Breaking news 2

रवि लामिछाने कारागार चलान

रवि लामिछाने कारागार चलान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल   बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  भैरहवा कारागार चलान गरिएको छ ।   जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।  जिल्ला  प्रहरी  कार्यलय  रुपन्देहीका  डीएसपी सुरज कार्कीले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको ग्लोबल आवाजलाई बताए । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिए । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।  भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् । ...
पश्चिमी र स्थानीय वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेश र कर्णाली  प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।  तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा बायु प्रदूषण बढ्दै जाने सम्भावना रहेको छ । यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन...
बुटवलमा जारी प्रथम उपमेयर कप फुटबलमा ट्रिनिटी विजयी

बुटवलमा जारी प्रथम उपमेयर कप फुटबलमा ट्रिनिटी विजयी

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा बिधान ट्रिनेटि युवा क्लब, वालिङ विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा आईतबार भएको खेलमा बिरगंज युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बिधान ट्रिनेटि युवा क्लब, वालिङ अन्तिम चारमा स्थान बनाएको हो । सिद्घेश्वर खेल मैदानमा भएको क्वाटरफाईनल खेलमा ट्रिनेटिको जितमा पुर्णिमा राईले खेलको ५४ औ मिनेटमा विजयी गोल गरिन । विपक्षी टिमको डिफेन्सबाट बचाउको राम्रो प्रयास भएपनि त्यो असफल भयो । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्...
दुवै खुट्टा नचल्ने मुकेश भन्छन् : आफूले सक्दो मेहनत गरेर खानुपर्छ

दुवै खुट्टा नचल्ने मुकेश भन्छन् : आफूले सक्दो मेहनत गरेर खानुपर्छ

Breaking news 2, जीवनशैली, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
बुटवल रुपन्देहीको बुटवल अस्पताल लाइन लुम्बिनी प्रादेशिक अस्पतालको अगाडि प्रमुख सडकको छेउमा तीन पाङ्ग्रे साइकिलमा पानी ,रेडिमेड जुस, कुर्कुरे ,चकलेट, माक्स् जस्ता सामग्री बिक्री गरी रहेका एकजना युवा देखिए । जन्मेको ६ महिनादेखि नै पोलियोका कारण दुवै खुट्टाले काम नगरेका कारण उनी तीनपाङ्ग्रे साइकिलमा हिँड्दा रहेछन्। दुवै खुट्टाले काम नगर्ने हुनाले हातले साइकिल हिडाएर आवतजावत गर्दा रहेछन्। दुवै खुट्टा नचल्ने तर आफू सक्दो मेहनत गरेर खानुपर्छ भन्ने सोचका भारतको उत्तर प्रदेशका नागरिक मुकेश कुमार पण्डित अहिले ३२ वर्षका रहेछन्। भारतबाट आफ्नो साथीलाई भेट्न बुटवल आएका उनी ६ वर्षदेखि बुटवलमा यसरी सक्दो मेहनत गरी जीविका चलाइरहेका रहेछन्। घरमा ६ जनाको परिवार रहेका उनी आफ्नो जीविको पार्जनका लागि यसरी मेहनत गरेर दिनको ५सय देखि १हजार सम्म बचत गरी जीविको चलाइरहेका रहेछन्। अविवाहित मुकेश बुटव...
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
अर्घाखाँची अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु मालारानी ४ का हुन्। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो । अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । ...
बुटवल–नारायणगढ सडकको काम तेस्रो पटक थपिएको म्यादमा पनि सकिने सम्भावना छैन

बुटवल–नारायणगढ सडकको काम तेस्रो पटक थपिएको म्यादमा पनि सकिने सम्भावना छैन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
बुटवल नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ। योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब पाँच वटा पुल मात्र निर्माणको काम बाँकी छ। यस खण्डमा २५ मिटर लम्बाइ सम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ। लामो पुलमा जय श्री र बेल्डियाका दुई वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए। यी पुलहरू केही दिनमा ढलानको काम हुनेछन् । ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिए। दुई सय मिटर...
किन सडकमा उत्रिए शिक्षक ?

किन सडकमा उत्रिए शिक्षक ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँ विद्यालय शिक्षा ऐनको माग राख्दै देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन थालेका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन थालिएको नेपाल शिक्षक महासंघले जनाएको छ । यद्यपि शिक्षकहरूले भने ‘आफूअनुकूल’ विधेयक पारित गर्न सरकारलाई दबाब दिँदै आएका छन् । संविधानले व्यवस्था गरेविपरीत शिक्षक स्थानीय तह मातहत नबस्ने उनीहरूको ‘अदृश्य तर प्रमुख माग’ रहेको छ । गत मंगलबार रातिबाट संसद्को हिउँदे अधिवेशन सकिएपछि शिक्षक महासंघले अध्यादेशबाट भए पनि आफ्ना मागसहित शीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सार्दै आन्दोलनलाई निरन्तरता दिएको छ । शुक्रबार पनि माइतीघरदेखि बानेश्वर क्षेत्रमा शिक्षकहरूले सडक प्रदर्शन गरे । शिक्षा मन्त्रालयले संवादका लागि गरेको...
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको सीमांकन जारी

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको सीमांकन जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, समाचार, समाज
रुपन्देही २०७२ मा घोषणा भएको रुपन्देहीस्थित मोतीपुर औद्योगिक क्षेत्रमा रहेको आठ सय १३ बिघा जमिनको सीमांकन बल्ल सुरु भएको छ । ०७७ मा शिलान्यास भएको औद्योगिक क्षेत्रको निर्माण सुरु भएर कहिले टुंगिने भन्ने अझै यकिन छैन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तको नेतृत्वमा यसै साताबाट जग्गाको यकिन गर्न सीमांकनको काम सुरु भएको छ । चैतभित्रै सीमांकनको काम सकेर प्रतिवेदन दिने योजना रहेको उनले बताए । ‘मोतीपुर औद्योगिक क्षेत्रसँग रहेको जग्गाको क्षेत्रफल यकिन गरेर चैतभित्रै प्रतिवेदन दिन सकियो भने आगामी आर्थिक वर्ष ०८२/८३ मै बजेट राख्न सजिलो हुन्छ,’ उनले भने, ‘त्यसैले स्थानीयवासी र जनप्रतिनिधिको संलग्नतामा सीमांकनको कामलाई तीव्रता दिइरहेका छौँ ।’ तिलोत्तमा, शुद्धोधन र सियारीसम्मको तिनाउ नदीको पश्चिमतर्फसम्म पर्ने आठ सय १३ बिघा जग्गा १४ असार ०७३ मै औद्योगिक क्षेत्रको स्व...

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने विश्व बैंकको अनुमान

Breaking news 2, ताजा अपडेट
नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल विकास प्रतिवेदनका अनुसार अघिल्लो वर्षको ३ दशमलव ९ प्रतिशतबाट बढेर यो वर्ष ४ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । गएको वर्षको तुलनामा बजारमा किनमेल बढेको, जलविद्युत् उत्पादन थपिएको र यो वर्ष प्रमुख कृषि बाली धानको उत्पादन पनि अहिलेसम्मकै धेरै भएकाले आर्थिक वृद्धि सुधारका लागि मुख्य योगदान पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै आर्थिक वृद्धिमा सेवा क्षेत्रको पनि प्रभाव रहेको छ । अर्को वर्ष पनि साढे ४ प्रतिशतकै आर्थिक वृद्धि अनुमान गरिएको प्रतिवेदनमा अपेक्षित प्रतिफल कम भएर लगानी निरुत्साहित हुनु, भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितताजस्ता समस्याहरू रहेको पनि उल्लेख छ । सरकारले बारम्बार कर्मचारीको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असङ्गतिको जोखिम तथा ...
मार्च महिनामा एक लाख २१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

मार्च महिनामा एक लाख २१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

Breaking news 2, ताजा अपडेट, विविध
काठमाण्डौ २० चैत्र – सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए । मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए । यस्तै चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ । श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एशियाली देशका ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।  ...