Breaking news 3

बुटवलमा ‘सडक खाना महोत्सव: स्वाद–संस्कृतिमार्फत पर्यटन र रोजगारी प्रवर्द्धन

बुटवलमा ‘सडक खाना महोत्सव: स्वाद–संस्कृतिमार्फत पर्यटन र रोजगारी प्रवर्द्धन

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बुटवलमा बुटवल सडक खाना महोत्सव-२०८२ सुरु भएको छ । पुस १५ गतेदेखि सुरु भएको महोत्सव बुटवल उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रात्रीकालीन बजारमार्फत सहरलाई थप चलायमान बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताए । उनले कालिका पथलाई बुटवलको ‘सपनाको पथ’ का रूपमा विकास गर्ने योजनासहित व्यापार, पर्यटन र संस्कृतिलाई एकसाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तह, निजी क्षेत्र र समुदायबीच सहकार्य भए मात्र यस्ता कार्यक्रम दिगो बन्ने उनको भनाइ थियो ।महोत्सव उद्घाटनअघि निकालिएको सांस्कृतिक ¥यालीमा विभिन्न जातीय तथा सांस्कृतिक समूहको उल्लेखनीय सहभागिता देखिएको थियो । प्रतियोगितात्म...
बुटवलमा आजदेखि तीन दिने सडक खाना महोत्सव

बुटवलमा आजदेखि तीन दिने सडक खाना महोत्सव

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलअंग्रेजी नयाँ वर्षको अवसर ‘बुटवल सडक खाना महोत्सव’ हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा मंगलबारदेखि बुटवलमा तीन दिने सडक खाना महोत्सव हुने भएको हो । बुटवल उपमहानगरपालिका वडा नं. ९ तिनकुने चोकदेखि बसपार्क चोकसम्म आयोजना हुने महोत्सवको तयारी पुरा भएको आयोजक संघका अध्यक्ष माधव कुमार खनालले बताए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित आयोजना गरिने महोत्सवमा स्थानीय रैथाने खानाका परिकार, विभिन्न जातीय समुदायका पहिचान झल्काउने परिकारसँगै स्वदेशी तथा विदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने उनले बताए । सडकको बिचमा अत्याधुनिक स्टलहरु निमार्ण गरिएको उनले बताए । महोत्सवमा विभिन्न जातजाति र समुदायसँग सम्बन्धित परिकारसँगै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने तथा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको स...
बुटवल ८ विकास निर्माणमा अब्बल,५४ सालदेखि अवरोध गरिएको सडक वडाध्यक्ष पंगेनीले गरे पुरा

बुटवल ८ विकास निर्माणमा अब्बल,५४ सालदेखि अवरोध गरिएको सडक वडाध्यक्ष पंगेनीले गरे पुरा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, विविध, समाचार, स्थानीय
बुटवलरूपन्देहीको बुटवल उपमहानगरपालिकाले समग्र बुटबलको स्वास्थ्य, शिक्षा, विकास समृद्धिको क्षेत्रमा राम्रो काम गरेको छ। त्यसैगरी बुटवल उपमहानगरको वडा नम्बर ८ ले थुप्रै काम गरी अब्बल वडा बन्न सफल भएको छ।आइतबार मात्र २०५४ सालदेखि नक्साङ्कन भएको तर पूर्णता पाउन नसकेको बुटबलको वडा नम्बर ८ मा पर्ने मिलनचोकदेखि सुक्खानगर जाने ४१ फुट कायम रहेको मिलनपथ ३सय२० मिटर बाटो मध्ये १सय ६० मिटर पुरा भई सुचारु भएको छ।करिब १सय ६० मिटर नक्सा अनुसार निर्माण सम्पन्न भएको तर बाँकी १सय ६० मिटर बाटोको क्षेत्राधिकार कायम भइसके तापनि बाटो कायम गर्दा हटाउनुपर्ने किनारका बस्तीहरूले सहमति नजनाउँदा पुरा हुन भने सकेको छैन।२०५४ सालमा नक्साङ्कन भएको उक्त सडकलाई विस्तार गर्न विभिन्न समयमा बजेट विनियोजन भएतापनि सहमति नजुट्दा काम भने हुन सकेको थिएन।उक्त सडकको निर्माणका लागि अहिलेका प्रदेश सभासद तथा पुर्व मन्त्री भोजप्रसाद...
सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउछ: मुख्यमन्त्री आचार्य

सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउछ: मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
लुम्बिनीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारत विचकाे सम्बन्धलाई थप बलियाे बनाउन दुबै देशकाे पत्रकारिता क्षेत्रकाे याेगदान महत्त्वपूर्ण रहेकाे बताउनु भएको छ । साथै उहाँले माेफसलकाे पत्रकारिताकाे सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सिर्जना गर्नु आजको आवश्यकता भएको बताउनुभएको हाे । लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो फेस्टिभलले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । मिडियाबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुन सक्ने भन्दै सकारात्मक र ...
गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ लोकार्पण

गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ लोकार्पण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीकृतिकार नारद गौतमद्वारा लिखित शब्दका छर्‍रा नामक कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।शनिबार श्री जनजागृति माध्यमिक विधालय योगीकुटी रुपन्देहीमा लेखक, साहित्यकार , शैक्षिक, सामाजिक व्यक्तिहरूको सहभागितामा पुस्तक लोकार्पण गरिएको हो।राजनैतिक, सामाजिक,शिक्षा, प्रेम, वेदना लागतका विषयमा खरो कलम चलाउने साहित्यकार गौतमका धेरै कृतिहरु प्रकाशित भईसकेका छन्।गुल्मीको रुरुक्षेत्रमा जन्मिएका गौतम लामो समय नेपाली र व्याकरण विषय प्राध्यापन गरेका थिए भने नेपाली भाषा, साहित्य र व्याकरण कमजोर हुंदै गएकोमा आवाज उठाउंदै आएका छन्। लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको लोकार्पण कार्यक्रममा स्वागत मन्तव्यका क्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले कृतिकारलाई बधाई र कृतिको सफलताका लागि शुभकामना दिँदै उपस्थित सम्पूर्ण साहित्यकारलाई स्वागतका शब्दसहित प्रतिष्ठान...
लुम्बिनीमा आजदेखि न्युज फेस्टिबल

लुम्बिनीमा आजदेखि न्युज फेस्टिबल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीलुम्बिनी प्रेस क्लब रुपन्देहीले आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना गर्दैछ । पुस १२, १३ र १४ गते बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिने कार्यक्रममा पत्रकारिता, लुम्बिनीको प्रबर्द्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय–अन्तर्राष्ट्रियकरण गर्न फेस्टिबल गर्न लागिएको क्लबका उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए ।लुम्बिनी न्युज फेस्टिबल कार्यक्रममा ‘मोफसल’ को समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सिर्जना गरिने उनको भनाइ छ । कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको अध्यक्ष कमल रायमाझी बताउँछन् । ‘यससँगै यस क...
गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित

गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले दोलखा, सिन्धुपाल्चोक, तनहुँ, इलाम लगायत १२ जिल्लामा नयाँ सीडीओ खटाउने निर्णय गरेका हुन् ।निर्णयअनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारी खटाइने भएका छन् । यस्तै, सिन्धुपाल्चोकमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दीपकराज नेपाल र सल्यानमा महेन्द्र कुमार सापकोटा खटाइएको छ । हालै बढुवा भएका सापकोटासहित ७ जना पदस्थापन भएका हुन्, जसमा ६ जना सहसचिव र १ जना उपसचिव छन् । अन्य अधिकारीलाई सरुवा गरिएको छ । कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई खटाइएको छ । यसअघि उनी नुवाकोटमा प्रमुख जि...
पहिलो सातामै एक लाख अवलोकनकर्ता र करिब ८ करोड कारोबार रहेको औद्योगिक प्रदर्शनीमा बिहिबार अवलोकनकर्ताको भिड

पहिलो सातामै एक लाख अवलोकनकर्ता र करिब ८ करोड कारोबार रहेको औद्योगिक प्रदर्शनीमा बिहिबार अवलोकनकर्ताको भिड

Breaking news 3, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा जोरी औद्योगिक प्रदर्शनीको पहिलो सातामा करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने ८ करोडको कारोबार भएको छ भने मौसममा सुधार भएसंगै विहिबार अवलोकन कर्ताको भिड लागेको छ।पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उत्पादनहरुका स्टल मात्रै रहेका छन् । प्रदर्शनीको पहिलो सातामै करिब १ लाखभन्दा बढी अवलोकनकर्ता आएको र ८ करोड हाराहारीमा कारोबार भएको आयोजकले वताएको छ। मौसममा सुधार भएसंगै विहिबार अवलोकन कर्ताको भिड लागेको संघका कोषाध्यक्ष विशाल वेलवासेले जानकारी दिनुभयो । पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो । चिसो बढेका कारण उडान अवरुद्ध हुँदा केही राष्ट्रिय कलाकार चितवन आएर गाडीबाट आइरहेको र धेरैजसो पूर्वघ...
मुख्यमन्त्री आचार्यद्वारा क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त

मुख्यमन्त्री आचार्यद्वारा क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले क्रिसमसले प्रेम, करुणा, सहिष्णुता र मानवता जस्ता सार्वभौमिक मूल्यहरूलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विविधताभित्रको एकता नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै सबै धर्म, संस्कृति र समुदायबीच आपसी सद्भाव र सामाजिक ऐक्यबद्धता अझ मजबुत हुने अपेक्षा गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले क्रिसमस पर्वले समाजमा शान्ति, खुशी र सकारात्मक ऊर्जा फैलाओस् भन्ने पनि कामना गर्नुभएको छ । साथै उहाँले समृद्ध लुम्बिनी र सुखी नागरिक निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । ...
औद्योगिक प्रदर्शनीमा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा

औद्योगिक प्रदर्शनीमा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलफलफूल र तरकारीमा बढ्दो तथा अनियन्त्रित किटनाशक विषादी प्रयोगका कारण नेपाली उपभोक्ताको स्वास्थ्य गम्भीर जोखिममा परेको सरोकारवालाले चेतावनी दिएका छन् । नियामक निकाय कमजोर हुँदा विषादीको मनपरी प्रयोग बढ्दै गएको र यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, वातावरण र कृषि प्रणालीमै देखिन थालेको उनीहरूको निष्कर्ष छ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित कार्यशाला गोष्ठीमा विज्ञहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरूका अनुसार तत्काल उत्पादन बढाउने नाममा गरिएको विषादी प्रयोगले दीर्घकालमा गम्भीर रोग, वातावरणीय असन्तुलन र किसानलाई रसायनमै निर्भर बनाउने खतरनाक अवस्था सिर्जना गरिरहेको छ ।कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा किसानले पर्याप्त जानकारी बिना किटनाशकलाई औषधि ठानी प्रयोग गर्द...