देवीनगर क्रिकेट क्लबद्वारा जेष्ठ ३ गतेबाट सञ्चालन हुने प्रिमियर लिगका लागि छनोट प्रक्रिया सुरु


बुटवल

रूपन्देहीको बुटवल देवीनगर स्थित देवीनगर क्रिकेट क्लबले यही जेष्ठ ३ गतेदेखि क्रिकेट प्रिमियर लिग सञ्चालन गर्ने भएको छ।

खेलमा प्रथम हुने टिमले ५० हजार नगद ,मेडल र प्रमाणपत्र साथै द्वितीय हुनेले ३० हजार नगद ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

बुटवलका युवाबीच क्रिकेटको विकास तथा मैत्रीपूर्ण खेल खेल्ने र “स्वास्थ्यका लागि खेलकुद भन्ने “नाराका साथ खेल आयोजना गरिएको क्लबका अध्यक्ष तारा पाण्डेले बताए।

जेष्ठ ३ गतेदेखि सञ्चालन हुने खेलका लागि वैशाख ३१ गते बुधबार अर्थात् आज ४ बजे खेलाडी छनौट गर्ने र उत्कृष्ट खेल्ने खेलाडीलाई उक्त कपमा सहभागी गराउने क्लबका उपाध्यक्ष सुशील ज्ञवालीले जानकारी दिए।

खेलाडीले नाम दर्ता गर्दा दर्ता शुल्क ३ हजार लाग्ने क्लबका सचिव निर्मल ज्ञवालीले बताए। खेल १ महिनासम्म चल्ने गरी खेल तालिका तयार गरिएको खेल संयोजक अनिल पाण्डेले जानकारी दिए।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...