देवीनगर क्रिकेट क्लबद्वारा जेष्ठ ३ गतेबाट सञ्चालन हुने प्रिमियर लिगका लागि छनोट प्रक्रिया सुरु


बुटवल

रूपन्देहीको बुटवल देवीनगर स्थित देवीनगर क्रिकेट क्लबले यही जेष्ठ ३ गतेदेखि क्रिकेट प्रिमियर लिग सञ्चालन गर्ने भएको छ।

खेलमा प्रथम हुने टिमले ५० हजार नगद ,मेडल र प्रमाणपत्र साथै द्वितीय हुनेले ३० हजार नगद ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

बुटवलका युवाबीच क्रिकेटको विकास तथा मैत्रीपूर्ण खेल खेल्ने र “स्वास्थ्यका लागि खेलकुद भन्ने “नाराका साथ खेल आयोजना गरिएको क्लबका अध्यक्ष तारा पाण्डेले बताए।

जेष्ठ ३ गतेदेखि सञ्चालन हुने खेलका लागि वैशाख ३१ गते बुधबार अर्थात् आज ४ बजे खेलाडी छनौट गर्ने र उत्कृष्ट खेल्ने खेलाडीलाई उक्त कपमा सहभागी गराउने क्लबका उपाध्यक्ष सुशील ज्ञवालीले जानकारी दिए।

खेलाडीले नाम दर्ता गर्दा दर्ता शुल्क ३ हजार लाग्ने क्लबका सचिव निर्मल ज्ञवालीले बताए। खेल १ महिनासम्म चल्ने गरी खेल तालिका तयार गरिएको खेल संयोजक अनिल पाण्डेले जानकारी दिए।

छुटाउनुभयो कि ?

अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा

अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा

बुटवल जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी तस्करी नियन्त्रण गर्न सबै प्रहरी युनिटहरूलाई सक्रिय बनाएको छ । खुल्ला सिमाना...
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विध...
यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना

यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना

काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) कुन-कुन प्रदेशमा कत्रो वर्षाको सम्भा...
लुम्बिनी प्रदेशको बजेट २०८२\८३, समृद्धिको सम्भावना बोकेको दस्तावेज

लुम्बिनी प्रदेशको बजेट २०८२\८३, समृद्धिको सम्भावना बोकेको दस्तावेज

लुम्बिनी प्रदेशको बजेट २०८२\८३: समृद्धिको सम्भावना बोकेको दस्तावेजदाङ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२\८३ को...