कामबाट नागरिकलाई प्रत्याभूति दिलाउँछौँ: नवनियुक्त प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा


बुटवल

लुम्बिनी प्रदेश बुटवलमा सरुवा भई आउनुभएका नवनियुक्त कार्यालय प्रमुख प्रहरी उपरिक्षक मित्रबन्धु शर्माले आफूले बोलीमा नभएर कार्यकालमा कामबाट नागरिकलाई प्रत्याभूति दिलाउने गरी काम गर्ने योजना बनाएको बताउनुभयो।

बिहीबार पत्रकार भेटघाट ,परिचयात्मक तथा सहज ट्राफिक व्यवस्थापन सँगै सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शर्माले अहिले नेपाली समाजमा केही भएन, हुन्न भन्ने निराशाको तीव्र विकास भएको भन्दै सबैले आ-आफ्नो स्थानबाट सकारात्मक विचार, बोली र व्यवहारबाट अगाडि बढेमा समाधान हुने बताउनुभयो।

उपरीक्षक शर्माले यहाँका जनप्रतिनिधि ,संघ संस्था हरेक विधाका विज्ञ तथा आम नागरिकसँगको सहकार्यले मात्र अगाडि बढ्ने हुनाले आफ्नो ध्यान त्यतातिर केन्द्रित भएको बताउनुभयो । उहाँले पत्रकारको प्रश्नमा आफूले कार्यक्षेत्रमा राम्रो काम गर्ने नराम्रा गतिविधिलाई निरुत्साहित गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र सम्झन लायक काम गर्ने योजना रहेकोले पत्रकार लगायत सरोकारवाला सबैले साथ दिनुपर्ने बताउनुभयो। सडकमा हुने दुर्घटना न्यूनीकरण गर्ने नियम संगत चलेका सवारीचालकलाई सहजीकरण गर्ने जस्ता उद्देश्य राखेको बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे ,पूर्व अध्यक्ष शेरबहादुर केसी,रासस प्रदेश प्रमुख भरत केसी, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल ,जिल्ला कोषाध्यक्ष नरेश केसी ,पत्रकारहरू टीआर शर्मा ,शिव डुम्रे लगायतले यस क्षेत्रमा देखिएका ट्राफिक सम्बन्धी समस्याहरू समाधान गरेर कार्यकाल सफल बनाउन सबैको साथ रहने भन्दै शुभकामना दिनुभयो।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मधुसुदन न्यौपानेले पत्रकारहरुले उठाएका विषयहरु सम्बोधन गर्ने गरी आफूहरुले योजना बनाएको र परिचय सँगै सहकार्य र समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा प्रहरी निरीक्षक ईश्वरी अधिकारी, प्रहरी निरीक्षक गोपाल रायमाझि, प्रहरी निरीक्षक उमेशमान अमात्यले बोल्दै सहज ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा आफूहरू बलबुताले भ्याएसम्म लागेको र सरोकारवाला सबै नागरिकको समन्वयको अपेक्षा गरेको धारणा राख्नुभएको थियो।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...