एकीकृत अखिल नेपाल शिक्षक संगठन बुटवल नगरको अध्यक्षमा विष्णु ज्ञवाली


बुटवल

एकीकृत अखिल नेपाल शिक्षक संगठन बुटवल उपमहानगर समितिको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । बुटबलको नवीन औद्याेगिक कदर बहादुर रिता माविमा सम्पन्न अधिवेशनबाट विष्णु ज्ञवालीको अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

अधिवेशनमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षकको पेशागत हकहितका लागि निर्वाचित संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्ने औल्याए। बरालले शिक्षा ऐन लगायतका शिक्षकका पेशागत हक हितमा शिक्षकले आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकोमा संगठनलाई धन्यवाद दिए।

नवनिर्वाचित अध्यक्ष विष्णु ज्ञवालीले पदभार ग्रहण गर्दै संगठनलाई चुस्त बनाउँदै आम शिक्षकहरूको भरपर्दो र विश्वासिलो संगठन बनाउने र रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए।

शिक्षक संगठन नगरका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन रूपन्देहीका अध्यक्ष रोमनाथ न्यौपाने, माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भुसाल ,शिक्षक दिपक बस्याल लगायतले बोल्दै शिक्षकका पेशागत हक हितमा एकताबद्ध भएर लाग्ने धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...