गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ लोकार्पण


रुपन्देही
कृतिकार नारद गौतमद्वारा लिखित शब्दका छर्‍रा नामक कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार श्री जनजागृति माध्यमिक विधालय योगीकुटी रुपन्देहीमा लेखक, साहित्यकार , शैक्षिक, सामाजिक व्यक्तिहरूको सहभागितामा पुस्तक लोकार्पण गरिएको हो।
राजनैतिक, सामाजिक,शिक्षा, प्रेम, वेदना लागतका विषयमा खरो कलम चलाउने साहित्यकार गौतमका धेरै कृतिहरु प्रकाशित भईसकेका छन्।
गुल्मीको रुरुक्षेत्रमा जन्मिएका गौतम लामो समय नेपाली र व्याकरण विषय प्राध्यापन गरेका थिए भने नेपाली भाषा, साहित्य र व्याकरण कमजोर हुंदै गएकोमा आवाज उठाउंदै आएका छन्।


लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको लोकार्पण कार्यक्रममा स्वागत मन्तव्यका क्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले कृतिकारलाई बधाई र कृतिको सफलताका लागि शुभकामना दिँदै उपस्थित सम्पूर्ण साहित्यकारलाई स्वागतका शब्दसहित प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराएका थिए।
त्यसैगरी प्रा.डा. हिरण्यलाल ज्ञवालीले कृति समीक्षाका क्रममा गौतमले नेपाली भाषामा प्रयोगबिहीन हुन लागेका शब्दका बारेमा गहनतम अध्ययन र उजागर गर्ने कार्य गरेको बताउँदै कविता काव्यका क्षेत्रमा शब्दका छर्रा कृति पठनीय रहेको बताउनुभयो भने कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रुद्र ज्ञवालीले गौतम संस्कृतका ज्ञाता, प्रचलन विहीन नेपाली भाषाका अनुसन्धाता रहेको बताउँदै नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा पु¥याउनुभएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद, साहित्यकार विजय हितान, मदनलाल पौडेल, रमेश समर्थन, लक्ष्मण ज्ञवाली, तिलक लामिछाने, दुर्गा थापा मगर, डा. लक्ष्मी पोखरेल ‘कोकिला’ लगायतले शुभकामना मन्तव्यसहित रचना वाचन गरेका थिए भने गंगा पुरीले लेखकको परिचय र चिनारी दिएका थिए।
श्री जनजागृति मा.वि. का प्रधानाध्यापक टंकप्रसाद पौडेल, लेखककी धर्मपत्नी मधुरा गौतमलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार नारद गौतमले आफ्नो साहित्यिक लेखनको प्रारम्भ र रचनागर्भका बारेमा लेखकीय मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संयोजन माधव गौतम र कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष कृष्ण गाउँलेले गरेका थिए।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...