फरार प्रतिवादीहरू प्रहरीको फन्दामा


बुटवल, 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका र लामो समयदेखि फरार सूचिमा रहेका फरार प्रतिवादी पक्रने क्रममा तीव्रता दिएको पाइएको छ । ती अभियुक्तहरूलाई पक्राउ गरी सजाय भुक्तान गर्न कारागार चलान गरेको प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष २० ८१/८२ को एक वर्षमा विभिन्न अपराध गरी फरार रहेका ८ सय २३ जना फरार प्रतिवादी पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको हो । कुल ५ सय ६ वर्ष २ महिना १२ दिन बाँकी रहेका उनीहरूबाट जरिवाना रु. ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रूपमा जरिवाना असुलउपर गराएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले भने पछिल्लो समय बैंकिङ कसुर आर्थिक अपराधका घटना दैनिक बढ्दै गएको बताए । ठुला ठुला कारोबार गर्ने चेक लिनदिने गर्ने तर समयमा चेक नसाटिएर प्रहरीकोमा आउनेको सङ्ख्या बढ्दो रहेको प्रमुख क्षेत्रीको भनाइ छ ।

गएको एक वर्षमा जिल्ला प्रहरी कार्यालयमा ४ सय १७ वटा मुद्दा दर्ता भएको छ । जग्गा पास दिएँ पैसा पाइएन, सापट लगेर समयमा फिर्ता पाइएन कारबाही गरी पाउँ भन्ने निवेदन पर्नेहरूको सङ्ख्या मध्ये ३ सय ९७ बटा मुद्दा फर्छ्यौट गरेको उनको भनाइ छ ।

ज्यान सम्बन्धी १ सय ५७ मुद्दा दर्ता भएको छ भने लागू औषध मुद्दा १ सय २६ अभद्र व्यवहारमा १ सय ८५ जबरजस्ती करणीमा ६१ ठगीमा २९ डाँका चोरीमा २० जबरजस्ती करणी उद्योगमा १६ सवारी चोरीमा १३ बाल यौन दुराचारमा १२ ज्यान मार्ने उद्योगमा २१ बहुविवाहमा १४ कुल मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी भन्सार चोरी तस्करी गरी नेपाल ल्याउने सामान मूल्य करिब १२ करोड ६७ लाख मूल्य बराबरको सामान भन्सार बुझाएको हो चोरी तस्करीमा संलग्न मानिसहरू एक सय १३ जना छन् भने चोरीमा प्रयोग भएका मोटरसाइकल ३ सय २ थान, ट्रक ८ वटा पिक अप जिप १६ वटा अटो रिक्सा ६ वटा ट्याक्टर १ वटा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा माटो उत्खनन गरेको भन्दै ट्याक्टर ६० वटा जेसिबि ३० वटा टिप्पर हाईवा २३ वटालाई कारबाही गरिएको प्रमुख क्षेत्रीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले गरेको संयुक्त चेकिङमा ३६ हजार २ सय १६ सवारी साधनहरू कारबाहीमा परेका थिए त्यस बापत राजश्वमा ४ करोड ७७ लाख जरिवाना भएको हो ।

रुपन्देही जिल्लामा गएको एक वर्षमा ७९७ सडक दुर्घटना भएकामा १ सय २१ जनाको मृत्यु भएको हो भने ३ सय ५० जना गम्भीर घाइते भएका छन् ८ सय ७६ जना सामान्य घाइते भएको र दुर्घटनाको सङ्ख्या समेत बढ्दै गएको देखिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले कानुन विरुद्ध हुने कुनै पनि गतिविधि नियन्त्रण कारबाहीको दायरामा लिन प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताए ।

सीमापारबाट हुने चोरी तस्करी नियन्त्रण गर्न प्रहरी कडाइका रूपमा लागिरहेको भन्दै प्रमुख क्षेत्रीले भने आफू रुपन्देही आएको ३ महिनामा चोरी तस्करी सामान मात्र ५ करोड बढीको सामान भन्सार पठाएको बताए ।

छुटाउनुभयो कि ?

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज...
भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिप...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...