Breaking news 3

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले असार १० गते बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्। "समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर" भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत रु. २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ रु. ५० करोड २५ लाख, ससर्त अनुदान (पूँजीगत) तर्फ रु. ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ रु. ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्...
जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार उक्त अवधिमा सबैभन्दा बढी २५ हजार ९२७ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । त्यसै गरी २९२ जनाले अङ्गीकृत, एक हजार १७६ जनाले वैवाहिक अङ्गीकृत र ६७ जनाले गैर आवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका हुन् ।भारतसँग खुला सीमा जोडिएको तथा तीव्र जनसङ्ख्या वृद्धि भइरहेको जिल्ला भएकाले नागरिकतासम्बन्धी सेवाको चाप अन्य जिल्लाको तुलनामा रुपन्देहीमा बढी हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता वितरण प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने प्रयास भइरहेको बताउँदै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको जानकारी दिए । ...
योग,ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुन्छ

योग,ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुन्छ

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवलब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रिय कार्यालय बुटवल द्वारा आईतबार आयोजित स्नेह मिलन तथा पत्रकार सम्मेलन एवं ब्राह्मभोजन कार्यक्रममा वोल्दै राजयोगिनी ब्रह्माकुमारी कमला दिदिले योग, ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुने वताउनु भयो। उहाँले हिंसा, द्वन्द्व रहित समुन्नत समाजका लागि आत्मज्ञान, सकारात्मक चिन्तन,वोली र व्यवहार आवस्यक रहेको वताउनुभयो।उहाँले ब्रह्मकुमारी विश्वविद्यालयमा आफु सहभागी भए पश्चात यसको सत्संगले आफु प्रेरित भएर जिवन समर्पण गरेको वताउनु भयो। विश्वविद्यालयको आत्मज्ञानबाट नकारात्मकता हटेर जाने र सकारात्मकता प्रवाह हुने हुनाले सहभागी हुन समेत आव्हान गर्नु भयो।आफुमा परिवर्तन भएमा समाज स्वतह परिवर्तन हुने वताउनु भयो। कार्यक्रममा वोल्दै राजयोगिनी ब्रह्माकुमारी परिनिता दिदि, राजयोगी ब्रह्माकुमार डाक्टर गंगाधर ज...
राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँपार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक चितवनको भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे बस्नेछ । भोलि (आइतबार) देखि सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने उनको भनाइ छ । ...
रुपन्देहीमा महिनामै १ सय ८२ मुद्दा दर्ता, २ सय ४३ जना प्रतिवादी पक्राउ

रुपन्देहीमा महिनामै १ सय ८२ मुद्दा दर्ता, २ सय ४३ जना प्रतिवादी पक्राउ

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलजिल्ला प्रहरी कार्यालय रुपन्देहीले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अन्य विविध गतिविधिबारे विस्तृत जानकारी गराएको छ। प्रहरीका अनुसार यस महिनामा मात्रै जिल्लाभर कुल १८२ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन्। जसमा जघन्य तथा गम्भीर अपराधका २३, महिला तथा बालबालिका सम्बन्धी १४, आर्थिक अपराधका ७५, आत्महत्याका १४, चोरीका ९, सङ्गठित तथा आर्थिक अपराधका ५९ र सामाजिक अपराधका ५२ वटा मुद्दा रहेका छन्। यसै अवधिमा चालू मुद्दाका २४३ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। यस्तै, अदालतको फैसला कार्यान्वयनका क्रममा ४६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्, जसबाट ५२ लाख ६६ हजार ४१२ रुपैयाँ जरिवाना असुल हुनुका साथै १६ वर्ष ५ महिना २५ दिन कैद सजाय फर्स्योट भएको छ। महिला तथा ज्येष्ठ नागरिक हिंसाका घटनाहरूमा पनि प्रहरीले सक्रियता देख...
सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् ।मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु दुःखद हो । यस विषयमा उत्तर चाहिएको छ । सडक सुरक्षा विधेयक बनेको पाँचट वर्ष हुँदा पनि संसद्मा पेस गर्न सकेको छैन ।’यातायात मन्त्रालयको जिम्मेवारी घटाउने विषय उठिरहेको अवस्थामा यसलाई गम्भीर रूपमा लिनुपर्ने उ...
रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग संघमा नयाँ कार्यसमिति गठनसँगै संस्थागत संरचनालाई थप सुदृढ र व्यवस्थित बनाउने कार्य जारीे छ । सोही क्रममा सोमबार पूर्व अध्यक्षहरूको भेलाले पूर्व अध्यक्ष तेजकुमार पाठकको संयोजकत्वमा अध्यक्षीय परिषद् २०८२–२०८४ गठन गरेको छ ।संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भेलाले संघको दीर्घकालीन मार्गदर्शन र संस्थागत सुदृढीकरणका लागि परिषद् गठन गरेको हो ।भेलामा बोल्दै संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बदलिँदो आर्थिक तथा औद्योगिक परिस्थितिअनुसार संघका गतिविधि र कार्यक्रमहरूलाई समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले हालको कार्यसमितिले करिब ६ महिनामा सम्पन्न गरेका महत्वपूर्ण कार्यक्रमहरूको समेत जानकारी गराए ।नवगठित अध्यक्षीय परिषद सदस्यहरुमासंस्थापकअध्यक्ष रणबहादुर शाह, पूर्व अध्यक्षहरूपी.एल. श्रेष्ठ, वेनुराम प्रधान, श्यामबहादुर पा...
विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंजापानले बलियो मानिएको नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘एफ’ को यी दुईबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो । नेदरल्यान्ड्सले बल अधिक नियन्त्रणमा राखे पनि पहिलो हाफ गोलको खडेरीमा बितेको थियो । भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले ५१ औं मिनेटमा अग्रता लियो । रायन ग्राभेनबर्कको लामो क्रसमा उनले गरेको हेड पोष्टको कुना च्याप्दै गोल भएको थियो । जापानले ६ मिनेटपछि नै खेल बराबरीमा ल्यायो । ५७ औं मिनेटमा केइटो नाकामुराले जापानका लागि बराबरी गोल गरे । क्रिसिएनसिओ समरभिलले ६४ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुन: अग्रता दिलाए । यसपटक पनि नेदरल्यान्ड्सबाट ग्राभनेबर्कले नै असिस्ट गरेका थिए ।तर दाइची कामादाको गोलमा जापानले ८९ औं मिनेटमा खेल २–२ को बराबरीमा ल्याएको थियो । नेदरल्यान्ड्सले १९७४, १९७८ र २०१० मा गरी तीन पट...
आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदुरपश्चिमका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेशमा आंशिक बादल लागेको छ र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी भू-भागमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका केही स्थानहरू, देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका ए...
विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँसह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ को बराबरी खेलेको हो ।खेलको २१औँ मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया–हर्जेगोभिनालाई अग्रता दिलाएका थिए । इभान बासिचको कर्नर प्रहारमा सियाद कोलासिनाचले हेडमार्फत बल अघि बढाएपछि लुकिचले हेडरमार्फत जाली चुमाएका हुन् । यो उनको राष्ट्रिय टोलीका लागि पहिलो गोल पनि बन्यो ।पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा लगातार दबाब बनायो । रिची लारियाको प्रहार गोलतर्फ जाँदै गर्दा कोलासिनाचले उत्कृष्ट बचाउ गर्दै बललाई क्रसबारमा ठोक्काएर बाहिर पठाएका थिए । त्यसपछि तानी ओलुवासेयीको हेडर पनि निकोला काटिचले गोलरेखाबाट फर्काएका थिए । घरेलु समर्थकमाझ खेलिरहेको क्यानडाले अन्ततः ७८औँ मिनेटमा बराबरी गोल फेला पार्यो । मैदान प्रव...