तमा डोका अध्यक्ष सन्तु देगोरिया थारुले खेलाडी र खेलप्रति सम्मान गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो। अध्यक्ष थारुले प्रथम अन्तर्राष्ट्रिय लुम्बिनीकप प्रतियोगिता हुनाले यसलाई खेलाडी, खेलप्रेमी सरेाकारवाला सबैको साथ सहयाेगले सफल हुने विश्वास रहेको बताउनुभयो।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष सन्तोष सिंह ,खेलकुद मञ्चका सुमन अधिकारी , संघका केन्द्रीय सदस्य प्रेम राना ,लुम्बिनी प्रदेशका रेफ्री संयोजक कृष्ण देवकोटा ,नेपाल सितोरियो करांते डो रूपन्देही जिल्ला अध्यक्ष नारायण थापा ,राष्ट्रिय रेफ्रीहरू संजय कुमार चौधरी, दिलु राना लगायतले बोल्दै प्रतियोगिता सफल पार्न खेलाडी, खेलप्रेमी ,सरोकारवाला सबैको साथ रहने धारणा राख्नुभएको थियो।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...