Breaking news 3

डिपिएल नेपाल बुटवलकाे पद हस्तान्तरण

डिपिएल नेपाल बुटवलकाे पद हस्तान्तरण

Breaking news 3, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
बुटवल पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व भन्ने मुल नाराका साथ अघि बढिरहेको डाईनामिक पब्लिक लाईब्रेरि [डिपिएल] नेपाल बुटवल शाखाको तेस्रो पद हस्तान्तरण कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ। डिपिएल बुटवलका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आथित्यता संस्थाका संस्थापक अध्यक्ष राजीव खनालकाे रहेकाे थियाे। कार्यक्रममा प्रमुख सल्लाहकार बिकाश श्रेष्ठ तथा राजिब गौतम ,आर्थिक सल्लाहकार रोशन नेपाल , सल्लाहकार साकार लम्साल , निवर्तमान अध्यक्ष आबिष्कार खनाल , लगाएतले भनाइ राख्दै समितिले थप सक्रियता वढाउने धारणा राखेका थिए। कार्यक्रम संचालन महासचिव प्रकाश पोख्रेलले गरेका थिए। राजन अधिकारीको नेतृत्वमा भएको कार्य समितिकाे बरिस्ठ उपाध्यक्षमा प्रकाश पोख्रेल ,महासचिवमा रुद्र खनाल ,उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षमा निर्मल बेल्...
राष्ट्रिय नृत्य दिवस बुटवल जितगढीमा मनाइँदै

राष्ट्रिय नृत्य दिवस बुटवल जितगढीमा मनाइँदै

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा फागुन ६ गते मङ्गलबार बुटबलको जितगढी किल्ला परिसरमा नृत्य दिवस मनाइने भएको छ। मौलिक कला ,संस्कृति झल्काउने खालका १५ टिमका नृत्यहरू उक्त कार्यक्रममा सहभागी हुनेछन् ।विशेषत लुम्बिनी प्रदेशसँगै बागमती प्रदेश, मधेस प्रदेश ,गण्डकी प्रदेशको प्रतिनिधिमूलक सहभागिता रहने सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत संघका लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए। अध्यक्ष शाहले ऐतिहासिक स्थल जितगढी किल्लामा कार्यक्रम आयोजना गरी यसको महत्व र प्रचारप्रसार हुने आशय रहेको बताए। उनले कार्यक्रमका लागि बुटवल नगरपालिकाले सहयोग गरेको र अन्य संघ,संस्थाहरूले पनि सक्दो सहयोग गरेको बताए । संघले गुरु मानेका भैरव बहादुर थापाको जन्मदिनलाई आधिकारिक नृत्य दिवस मान्न सरोकारवालासँग पहल गरिरहेको संघका उपाध्यक्ष मिना बुढाथोकीले बताइन्। बुटवल ...
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
रुपन्देही प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औं साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको साधारण सभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पाण्डेले उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । भगवती पाण्डे चौतारीको रुपन्देही जिल्ला उपाध्यक्षमा केशव भण्डारी, उपाध्यक्ष (महिला) मा वसन्ती आचार्य (छायाँ पन्थ), सचिवमा विष्णु घिमिरे, सह–सचिव (खुल्ला) मा प्रतीक पौडेल, सह–सचिव (समावेशी) मा सत्यनारायण मानन्धर र कोषाध्यक्षमा एलिना आचार्य रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे (केदार), प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल ब...
नेकपा रुपन्देहीद्वारा  कार्यकर्ता प्रशिक्षण

नेकपा रुपन्देहीद्वारा कार्यकर्ता प्रशिक्षण

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
विनोद खनाल बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल र भैरहवामा गरि दुई चरणमा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको उत्तरीभागका पालिकाहरुको बुटवलमा र दक्षिणीभागका पालिकाहरुको भैरहवामा शुक्रबार र शनिवार गरि दुईदिन पार्टी सदस्य तथा अगुवा कार्याकर्ताहरुलाई समेटेर प्रशिक्षण दिइएको थियो । पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका सयौं अगुवा कार्यकर्ता सहभागी रहेका दुबै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बसन्त सीले नेपालको गणतन्त्रलाई दलाल पुजीपति तथा भ्रष्टहरुले कब्जा गरेको भन्दै पुनः नयाँ खालको आन्दोलन जरुरी रहेको बताए । जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै समाजवादी गणतन्त्रको लागि जुनसुकै मोर्चाबाट समेत लडाइँ लड्न पार्टी तयार...
काठमाडौ जाँदै गरेको बस पुलबाट खस्यो, २३ जना घाइते

काठमाडौ जाँदै गरेको बस पुलबाट खस्यो, २३ जना घाइते

Breaking news 3
चितवन नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान चितवनमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा आज बिहान ४ः३० बजे बस पुलबाट खसेर दुर्घटना भएको  हो। इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले  जानकारी दिइन्।  बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका हुन्। ‘घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको छ,’ भन्डारीले भनिन्।  बसमा सवार अन्य यात्रु भने सकुशल छन्। ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले बताइन्।  ...
बुटवलमा यामाहा मेगा एक्सचेन्ज मेला

बुटवलमा यामाहा मेगा एक्सचेन्ज मेला

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका
बुटवल दुईपाङ्ग्रे सवारी साधनमा राम्रो गुणस्तरको मानिने यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटर विक्रेता बाइकर्स बुटवल प्राइभेट लिमिटेडले यही माघ २३ गतेदेखि २९ गतेसम्म बुटवल कालिकानगर होराइजनचोकमा मेगा एक्सचेन्ज मेला सञ्चालन गरिरहेको छ। उक्त एक्सचेन्ज मेलामा पुराना सवारी साधन दिएर नयाँ मोटरसाइकल तथा स्कुटर लिँदा पुराना सवारी साधनको बजारको मूल्यभन्दा १० हजार बढी मूल्याङ्कन गरेर सेवाग्राहीहरूले प्राप्त गर्न सक्नेछन्। यसैगरी मेला अवधिभर नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद भुक्तानी गर्नेलाई ६ हजार सम्म छुटको व्यवस्था गरेको छ । नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा चारवटा एसेस्सरी सुविधा दिईएकाे छ। जसमा हेल्मेट ,बाइक कभर ,ब्याग, लेक गार्ड निःशुल्क उपलब्ध गराइएको छ। मेला अवधिभर ३० वटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने लक्ष्य रहेकोमा शुक्रबारसम्म १५ वटा बिक्री गर्न सफल भएको ...
दम्पत्तिद्वारा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको एक्ट्राटेक क्रिकेट मैदान निर्माण

दम्पत्तिद्वारा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको एक्ट्राटेक क्रिकेट मैदान निर्माण

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल अष्ट्रेलियामा आईटी व्यवसाय संचालन गर्दै आएका उर्जावान नेपाली युवा विनोद कुवँर उनकी पत्नी सुदिक्षाले रुपन्देहीमा पाँच विगाह क्षेत्रफलमा ४५ करोड बढि खर्चिएर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका छन्। कुवँर दम्पत्तिले जग्गा बाहेक रंगशालाको पुर्वाधार निर्माणमा मात्र ४५ करोड बढि लगानी गर्दै छन्। ०८० साल जेठ २९ गते शिलान्यास गरि निर्माण सुरु गरिएको रंगशालामा २०८० फागुनमै क्रिकेट खेल्न मिल्ने गरि मैदान निर्माण गरिएको थियो। सोहि अनुसार गत फागुन २८ गते मैदानको उद्घाटन सहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी सम्पन्न भएको थियो। सोहि रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भईरहेका छन् भने रातीको समयमा खेल खेल्न मिल्ने गरि फ्लड लाईट जडानको काम पनि सुरु भएको छ। एक्ट्राटेक ओभलका प्रबन्ध निर्देशक विनोद कुवँरले शुक्रबार बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्...
बुटवलकाे मेडिटेक एकेडेमीमा ५० जनाले गरे श्रीपञ्चमीमा अक्षारम्भ

बुटवलकाे मेडिटेक एकेडेमीमा ५० जनाले गरे श्रीपञ्चमीमा अक्षारम्भ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल बुटबलको राजमार्ग चौराहामा अवस्थित मेडिटेक इन्टरनेसनल एकेडेमीमा सोमबार श्रीपञ्चमीको दिन ५० जना नानीबाबुहरूले अक्षारम्भ गरेका छन्। २०६३ सालमास्थापना भएको उक्त विद्यालयले अहिले माध्यमिक श्रेणीसहित प्राविधिक ल्याबसँगै ,सामान्य चिकित्सा कार्यक्रम (एचए )कार्यक्रम तीन वर्षे कोर्षपनि उपलब्ध गराएको छ। उक्त विद्यालयमा समयसँग संगत डिजिटल माध्यमबाट पठनपाठन हुन्छ। कम्प्युटर सिस्टमबाट अध्ययन गर्न सकिन्छ। भने स्मार्टबोर्ड, साइन्सका लागि सम्पूर्ण प्राविधिक उपकरणहरू सहित अध्यापन गराइन्छ। विद्यालयमा लाइब्रेरीको पनि व्यवस्था छ। ...
प्रेस चौतारी नेपाल रुपन्देहीको अधिवेशन माघ २८ मा हुने

प्रेस चौतारी नेपाल रुपन्देहीको अधिवेशन माघ २८ मा हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलप्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन चार दिन पछि सरेको छ । यसअघि माघ २४ गतेका लागि अधिवेशन तय गरिएकोमा प्राविधिक कारणवश माघ २८ गतेका लागि अधिवेशन गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार जिल्ला अधिवेशनका दिन प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार र प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार गरी दुईवटा पुरस्कार वितरण गरिनेछ । त्यस्तै संस्थाको कल्याणकारी कोषमा २५ हजारदेखि माथि सहयोग गर्ने सहयोगदाताहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले बताए । जिल्ला अधिवेशनको अवसरमा चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनको उदघाटन नेपाल सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने अध्यक्ष पौडेलले बताए । ...
कर्मचारी लगायतका रोकिएका ऐन संशोधन गर्न सरकार लागेको छ : एमाले उपमहासचिव ज्ञवाली

कर्मचारी लगायतका रोकिएका ऐन संशोधन गर्न सरकार लागेको छ : एमाले उपमहासचिव ज्ञवाली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
रुपन्देही नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार सुशासन, समृद्धि र कर्मचारी लगायतका संविधानमा गर्नुपर्ने संशोधनका विषयहरूमा पुरा गर्न लागेको बताए। नेपाल निजामती कर्मचारी संगठन रूपन्देही शाखाको १२औं जिल्ला अधिवेशन मा बोल्दै ज्ञवालीले वर्तमान सरकारले बिग्रँदै गएको देशको आर्थिक अवस्थामा सुधार ,विकास निर्माणका काममा तीव्रता, सहकारी लगायतका क्षेत्रमा देखिएका विकृति हटाउन सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउने, असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको बताए। ज्ञवालीले सरकारले भूपरिवेष्ठित मुलुकलाई मित्र राष्ट्रहरूको साथमा भूजडित बनाउने ,देशमा रोजगार सिर्जना गर्ने ,नागरिकलाई उत्पादनसँग जोड्ने, देशमा सम्भावना रहेका उद्योग विस्तार गर्ने, कृषिमा आधुनिकरण गर्ने व्यावसायीकरण गर्ने ,पर्याप्त विद्युत उत्पादन गरी निर्यातबाट आम्दानी गर्ने, पर्यटनको विकास गर्ने जस्ता विषयमा सरकार कतिबद्ध ...