गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ लोकार्पण


रुपन्देही
कृतिकार नारद गौतमद्वारा लिखित शब्दका छर्‍रा नामक कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार श्री जनजागृति माध्यमिक विधालय योगीकुटी रुपन्देहीमा लेखक, साहित्यकार , शैक्षिक, सामाजिक व्यक्तिहरूको सहभागितामा पुस्तक लोकार्पण गरिएको हो।
राजनैतिक, सामाजिक,शिक्षा, प्रेम, वेदना लागतका विषयमा खरो कलम चलाउने साहित्यकार गौतमका धेरै कृतिहरु प्रकाशित भईसकेका छन्।
गुल्मीको रुरुक्षेत्रमा जन्मिएका गौतम लामो समय नेपाली र व्याकरण विषय प्राध्यापन गरेका थिए भने नेपाली भाषा, साहित्य र व्याकरण कमजोर हुंदै गएकोमा आवाज उठाउंदै आएका छन्।


लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको लोकार्पण कार्यक्रममा स्वागत मन्तव्यका क्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले कृतिकारलाई बधाई र कृतिको सफलताका लागि शुभकामना दिँदै उपस्थित सम्पूर्ण साहित्यकारलाई स्वागतका शब्दसहित प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराएका थिए।
त्यसैगरी प्रा.डा. हिरण्यलाल ज्ञवालीले कृति समीक्षाका क्रममा गौतमले नेपाली भाषामा प्रयोगबिहीन हुन लागेका शब्दका बारेमा गहनतम अध्ययन र उजागर गर्ने कार्य गरेको बताउँदै कविता काव्यका क्षेत्रमा शब्दका छर्रा कृति पठनीय रहेको बताउनुभयो भने कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रुद्र ज्ञवालीले गौतम संस्कृतका ज्ञाता, प्रचलन विहीन नेपाली भाषाका अनुसन्धाता रहेको बताउँदै नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा पु¥याउनुभएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद, साहित्यकार विजय हितान, मदनलाल पौडेल, रमेश समर्थन, लक्ष्मण ज्ञवाली, तिलक लामिछाने, दुर्गा थापा मगर, डा. लक्ष्मी पोखरेल ‘कोकिला’ लगायतले शुभकामना मन्तव्यसहित रचना वाचन गरेका थिए भने गंगा पुरीले लेखकको परिचय र चिनारी दिएका थिए।
श्री जनजागृति मा.वि. का प्रधानाध्यापक टंकप्रसाद पौडेल, लेखककी धर्मपत्नी मधुरा गौतमलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार नारद गौतमले आफ्नो साहित्यिक लेखनको प्रारम्भ र रचनागर्भका बारेमा लेखकीय मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संयोजन माधव गौतम र कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष कृष्ण गाउँलेले गरेका थिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...