गुल्मीमा चितुवा आतङ्क बढ्दै


गुल्मी

गुल्मीमा आजभोलि चितुवाको आतङ्क बढ्दै गएको छ । चितुवाको आतङ्क बढेसँगै धुर्कोट गाउँपालिका ४ जैसिथोकमा आइतबार चितुवाले चार वटा बाख्रा मारिदिएको छ ।

धुर्कोट जैसिथोक निवासी गोपे स्थित तिलकुमारी खत्री गौतम र दुर्गा खत्री गौतमका चार वटा बाख्रा जङ्गलमा चर्दै गरेको अबस्थामा चितुवाले मारिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।

आइतबार दिउँसो देउराली सामुदायिक वनको जङ्गलमा बाख्रा चर्दै गरेको अबस्थामा चितुवाले आक्रमण गरी मारेको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समयमा वस्तीहरूमा चितुवाको आतंङ्क बढ्न थालेको छ ।

सदरमुकाम तम्घास स्थित उपल्लो तम्घासमा पनि केहीदिन अघि चितुवा दौडिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीयहरू त्रसित बनेका छन् । मानिसहरू चितुवाको त्रासका कारण बिहान बेलुका हिड्डुल गर्न समेत छोडेका छन् ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...