नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको तेस्रो बैठक सम्पन्न, ऐन संशोधनका लागि सुझाव कार्यदल गठन


नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठक कपिलवस्तुको बाणगंगामा सम्पन्न भएको छ। संगठनका अध्यक्ष नेत्र आचार्यको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष भवानी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा वोल्ने वक्ताहरूले लुम्बिनी प्रदेशको निजामती सेवा ऐन, नियमावली र स्थानीय सेवा ऐन, नियमावलीमा देखिएका समस्या समाधान गर्नकालागि प्रदेश सरकारसँग आग्रह गर्नुपर्ने, संघीय निजामती सेवा ऐन सेवाग्राहीमैत्री र कर्मचारीमैत्री हुनेगरी जारी गर्न पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए।

हालसम्म ऐन, नियमावली निर्माण र त्यसको कार्यान्वयनमा देखाएको भूमिकाप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ । बैठकलाई संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतम, कृष्णबहादुर केसी, लुम्बिनी प्रदेश ईञ्चार्ज कवि सिंह कठायत, उपमहासचिव बामदेव ओली, पेशागत ईञ्चार्ज कल्पना थापा, सह–ईञ्चार्ज नारायण भण्डारीलगायतले सम्बोधन गर्नु गरेका थिए।

बैठकले लुम्बिनी प्रदेश निजामती सेवा ऐन, नियमावली तथा स्थानीय सेवा ऐन र नियमावली संशोधनसम्बन्धी सुझाव कार्यदल गठन गर्ने, लुम्बिनी प्रदेश संगठन डायरी प्रकाशन गर्ने, जयराम खड्का स्मृति कोष स्थापना गर्ने लगायतका निर्णयहरू गरेको छ। संगठनका प्रदेश सचिव जयराम खड्काको निधन भएको स्मृतिमा स्थापना गर्ने निर्णय गरिएको छ।

बैठकमा २५ हजार रुपैयाँको चेक उहाँकी श्रीमती हिरा खड्कालाई हस्तान्तरण गरिएको थियो। तेस्रो बैठकअघि सचिवालय बैठक समेत बसेको थियो। बैठकको सहजीकरण महासचिव भिमलाल खनालले गरेका थिए। शहीदको स्मृतिमा रक्तदान कार्यक्रम शहीद मनोज झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ।

कपिलवस्तु बाणगंगा नगरपालिका–४ ठाकुरपुरामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाणगंगा, कपिलवस्तुको प्राविधिक सहयोग रहेको थियो। संगठनका महासचिव भिमलाल खनालका अनुसार संगठनमा आवद्ध १५ जना व्यक्तिले रक्तदान गरेका थिए।

छुटाउनुभयो कि ?

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...
राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

काठमाडौँराजमार्गमा बर्सेनि दोहोरिने पहिरो र सडकको जीर्ण अवस्थाले यात्रुलाई सास्ती दिइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा स...
विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

काठमाडौँसह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोम...
लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

बुटवललुम्बिनी प्रदेश प्रहरी कार्यालयले यही जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। सार्व...