Breaking news 3

गुल्मीमा चितुवा आतङ्क बढ्दै

गुल्मीमा चितुवा आतङ्क बढ्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
गुल्मी गुल्मीमा आजभोलि चितुवाको आतङ्क बढ्दै गएको छ । चितुवाको आतङ्क बढेसँगै धुर्कोट गाउँपालिका ४ जैसिथोकमा आइतबार चितुवाले चार वटा बाख्रा मारिदिएको छ । धुर्कोट जैसिथोक निवासी गोपे स्थित तिलकुमारी खत्री गौतम र दुर्गा खत्री गौतमका चार वटा बाख्रा जङ्गलमा चर्दै गरेको अबस्थामा चितुवाले मारिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् । आइतबार दिउँसो देउराली सामुदायिक वनको जङ्गलमा बाख्रा चर्दै गरेको अबस्थामा चितुवाले आक्रमण गरी मारेको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समयमा वस्तीहरूमा चितुवाको आतंङ्क बढ्न थालेको छ । सदरमुकाम तम्घास स्थित उपल्लो तम्घासमा पनि केहीदिन अघि चितुवा दौडिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीयहरू त्रसित बनेका छन् । मानिसहरू चितुवाको त्रासका कारण बिहान बेलुका हिड्डुल गर्न समेत छोडेका छन् ...
लुम्बिनीको खेलकुदमन्त्रीमा लोसपाका सन्तोष पाण्डेय नियुक्त, मन्त्रिपरिषद संख्या १२ पुग्याे

लुम्बिनीको खेलकुदमन्त्रीमा लोसपाका सन्तोष पाण्डेय नियुक्त, मन्त्रिपरिषद संख्या १२ पुग्याे

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोष पाण्डे प्रदेश मन्त्रिपरिषदको सदस्यमा नियुक्त भएका छन् । आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले सांसद पाण्डेलाई युवा तथा खेलकुद मन्त्री पदमा नियुक्त गरेका हुन् । उनको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुने बताइएको छ । मन्त्री नियुक्त गरिएको सूचना इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई पठाइएको प्रदेश मन्त्रिपरिषदका एक मन्त्रीले बताए ।  बजेट पास गर्नेबेलामा प्रतिपक्षको नाटकिय भुमिका खेलेको आरोप लागेका उनी प्रदेश सरकारको बजेट पास गर्नेबेला सबै प्रतिपक्षीहरुले संसद बहिस्कार गरेपछि एकाएक सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गर्दै लाेसपा का अन्य २ सासंद सहित ३ जना प्रतिपक्षको बेन्चमा बस्न पुगेका थिए । तीन सांसद रहेको लोसपामा पाण्डे संसदीय दलका नेता समेत हुन् ।मन्त्रिमण्डल सानो बनाउने घोषणा गरेका मुख्यमन्...
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन १४ का जोनहरुमा प्रि-जोन मिटिङ सम्पन्न

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन १४ का जोनहरुमा प्रि-जोन मिटिङ सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन१४ का सबै जोन ३०, ३१ र ३२का डिस्ट्रिक्ट गभर्नरको एडभाइजरी कमिटी मिटिङ प्रि-जोन मिटिङ सम्पन्न गरेको छ। जोन ३० का लागि ८२ असार ३० गते, जोन ३० को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन रितु गुरुङको अध्यक्षतामा दियालो फुड ल्याण्ड, कलिका नगरमा सम्पन्न गरेकाे छ। मिटिङमा एरिया ४ चिफ कोर्डिनेटर लायन प्रबिना घिमिरे तथा रिजन चेयरपर्सन लायन ओम थापाको उपस्थितिमा जोन अन्तर्गतका क्लबहरू एलसीबी मणिउजेश, एलसीबी सिद्धार्थ, एलसी रुपन्देही, एलसी रुपन्देही तुल्सी का अध्यक्ष, उपाध्यक्ष, सचिव ,कोषाध्यक्ष सहभागी भएका थिए। डिस्ट्रिक्टबाट उपलब्ध गराइएका विविध एजेन्डामा छलफल गरी बैठक सम्पन्न गरेकाे छ। जोन ३१ का लागि ८२ श्रावण ३ गते, जोन ३१ को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन नारायण तिवारीको अध्यक्षतामा अल्फा क्याफे, होराइजन चोकमा ...
कान्ति माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई  अभिमुखिकरण तथा स्वागत

कान्ति माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालय कक्षा ११ मा विभिन्न विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुका लागि शुक्रबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे सभाहलमा अभिमूखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथिकाे मनतव्य राख्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधब बन्जाडेले देशमै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित कान्ति मा वि का विद्यार्थी , शिक्षक र अभिभावक देशका अन्य विद्यालयका लागि प्रेरणाको स्राेत बन्नुपर्ने बताए । विगतका वर्षको तुलनामा याे वर्ष माध्यमिक शिक्षा परिक्षामा रुपन्देहीको शैक्षिक उपलब्धिमा उल्लेख्य सुधार हुनुमा यहाँका सामुदायिक विद्यालयकाे शैक्षिक प्रशासन , शिक्षक, विद्यार्थी र अभिभावककाे महत्त्वपूर्ण भुमिका रहेकाे बताए ।कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष जीवन प्रसाद ओझाले...
फरार प्रतिवादीहरू प्रहरीको फन्दामा

फरार प्रतिवादीहरू प्रहरीको फन्दामा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल,  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका र लामो समयदेखि फरार सूचिमा रहेका फरार प्रतिवादी पक्रने क्रममा तीव्रता दिएको पाइएको छ । ती अभियुक्तहरूलाई पक्राउ गरी सजाय भुक्तान गर्न कारागार चलान गरेको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २० ८१/८२ को एक वर्षमा विभिन्न अपराध गरी फरार रहेका ८ सय २३ जना फरार प्रतिवादी पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको हो । कुल ५ सय ६ वर्ष २ महिना १२ दिन बाँकी रहेका उनीहरूबाट जरिवाना रु. ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रूपमा जरिवाना असुलउपर गराएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले भने पछिल्लो समय बैंकिङ कसुर आर्थिक अपराधका घटना दैनिक बढ्दै गएको बताए । ठुला ठुला कारोबार गर्ने चेक लिनदिने गर्ने तर समयमा चेक नसाटिएर प्रहरीकोमा आउनेको सङ्ख्या बढ्दो र...
देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का द...
संस्थापक थैवको जन्मदिन उत्सवको रूपमा मनाए, विद्युतीय व्यवसायी

संस्थापक थैवको जन्मदिन उत्सवको रूपमा मनाए, विद्युतीय व्यवसायी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देही रूपन्देही विद्युतीय व्यवसायी सङ्घका संस्थापक अध्यक्ष अनन्तमान थैवको जन्मदिन विद्युतीय व्यवसायीहरूले उत्सवको रुपमा मनाएका छन्।वि. सं. २०६७ सालमा १५ वर्ष अगाडि विद्युतीय व्यवसायीहरूलाई एकताबद्ध गरेर सङ्घको स्थापना गरी सबै व्यवसायीहरूका समस्या समाधान, आर्थिक एवं सामाजिक वृद्धि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले उत्सवको दिन रहेको बताएका हुन्। बुधबार बुटवलमा आयाेजित कार्यक्रममा बोल्दै थैबले तत्कालीन समयमा अन्य सानो लगानीका व्यवसाय गर्नेहरूलाई साहुजी भन्ने प्रचलन तर विद्युतीय व्यवसायीहरूलाई लाखौं लगानी गर्दा पनि हेर्ने दृष्टिकोण संकीर्ण रहेको स्मरण गर्दै अहिले केन्द्र, प्रदेश, जिल्लासँगै नगर -नगरमा व्यवसायी एकताबद्ध भएकोमा गर्व लागेको बताए। ५७ वर्ष प्रवेश गरेका थैवले आफ्नो योगदानको सम्मान गर्दै रूपन्देही विद्युतीय व्यवसायी सङ्घले जन्मदिन विशेष बनाएकोमा धन्यवाद दि...
दुबईमा अलपत्र परेका ५ युवाको उद्दार, सरोकार केन्द्रको पहलमा नेपाल ल्याइयो

दुबईमा अलपत्र परेका ५ युवाको उद्दार, सरोकार केन्द्रको पहलमा नेपाल ल्याइयो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौ   दुबईमा रोजगारीको लागि गएका ५ युवा बिगत ३ महिना देखि अलपत्र भएकोमा सरोकार केन्द्रले दुबईमा रहेको मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमको समन्वयमा उद्दार गरि आज नेपाल फर्काएको छ । उद्दार गरिएकोमा शिबम थापा मगर , दिपेन्द्र कार्की , विशाल कोलि , छक बहादुर थापा र सोम बहादुर थापा छ्न ।  ५ जना मध्ये ४ जना ३ महिना अगाडि सान एवि ईन्टरनेशनल मेनपावर  र १ जना १ महिना अगाडि लिंक ईन्टरनेशनल बाट रोजगारीको लागी दुवई गएका थिए । श्रम गरेर मेनपावर मार्फत बिदेश गएका ५ जनाले नै मेनपावरलाई लेबर भिषामा प्रती ब्...
रुरुक्षेत्र गुल्मीमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

रुरुक्षेत्र गुल्मीमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्ड सम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष तथा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् । नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतम  सहित २८ जना जनप्रतिनिधिले यस विषयमा सत्यतथ्य छानबिन नहुदा सम्म पालिकाको कुनैपनी कार्यक्रममा सहभगी नहुने निर्णय सहितको ज्ञापनपत्र बुझाएका छन् । सोही विषयलाई लिएर सोमबार नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी गुल्मीका अध्यक्ष फर्सु ज्ञवालीले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा ताला लगाएका छन् । रुरुक्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित “स्मार्ट बोर्ड जडान कार्यक्रम”मा गम्भीर प्रक्रियागत अनियमितता देखिएको भन्दै जनप्रतिनिधि...
अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी

अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा पारस मरासिनी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु जिल्लाको २५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पारस मरासिनीको नेतृत्वमा नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रमको अध्यक्षता अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष निशान खड्काले गरेका थिए। प्रमुख अतिथि अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका संयोजक रमेश ढकाल रहेका थिए भने प्रमुख वक्ताको रूपमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ र संगठनको भूमिका बारे मन्तव्य व्यक्त गरे।   कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य विष्णु घिमिरे, नेकपा (एमाले) जिल्ला सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज सुन्दर पाण्डे, लुम्बिनी प्रदेश कमिटीका सह-संयोजक अन्जित खनाललगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन अ...