एकीकृत अखिल नेपाल शिक्षक संगठन बुटवल नगरको अध्यक्षमा विष्णु ज्ञवाली


बुटवल

एकीकृत अखिल नेपाल शिक्षक संगठन बुटवल उपमहानगर समितिको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । बुटबलको नवीन औद्याेगिक कदर बहादुर रिता माविमा सम्पन्न अधिवेशनबाट विष्णु ज्ञवालीको अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

अधिवेशनमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षकको पेशागत हकहितका लागि निर्वाचित संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्ने औल्याए। बरालले शिक्षा ऐन लगायतका शिक्षकका पेशागत हक हितमा शिक्षकले आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकोमा संगठनलाई धन्यवाद दिए।

नवनिर्वाचित अध्यक्ष विष्णु ज्ञवालीले पदभार ग्रहण गर्दै संगठनलाई चुस्त बनाउँदै आम शिक्षकहरूको भरपर्दो र विश्वासिलो संगठन बनाउने र रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए।

शिक्षक संगठन नगरका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन रूपन्देहीका अध्यक्ष रोमनाथ न्यौपाने, माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भुसाल ,शिक्षक दिपक बस्याल लगायतले बोल्दै शिक्षकका पेशागत हक हितमा एकताबद्ध भएर लाग्ने धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...