लुम्बिनीको खेलकुदमन्त्रीमा लोसपाका सन्तोष पाण्डेय नियुक्त, मन्त्रिपरिषद संख्या १२ पुग्याे


दाङ

लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोष पाण्डे प्रदेश मन्त्रिपरिषदको सदस्यमा नियुक्त भएका छन् ।

आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले सांसद पाण्डेलाई युवा तथा खेलकुद मन्त्री पदमा नियुक्त गरेका हुन् ।

उनको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुने बताइएको छ । मन्त्री नियुक्त गरिएको सूचना इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई पठाइएको प्रदेश मन्त्रिपरिषदका एक मन्त्रीले बताए । 
 
बजेट पास गर्नेबेलामा प्रतिपक्षको नाटकिय भुमिका खेलेको आरोप लागेका उनी प्रदेश सरकारको बजेट पास गर्नेबेला सबै प्रतिपक्षीहरुले संसद बहिस्कार गरेपछि एकाएक सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गर्दै लाेसपा का अन्य २ सासंद सहित ३ जना प्रतिपक्षको बेन्चमा बस्न पुगेका थिए । तीन सांसद रहेको लोसपामा पाण्डे संसदीय दलका नेता समेत हुन् ।

मन्त्रिमण्डल सानो बनाउने घोषणा गरेका मुख्यमन्त्री आचार्यको ११ सदस्यीय मन्त्रिमण्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आचार्य स्यमले आफैसँग राखेका थिए ।

वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री छन् । अब लुम्बिनी प्रदेशमा मन्त्रिमण्डलकाे सदस्य संख्या  १२ पुगेकाे छ ।
 
बजेटको छलफल र बजेट पास गर्दा प्रतिपक्षबिहिन बन्नबाट प्रदेशसभालाई जोगाएर सरकारलाई सहयोग गरे वापत पाण्डेलाई मन्त्री बनाएर मुख्यमन्त्री आचार्यले गुन तिरेको प्रदेशसभाका एक सदस्यले बताएका छन ।

पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी यसअघि भौतिक पूर्वाधार र गृहमन्त्री भइसकेका छन् ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...